Skip to main content

Sarbocha Khabar

Advertisement

‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदेऊ छेउ’ घन्किँदा नवीनसँगै नाचे ज्येष्ठ नागरिक

Advertisement

मोहम्मद हबिब
भैरहवा, १३ मङ्सिर ।

‘लेउ खुकुरी लेउ जनता लेउ खुकुरी लेउ,
भ्रष्टाचारी जतिलाई पुर्‍याइदिऊँ छेउ’  भन्दै गायक नवीन पौडेलले गीत के गाएका थिए रुपन्देहीको सैनामैना बस्ने ८६ वर्षीय ज्ञानधरी अर्याल नाच्न स्टेज निरै पुगिन् । गायक पौडेलेले हालको परिस्थिति र अवस्थालाई सङ्गीतको माध्यमबाट प्रस्तुत गर्दा गीतको लयसँगै उनी निकै बेरसम्म नाचिन् ।

उमेरले ज्येष्ठ नागरिक भए पनि नृत्यमा भने ‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदिएँ छेउ’ भन्दै दोहोराउँदै तन्नेरीकै शैलीमा  अर्याल भुरुक्क भुरुक्क नाचेर साथ दिइन् । देशको समसामयिक अवस्थालाई शब्द सिर्जना साथै स्वरमार्फत  जनतालाई जागरूक गराउने पौडेलको त्यो गीतबाट अर्यालले भरपुर मनोरञ्जन गरिन् ।

गायक नवीनकै गीत सुनेर अर्की ७५ वर्षीय राधा गौतमले पनि जोसका साथ नाचेर साथ दिइन् । भैरहवा निवासी गौतमले ‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदिएँ छेउ’ दोहोराउँदै उपस्थित अन्य कलाकारलाई अकमक्क पारिन् । युवाहरूले पनि गायकलाई नाचेर साथ दिइरहँदा यी दुई ज्येष्ठ नागरिक आमाहरू त प्रतिनिधिमूलक पात्र हुन् ।

भैरहवामा जारी छैटौँ प्रादेशिक महोत्सवमा आएका गायक पौडेलले समय अभावले महोत्सवमा केही गीत मात्र प्रस्तुत गर्न पाए पनि सबै दर्शकलाई छमछम नचाए । स्टेज छोडेर पौडेलले दर्शक दीर्घामै गएर पनि केही गीत पस्के ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search