Skip to main content

Sarbocha Khabar

Advertisement

Day: १५ चैत्र २०८१ २२:०८

प्रहरी कार्यालयअगाडि महिलाको शव भेटियो

प्रहरी कार्यालयअगाडि महिलाको शव भेटियो

पर्सा । पर्साको वीरगन्ज महानगरपालिका–१६, नगवास्थित इलाका प्रहरी कार्यालयअगाडि एक महिलाको शव फेला परेको छ । शनिबार बिहान फेला परेको शव वीरगन्ज–४ स्थित नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अनसुइया अग्रवालको भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ । अग्रवालको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउकोछेउमा घाउ देखिएको र घटनास्थलको अवलोकनबाट कुनै जंगली जनावरको आक्रमण वा लडेर घाइते भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । शव परीक्षणका निम्ति वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।
Read More
वीरगञ्जका युवा बैंकर सन्तोष साह : मानवताको अनुकरणीय उदाहरण

वीरगञ्जका युवा बैंकर सन्तोष साह : मानवताको अनुकरणीय उदाहरण

पर्सा । वीरगञ्जका युवा सन्तोष कुमार साह, जो नबिल बैंक मधेस प्रदेश शाखामा कार्यरत छन् । सडक दुर्घटनामा परेका तीनजनाको जीवन जोगाएर उनी मानवताको अनुपम उदाहरण दिएका छन् । आज बाराको सिमराबाट वीरगञ्ज फर्किने क्रममा जितपुरमा भएको दुर्घटनामा २८ वर्षीय सुशील बिडारी, उनकी आमा गङ्गा बिडारी, र जितपुरका भागिरथ साह गम्भीर घाइते भएका थिए । वरपरका मानिसहरू सहयोग गर्न हिचकिचाइरहेका थिए भने एम्बुलेन्स पनि उपलब्ध थिएन । सन्तोष साहले एक क्षण नसोची आफ्नो गाडी रोके , घाइतेहरूलाई अस्पताल पुर्याए, र आवश्यक सबै औपचारिकता पूरा गरे। उनको त्वरित निर्णय र निस्वार्थ सेवाभावले तीन अमूल्य जीवन जोगियो । अस्पतालका चिकित्सकहरूका अनुसार समयमै…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search