Skip to main content

Sarbocha Khabar

Advertisement

सुरक्षा र कुटनिती

प्रहरी कार्यालयअगाडि महिलाको शव भेटियो

प्रहरी कार्यालयअगाडि महिलाको शव भेटियो

पर्सा । पर्साको वीरगन्ज महानगरपालिका–१६, नगवास्थित इलाका प्रहरी कार्यालयअगाडि एक महिलाको शव फेला परेको छ । शनिबार बिहान फेला परेको शव वीरगन्ज–४ स्थित नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अनसुइया अग्रवालको भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ । अग्रवालको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउकोछेउमा घाउ देखिएको र घटनास्थलको अवलोकनबाट कुनै जंगली जनावरको आक्रमण वा लडेर घाइते भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । शव परीक्षणका निम्ति वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।
Read More
दुर्घटना पछि गठ्ठाघरको अवस्था तनावग्रस्त

दुर्घटना पछि गठ्ठाघरको अवस्था तनावग्रस्त

३१ साउन । भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो ट्राफिक प्रहरीको चेकिङमा रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  मृत्यु भएपछि उत्पन्न तनावपछि भक्तपुरको गठ्ठाघरमा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेकोछ । स्थानीयहरुका अनुसार दुर्घटना हुनुमा ट्राफिक प्रहरीको पनि दोष रहेको भन्दै प्रदर्शन गरेका हुन् ।  स्थानीयले ट्रक चालकलाई कारबाही  माग गर्दै प्रदर्शनकारीले सडकको बीचमा रहेको ट्राफिक आइल्याण्ड पनि भत्काइदिएका छन् । दुर्घटनामा मृत्यु भएको महिलाको नामथर र ठेगाना खुलेको छैन । उनलाई ट्रकको चक्काले चेपेको  थियो । ट्रक चालक फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीले…
Read More
मोस्ट वान्टेड सूचीमा रहेका गिरी प्रहरीको नियन्त्रणमा

मोस्ट वान्टेड सूचीमा रहेका गिरी प्रहरीको नियन्त्रणमा

बिरगंज । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एक जना फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ बलुवा निवासी प्रेम गिरी रहका छन् । विभिन्न मुद्दामा मुछिएका गिरी बर्षौदेखि प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका थिए । गिरी आइतबार विहान करिब साढे ५ बजे पक्राउ परेका हुन् । केहि दिनदेखि घरमै लुकिछिपी बस्दै आएको गिरीलाई सादा पोशाकमा खटेका प्रहरी टोलीले आज बिहान पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ । पर्सा जिल्ला अदालतबाट विभिन्न मुदामा दोषी ठहर भइ फरार रहेको गिरी आज पक्राउ परेका हुन र थप अनुसन्धान भैरहेको  प्रहरी नायब उपरीक्षक कुमार विक्रम…
Read More
युवकलाई कुटपिट गरेर हत्या गरेको आरोपमा सात जना पक्राउ

युवकलाई कुटपिट गरेर हत्या गरेको आरोपमा सात जना पक्राउ

धनगढी, १३ मङ्सिर । विवाहमा गएका कैलालीका एक युवकको सामूहिक कुटपिटबाट मृत्यु भएको छ। लम्की चुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका एक युवकको सामूहिक कुटपिटबाट मङ्गलवार राति मृत्यु भएको हो। सामूहिक कुटपिटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट ज्यान गएको हो। घेराघाटका डिल्ली कोइरालाको विवाहमा गएका अधिकारीमाथि विवाद हुँदा युवाहरूको समूहले कुटपिट गरेका थिए। उनलाई उपचारका लागि लम्कीको लालरत्तन अस्पतालमा लगिएको थियो। अस्पतालले नेपालगन्ज मेडिकल कलेज रेफर गरेको थियो। नेपालगन्ज मेडिकल कलेजले पनि रेफर गरेपछि अधिकारीलाई टीकापुर ल्याइएको थियो। टीकापुर अस्पतालका…
Read More
धनकुटामा झुन्डिएको अवस्थामा तीन जना फेला, मादक पदार्थले लिएको हुनसक्छ ज्यान

