Skip to main content

Sarbocha Khabar

Advertisement

Breaking News 2

‘अन्धविश्वासको विरुद्ध सङ्घर्ष गर्दा कार्ल मार्क्स पनि एक्लै थिए’

‘अन्धविश्वासको विरुद्ध सङ्घर्ष गर्दा कार्ल मार्क्स पनि एक्लै थिए’

काठमाडौँ, आश्विन २० । 'अन्धविश्वासका विरुद्ध सङ्घर्ष गर्दा कार्ल मार्क्स पनि एक्लै थिए’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले भने,- ‘त्यस प्रकारको सङ्घर्षमा लाग्दा उनले आफ्नो देशको नागरिकता समेत त्याग्नुपरेको थियो तर पनि अन्तमा जित, सत्य र न्यायको नै भयो ।’ आश्विन २० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा वंश–रत्न मेमोरियल ट्रस्टबाट मानववादी पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता के.सी.ले ‘मानव जातीको ठुलो सङ्ख्या, अन्धविश्वासमा लागेको र त्यसको फाइदा केही टाठा बाठाले ग्रहण गरेको’ बताउँदै, – ‘वैज्ञानिक दृष्टिकोणको लागि निरन्तर लागिरहनुपर्ने’ भने । अन्धविश्वास कुरीति एवम् कुसंस्कारका विरुद्ध वैज्ञानिक र मानवतावादी चेतनाका पक्षमा क्रियाशील रहेका नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह  ‘वंश रत्न मानवतावादी…
Read More
हमासको आक्रमणमा कम्तीमा २२ इजरायली मारिएको दाबी, ९ जना नेपाली घाइते

हमासको आक्रमणमा कम्तीमा २२ इजरायली मारिएको दाबी, ९ जना नेपाली घाइते

गाँजा, २० असोज । मध्यपूर्वमा इजरायल र प्यालेस्टाइन बिचको स्थिति फेरि बिग्रिएको छ । हमासले शनिवार बिहान गाँजा पट्टीमा आक्रमण गरेका छन्। सर्वप्रथम इजरायलमा हजारौँ रकेट प्रहार गरे अनि त्यसपछि लगातार जमिनबाट हमला गर्दै इजरायल प्रवेश गरेका छन् । सो क्रममा द स्पेक्टेटर इन्डेक्स नामक मिडिया प्लेटफर्मले हमासको आक्रमणमा कम्तीमा २२ इजरायली मारिएको दाबी गरेको छ। केही  हमास सडकबाट इजरायलमा प्रवेश गरे र उनीहरूले देखेका सबैलाई गोली हानेका छन् । हमासका लडाकुहरू  प्याराग्लाइडिङ प्रयोग गरेर सीमामा प्रवेश गरेको भिडियो बाहिर आएको छ । भिडियोमा गाँजा सहरमा भागदाैड देखिएको छ भने प्यालेस्टाइनी प्रहरीको बख्तरबन्द र केही गाडीसमेत लुटेर उनीहरू प्यालेस्टाइनतर्फ फर्केका भिडियोहरू सार्वजनिक…
Read More
भोलिदेखि सरकारले सस्तो पसल सञ्चालन गर्ने, चीनी ९७ रूपैया केजी

भोलिदेखि सरकारले सस्तो पसल सञ्चालन गर्ने, चीनी ९७ रूपैया केजी

काठमाडौँ, २० असोज । सरकारले भोली देखी चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा देशभरिमा ३५ स्थानमा बिक्री स्थल राखिने छ । जसअनुसार काठमाडौँ उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङमा सहुलियत पसल राखिने भएको छ। यसै गरी, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालिकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल…
Read More
लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु

लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु

लुम्बिनी, २० असोज । लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु भएको छ । बौद्ध दर्शन र संस्कृतिका प्रवर्द्धन गर्ने उद्देश्यसहित शुक्रवारबाट प्रदर्शनी सुरु भएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष तथा बेल्ड एण्ड रोड इनिसेटिभको संयुक्त आयोजनामा भएको बौद्ध संस्कृति सम्मेलन तथा बिआरआईको १० औँ वार्षिकोत्सवको उद्घाटन समारोहमा बोल्दै बेल्ड एण्ड रोडको अवधारणाले बौद्ध संस्कृति प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पु¥याउने बताए । चिनिया बौद्ध भिक्षु यात्रीहरू फाइयान तथा ह्वेन साङले यात्रा गरेको क्षेत्रमा सिल्क रोडको विकास अवधारणा बनेको वक्ताहरूले बताए । कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालिले बौद्ध पुरातत्त्व तथा स्थलसहित संस्कृतिको विकासमा चिनिया यात्रीहरूको ऐतिहासिक…
Read More
सरकार ! जनताको दसैँ यसपालि कसरी टर्छ ?

