Skip to main content

Sarbocha Khabar

Advertisement

शिक्षा

बिन्दवासिनी गाउँपालिकाको शिक्षा क्षेत्रमा आवश्यक सहयोग गर्छु ः मन्त्री तिवारी

बिन्दवासिनी गाउँपालिकाको शिक्षा क्षेत्रमा आवश्यक सहयोग गर्छु ः मन्त्री तिवारी

वीरगंज । मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी तिवारीले सोमबार पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिकामा पुगी शिक्षा क्षेत्रको बारेमा बुझेकी छिन् । पालिकामा पुगी मन्त्री तिवारीले पालिका अध्यक्ष प्रमोद तिवारी र प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा सँग भेटघाट गर्दै पालिकामा रहेको विद्याल्यको अवस्था लगायत शिक्षा क्षेत्रको बारेमा जानकारी लिएकी हुन् । सो अवसरमा पालिका अध्यक्ष तिवारीले पालिका भित्र १४ वटा सामुदायिक विद्यालयहरु रहेकोमा ३ वटा माध्यमिक तहको रहेको बताउदै सो स्कूलहरुको भौतिक संरचना, शिक्षकहरुको अवस्था लगायत विविध पक्षहरुको बारेमा मन्त्री रानी तिवारीलाई जानकारी गराएका थिए । पालिका भित्रको शिक्षा अवस्थाको बारेमा जानकारी लिए पश्चात मन्त्री तिवारीले शिक्षा क्षेत्रको विकासको लागि…
Read More
वीरगंजको संकल्प लाेक सेवा इन्सच्युटमाआगलागी हुदा ५० लाख भन्दा बढीकाे क्षति

वीरगंजको संकल्प लाेक सेवा इन्सच्युटमाआगलागी हुदा ५० लाख भन्दा बढीकाे क्षति

६ असार,वीरगंज ।  वीरगंज महानगरपालिकाे वडा नं. ८ स्थित जिल्ला प्रहरी कार्यालय पर्सा नजिक रहेकाे संकल्प लाेक सेवा इन्सच्युटमा बुधबार राति आगलागी भएकाे छ । मध्य रातिमा भएकाे आगलागीमा इन्सच्युट भित्र रहेकाे फर्निचर, कम्प्युटर,कागजात लगायतका सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएका छन् । अन्दाजी १२ बजे राति भएकाे आगलागीमा इन्सच्युट भित्र रहेका स्मार्ट बाेर्ड ३ वटा, डेस्क बेन्च ७० सेट, ४३ इन्चकाे टिभि १ वटा, कम्प्युटर ६ वटा, ल्यापटप ३ वटा, प्रिन्टर ४ वटा, प्राेजेक्टर २ वटा, फ्रिज १ वटा, जरनेटर १ वटा, अफिस टेबल ३ वटा, पंखा ४५ वटा, दराज, कुर्सी लगायतका सामग्री जलेर नष्ट भएकाे इन्सच्युटका संचालक अशाेक साहले जानकारी…
Read More
नोयडा ईन्टरनेश्नल युनिभर्सिटीले नेपालका विद्यार्थीहरुलाई विशेष छात्रवृति दिने ः म्यानेजर मुकुल

नोयडा ईन्टरनेश्नल युनिभर्सिटीले नेपालका विद्यार्थीहरुलाई विशेष छात्रवृति दिने ः म्यानेजर मुकुल

वीरगंज । भारतको उत्तर प्रदेश ग्रेटर नोयडा गौतमबुद्ध नगर स्थित नोयडा ईन्टरनेश्नल युनिभर्सिटीका अन्तर्राष्ट्रिय भर्ना म्यानेजर मुकेश कुमार मुकुलले नेपालका विद्यार्थीहरुको लागि विशेष छात्रवृतिको व्यवस्था गरिएको बताए । बुधवार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा मुकुलले भारतको डिल्ली एनसिआरबाट एनएएसि ए प्लसको मान्यता प्राप्त यो युनिभर्सिटीमा नेपालबाट पढन जाने विद्यार्थीहरुलाई बिना कुनै शर्त राखी कोर्षमै ५० प्रतिशत छात्रवृति दिने बताए । ७५ ऐकडमा रहेको सो युनिभर्सिटीमा विद्यार्थीहरुलाई कुनै स्वास्थ्यमा समस्या भएमा ७५० बेडको सुविधा सम्पन्न अस्पताल समेत रहेको बताउदै म्यानेजर मुकुलले सो युनिभर्सिटीमा ६० भन्दा बढी देशका विद्यार्थीहरुले विभिन्न कोर्षहरु पढदै आएको बताए । नेपालबाट प्रत्येक वर्ष ४० देखि ५० विद्यार्थीहरु सो…
Read More
अहमदिया संघ नेपाल द्वारा पंखा तथा शैक्षिक समाग्री सहयोग