धनकुटामा झुन्डिएको अवस्थामा तीन जना फेला, मादक पदार्थले लिएको हुनसक्छ ज्यान

धनकुटा, ७ मङ्सिर । धनकुटामा एकाघरका तीन व्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन् । धनकुटा नगरपालिका–१ निगालेमा बुधवार राति एकै घरका तीन जना मृत फेला परेका हुन । प्रहरीका अनुसार तीनै जना झुन्डिएको अवस्थामा फेला परे पछि घटना थप रहस्यमय भएको छ । यसरी झुन्डिएको अवस्थामा मृत फेला पर्नेमा ३७ का टीका गुरुङ, उनकी ३८ बर्सिया पत्नी झुमा र ११ वर्षका छोरा आयुध रहेका छन् । सो घटनामा ६ वर्षकी छोरी आशिका भने सकुशल रहेकी छिन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक टीकाले मादक पदार्थ सेवन गरी पत्नी र छोराको हत्या गरी आफू पनि झुन्डिएर आत्महत्या गरेको हुन सक्ने कोणबाट…
Read More
स्रोत नखुलेको साढे १६ लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको साढे १६ लाखसहित एक जना पक्राउ

परासी, १६ कार्तिक । स्रोत नखुलेको १६ लाख ५० हजार रकमसहित एक जनालाई बिहीबार दिउँसो प्रहरीले परासीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका-२ हरपुरका २५ वर्षीय इमरान खान रहेका छन्। भारतीय सीमावर्ती क्षेत्र महेशपुरबाट परासीतर्फ लु ९० प ७८८५ नम्बरको मोटरसाइकलबाट आउँदै गरेका उनलाई शङ्का लागि चेकजाँच गर्ने क्रममा रामग्रामको उजैनीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेसम बोहराले जानकारी दिए। कालो ब्यागमा राखेर ल्याउँदै गरेको अवस्थामा बरामद भएको रकम १ हजार दरका ७ सय र ५ सय दरका १९ सय थान रहेको छ। पक्राउ परेका खानलाई रकमसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको…
Read More
बारामा प्रधानाध्यापकमाथि गोली प्रहार

बारामा प्रधानाध्यापकमाथि गोली प्रहार

बारा, १३ कात्तिक । बाराको कलैयामा  अज्ञात समूहले एक प्रधानाध्यापकमाथि गोली प्रहार गरेको  छ । अज्ञात समूहले कलैयामा बाल एकता बोर्डिङ सञ्चालक तथा प्रधानाध्यापक  रुपेश स्वर्णकारमाथि २ राउन्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि एलएस न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
Read More
महोत्तरीबाट १३ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

महोत्तरीबाट १३ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

महोत्तरी, १३ कात्तिक । महोत्तरीबाट स्रोत नखुलेको १३ लाख रुपैयाँभन्दा बढी रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।  जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित भारत विहारका ४० वर्षीय अरुण पंजियार पक्राउ परेका छन् । जलेश्वर नगरपालिका–७ वखरी चोकस्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बस चेकजाँच गर्दा पंजियारको साथबाट स्रोत उक्त रकम बरामद गरिएको हो ।
Read More
बुबाको हत्या आरोपमा छोरा पक्राउ

बुबाको हत्या आरोपमा छोरा पक्राउ

कैलाली, १२ कात्तिक । आफ्नै बुबा ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको अभियोगमा जानकी गाउँपालिका-३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरीलाई  प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरको आँगनमा घरायसी विवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरा सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Read More
घरायसी झगडामा चिर्पटले हान्दा श्रीमतीको मृत्यु

घरायसी झगडामा चिर्पटले हान्दा श्रीमतीको मृत्यु

खोटाङ, ११ कार्तिक । खोटाङमा चिर्पटले हानेर एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।   दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीका ४० वर्षीय दावा शेर्पाले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् । सामान्य घरायसी झगडा भइरहेको बेला अचानक श्रीमान् दावाले ३६ वर्षीय श्रीमती लाक्पा दिकु शेर्पालाई चिर्पटले हानेका थिए, उक्त चोटले श्रीमतीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । श्रीमान् दावालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search