सरकार ! जनताको दसैँ यसपालि कसरी टर्छ ?

काठमाडौँ, १९ असोज । एमाले सांसद रघुजी पन्तले बढिरहेको महँगीले जनतालाई नजिकिएको दसैँ मान्न सकस पर्ने देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले महँगीले थलिएका जनताले यसपालिको दसैँ कसरी मनाउँछन् भन्दै सरकारलाई प्रश्न गरेका छन् । दाल, चामललगायत खाद्यान्नसहितको उपभोग्य बस्तुमा महँगी बढेको र यसले जनतालाई मारमा पारे पनि सरकारले बेवास्ता गरेको उनको कटाक्ष थियो । कविताको शैलीमा तरकारी र खाद्यान्नको भाउ महँगिएको भन्दै उनले भने, ‘खल्तीमा तलब हालेर हिँडियो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको २५०, बजार भाउ सुन्दा गुम्छ होसहवास, तरकारीले भाउ नै नसोध भनेझैँ गर्छ, गोलभेँडाले के…
Read More
एमसीसीमा लागत भन्दा बढी मूल्यको ठेक्का प्रस्तावले समस्या: अर्थमन्त्री

एमसीसीमा लागत भन्दा बढी मूल्यको ठेक्का प्रस्तावले समस्या: अर्थमन्त्री

  काठमाडौँ, १८ असोज । अर्थमन्त्री डा. प्रकाश शरण महतले एमसिसी परियोजना नेपालको विकासका लागि महत्त्वपूर्ण परियोजना रहेको बताएका छन् ।   मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालको शुभारम्भ उत्सवमा बोल्दै मन्त्री महतले भने,  ‘यो आयोजनामार्फत विद्युत् आयात निर्यातका लागि ट्रान्समिसन लाइन निर्माण र प्रविधियुक्त सडक निर्माण हुनेछ । विशेषतः विद्युत् व्यापारका लागि ट्रान्समिसन लाइन हाम्रा लागि महत्त्वपूर्ण छ । यो विभिन्न मन्त्रालयसँग जोडिएको छ । मन्त्रीहरू बोर्ड सदस्य हुनुहुन्छ, उहाँहरूले पनि यसलाई गम्भीरताका साथ लिनु हुन्छ भन्ने मैले विश्वास लिएको छु ।’ एमसिसी अमेरिकी सरकारले सञ्चालन गरेको अनुदानको आयोजना मात्र नभएर लगानीको हिसाबले पनि नेपाल सरकारको पनि ठुलो योगदान रहने…
Read More
तस्करीको अखडा बन्दै सिराहा, एक हप्तामा दुई करोडको कपडा बरामद

तस्करीको अखडा बन्दै सिराहा, एक हप्तामा दुई करोडको कपडा बरामद

मुकेश कुमार यादव सिराहा १६ असोज । पछिल्लो समय सिराहा जिल्ला तस्करीको अखडा बन्दै गइरहेको पाइएको छ। आन्तरिक राजश्व विभागले निरन्तर रूपमा ठुलो परिमाणमा कपडा बरामद गर्नुले पनि जिल्लाका प्रहरी, प्रशासन र भन्सार कार्यालयका कर्मचारीकै मिलेमतोमा व्यापक तस्करी भइरहेको स्थानीयले बताएका छन् । जिल्लाको ४६ किलोमिटर खुल्ला सीमा नाकामा दर्जनौँ स्थानमा प्रहरी विट र त्यसमार्फत सयौँ प्रहरी परिचालित छन् तर सीमा क्षेत्रमा दिनरात प्रहरी परिचालन गरिएको भए पनि तस्करी भने कुनै नियन्त्रणमा आउन सकेको छैन । पछिल्लो एक सातामा मात्र राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सिराहाबाट २ करोडभन्दा बढीको तस्करीका कपडाहरू बरामद गरेको छ । राजश्व अनुसन्धान कार्यालयले दिनहुँ कपडा बरामद गर्न…
Read More
साहित्यिक पदयात्रा–३ का केही अनुभूतिहरू