अहमदिया संघ नेपाल द्वारा पंखा तथा शैक्षिक समाग्री सहयोग

१९ वैशाख,वीरगंज । अहमदिया संघ नेपालले पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ३ स्थित रहेकाे श्री नेपाल स्काउट नि.मा.वि. इटियाहीमा पंखा तथा शैक्षिक सामग्री सहयाेग गरेकाे छ । अमहदिया संघले बुधबार एक कर्यक्रमका बिच विद्यालयलाई १० थान पंखा तथा शैक्षिक सामग्री हस्तान्तरण गरेकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश चाैरसियाले जानकारी दिए | विद्यालयका बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरि चर्को घामको प्रकोपले स्वास्थ्यमा पर्न सक्ने असरबाट बेलैमा जाेगाउन उद्देश्यले पंखा सहयोग गरिएको अहमदिया संघ नेपाल पर्साका इन्चार्ज हासिम अहमदले बताए । बिगत केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको अध्ययन अध्यापन प्रभावित नहोस् भन्ने उद्देश्यले विधालयलाई अध्ययन मैत्री बनाईदिन भन्दै संघ पर्सा जिल्ला इन्चार्ज…
Read More
अबैध रुपमा संचालित एक्सेल कलेजमा सिलबन्दी

अबैध रुपमा संचालित एक्सेल कलेजमा सिलबन्दी

वीरगंज वीरगंज महानगरपालिकाले एक्सेल कलेजको नाममा अबैध रुपमा संचालित शैक्षिक संस्थामा आइतबार सिलबन्दी गरेको छ । शैक्षिक सत्र सुरु भएसँगै महानगरले दर्ता नभई सञ्चालनमा रहेको तथा दर्ता भएको भन्दा फरक नाममा सञ्चालन भइरहेको भेटिएपछि उक्त संस्थामा सिलबन्दी गरेको हो । महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछानेले भने, ‘एउटा नामबाट सञ्चालन अनुमति लिएर, स्वीकृति लिएको ठाउँ भन्दा फरक ठाउँमा अवैध रुपमा कलेजको नाममा सञ्चालन भएको भेटिएकाले त्यसमा सिल मारिएको हो ।’ कंचनजंघा इंग्लिस स्कुल र ज्ञानबाटिका बोर्डिङ स्कुलको ११ र १२ कक्षाको अनुमतिलाई दुरुपयोग गर्दै वीरगंजको वडा नं. ११ मा एक्सेल कलेजको नाममा महानगरमा दर्ता नै नगरी शैक्षिक संस्था संचालन गरेको भेटिएपछि…
Read More
छिपहरमाईमा १२ जना नयाँ शिक्षकको पदस्थापन

छिपहरमाईमा १२ जना नयाँ शिक्षकको पदस्थापन

७ वैशाख,वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा एक शिक्षिका सहित १२ जना शिक्षक पदस्थापन भएका छन् । शिक्षक सेवा आयोगले लिएको परीक्षामा पर्सा जिल्लाबाट नाम निकालेर सिफारिस भएका नवप्रवेशी शिक्षकशिक्षिकाहरुलाई शुक्रबार एक कार्यक्रमका बीच पदस्थापन गरिएको हो । छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले १२ जना शिक्षकशिक्षिकालाई टीका लगाई पदस्थापन पत्र प्रदान गरेका हुन् । साथै उनले दत्तचित्त भएर शिक्षण पेशामा समर्पित भई पालिकाको शैक्षिक विकासमा सहयोग गर्न पनि आग्रह गरेका छन् । पालिकामा शैक्षिक जनशक्ति अभाव खट्किएको अवस्थामा नियुक्त भएर आएका शिक्षकशिक्षिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुग्ने अध्यक्ष गुप्ताको विश्वास रहेकोछ । सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक रौनियार…
Read More
संकल्प लाेकसेवाकाे‍ तेस्राे बार्षिकाेत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