साहित्यिक पदयात्रा–३ का केही अनुभूतिहरू

* समीर सिंह साहित्यिक पदयात्रामा सहभागी नभएको धेरै दिन भएको थियो । वर्षाको समय तथा अन्य विविध कारणले लामो समयपछि साहित्यिक पदयात्राको तेस्रो भाग सम्पन्न गरियो । अन्पाको केन्द्रको बैठकले आश्विन १३ गते पदयात्रा गर्ने निर्णय गर्‍यो । र, त्यसलाई सफलतापूर्वक सम्पन्न पनि गरियो । धेरै दिन भएको थियो, प्रकृतिसँग रमाउन नपाएको । काठमाडौँको खाल्डोको उकुसमुकुस जीवन शैलीबाट केही क्षणका लागि भएपनि उकालो चढ्न आतुरता भइरहेको थियो । उपत्यकाको भिडभाड जीवनशैली, धुलो र धुवाँबाट केही टाढा भाग्न मन लागि रहेको थियो । चराहरूको चिरबिर ध्वनि अनि हरियो जङ्गलमा रमाउन कहिले पाइने होला ? यस प्रकारका थुप्रै प्रश्नहरू मनमा उत्पन्न भइरहेको…
Read More
अन्पाको तेस्रो साहित्यिक पदयात्रा सम्पन्न

अन्पाको तेस्रो साहित्यिक पदयात्रा सम्पन्न

काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)ले नियमित रूपमा गर्दै आएको साहित्यिक पदयात्रा–३ सम्पन्न गरेको छ । आश्विन १३ गतेका दिन काठमाडौँ नागार्जुन डाँडाको जामाचोसम्मको पदयात्रा, विभिन्न स्रष्टाहरूको सहभागितामा सम्पन्न भएको हो । ‘साहित्य तथा सिर्जनालाई अझ प्रस्फुटित गर्न तथा त्यसमा ऊर्जा थप्न विभिन्न रचनात्मक गतिविधिहरूको आवश्यकता पर्ने हुँदा साहित्यिक पदयात्रालाई निरन्तरता दिइएको’ अन्पाका महासचिव भीष्म जोशीले बताउनु भयो –‘यस प्रकारको गतिविधिलाई अझ व्यवस्थित तथा आकर्षक बनाउँदै नियमित गरिनेछ ।’ ककनी जाने बाटोमा रहेको फूलबारी गेटबाट ४ किमी उकालो पदयात्रा सुरु गरेर जामाचोसम्म पुगिएको अन्पाले ज्ञानघरलाई जानकारी गराएको छ । कार्यक्रममा स्रष्टाहरूले पदयात्राका साथै विभिन्न कविता, गीत, यात्रा अनुभूति, नृत्य…
Read More
सहरमा एक दिन

सहरमा एक दिन

* हरिहर खनाल मनसुन भर्खरै निख्रन थालेको थियो, तर आकाश राम्ररी खुलेको थिएन । कनिके पानी बिरबिर परिरहेको थियो । बिहानी ढल्कन थालेको थियो । खाना खाईवरी बरन्डामा बसेर पत्रिका हेर्न थालेको थिएँ । पेटमा खाना परेपछि, एक आपसमा उछिनपाछिन गर्दै तलाउमा हुत्त्याएको बल्छीको आहारतिर ओइरिएका माछा झैँ विविध अवयवसित जोडिएका शरीरभित्रका सेलहरू पनि आमाशय तिरै केन्द्रित भएर हो कि कुन्नि ? आलस्यले छपक्क छोप्यो । आँखा लोलाउन थाले । निद्राले झप्प पार्‍यो । अलिअलि उङ्दै, अनि घरीघरी लोलाएका आँखा पत्रिकातिर डुलाउँदै थिएँ, हातको पत्रिका भुईँमा खस्नै लाग्दा मोबाइलको घण्टी बज्यो र म झसङ्ङ हुँदै बिउँझिएँ । मोबाइल उठाएँ, रविको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search