संकल्प लाेकसेवाकाे‍ तेस्राे बार्षिकाेत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

३० चैत्र वीरगंज । संकल्प लाेक सेवाकाे‍ तेस्राे बार्षिकाेत्सव तथा सम्मान कार्यक्रम शुक्रबार वीरगंजमा सम्पन्न भएकाे छ । संकल्प लाेक सेवा आयाेगका प्रबन्ध निर्देशक अशाेक साहकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद यादवले संकल्प लाेक सेवाले धेरै जनालाई सरकारी जागिर दिन सफल भएकाे भन्दै धन्यवाद दिए । उनले वीरगंज जस्तो पिछिडिएको ठाउँमा संकल्प लाेक सेवाले आयाेगकाे तयारी गराएर हजारकाे संख्यामा सरकारी जागिर दिलाउन सफल भएकाे वताए । पूर्व मन्त्री समेत रहेका सांसद यादवले लाेक सेवा तथा शिक्षक सेवा आयाेगमा नाम निकाल्ने मधेशीकाे संख्यामा वृद्धि भएकाे…
Read More
श्री नेपाल स्काउट निमावीको अन्तिम परिक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण सम्पन्न

श्री नेपाल स्काउट निमावीको अन्तिम परिक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण सम्पन्न

२८ चैत बिरगंज  । बिन्दवासिनी गाउँपालिका वडा नं. ३ मा रहेको श्री नेपाल स्काउट निम्न माध्यमिक विद्यालय ठूलो इटियाहीमा शैक्षिक सत्र २०८० को अन्तिम परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम बुधवार सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष मुकेश कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न अन्तिम परिक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा बाल विकास देखि कक्षा ८ सम्म प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका विद्यार्थीहरुलाई अबिरको टिका लगाई पुरस्कार वितरण गरिएको थियो । सो कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये नियमित उपस्थिति, अनुशासन (बानी ब्यहोरा रहन सहन) दक्षता तथा अन्य क्रियाकलापहरुको मूल्याकंंन गरि हरेक कक्षाबाट एक जना…
Read More
अध्ययनका लागि एक बर्षमा १५ हजार बढी विद्यार्थी पुगे अमेरिका

अध्ययनका लागि एक बर्षमा १५ हजार बढी विद्यार्थी पुगे अमेरिका

काठमाडौं, ३० कार्तिक । एकै बर्षमा अमेरिका अध्ययन गर्न जाने नेपाली बिद्यार्थीको संख्या १५ हजार नाघेको छ । अमेरिकामा काम तथा पढ्न जान चाहने नेपालीहरुको सङ्ख्या बर्षेनी बढिरहेको छ । नेपालस्थित अमेरिकी दुतावासका अनुसार गत बर्षमा १५ हजार ९० जना नेपाली बिधार्थी अध्यनका लागि अमेरिका पुगेका छन् । अन्तर्राष्ट्रिय शैक्षिक एक्सचेन्जबारे सन् २०२३ को ओपन डोर्स रिपोर्ट सार्वजनिक भएलगत्तै अमेरिकी दुतावासले यो जानकारी दिएको हो । उक्त रिपोर्ट अनुसार अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको सङ्ख्या गत वर्ष २७‍ .९ ले वृद्धि भई १५,०९० पुगेको छ, जुन सङ्ख्या हालसम्म कै उच्चतम हो’ अमेरिकी दुतावासले भनेको छ । नेपालमा गूणस्तरको शिक्षा नभएको,…
Read More
प्रिन्सिपल हत्याको विरोधमा मधेसका प्रदेशका विद्यालयहरू बन्द गरिने

प्रिन्सिपल हत्याको विरोधमा मधेसका प्रदेशका विद्यालयहरू बन्द गरिने

बारा, १४ कार्तिक । मधेस प्रदेशका विद्यालयहरू आज बन्द हुने भएका छन् । बाराको एक विद्यालयका प्रिन्सिपल रुपेश सर्राफको हत्याको विरोधमा आज मधेसका विद्यालयहरू बन्द हुन लागेका हुन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को आव्हानमा मधेस प्रदेशका विद्यालयहरू एक दिनका लागि शोक बिदा दिइएको हो । बाराको कलैयास्थित बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल सर्राफमाथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा वीरगन्ज अस्पतालमा मृत्यु भएको थियो । नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search