Sarbocha Khabar

Advertisement

खेलकुद

१९औँ एसियाड : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटर फाइनलमा

१९औँ एसियाड : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटर फाइनलमा

चीनमा जारी १९औँ एसियाडअन्तर्गत ब्याडमिन्टनतर्फ बिहीबार भएको खेलमा नेपालको पुरुष टिम क्वाटर फाइनलमा प्रवेश गरेको छ । बिनजियाङ जिम्नयाजियम कोर्टमा भएको खेलमा नेपालले मङ्गोलियालाई अन्तिम १६ को खेलमा ३–१ ले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । महिला टिमको खेलमा भने नेपाल मालदिभ्ससँग ३–१ ले पराजित भएको छ । पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहालले मङ्गोलियाका गेरेलसुख जार्गल–साइखानलाई २१–८, २१–१४ तथा सुनिल जोशीले मङ्गोलियाकै अर्का खेलाडीलाई २१–११, २१–७ को सोझो सेटमा पराजित गरे । तर विष्णु कटुवाल भने पराजित भए । तेक्वान्दोसहित, जुडो, सुटिङ, उसु, साइक्लिङ, रग्बी (पुरुष) र पुरुष भलिबलमा नेपालको खेल समाप्त भइसकेको छ ।
Read More
चीनका हाङ्चाओ सहरमा एसियाली खेलकुद कुम्भ मेलाको आज उद्घाटन 

चीनका हाङ्चाओ सहरमा एसियाली खेलकुद कुम्भ मेलाको आज उद्घाटन 

 काठमाडौँ । चीनका हाङ्चाओ सहरमा शनिवारदेखि १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदै छ ।  एसियाली खेलकुद कुम्भ मेलाको उद्घाटन चीनका राष्ट्रपति सी चीनफिङले गर्नुहुनेछ । समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । जसमा ४० खेल, ६१ वटा विधा र चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । खेलाडीको मनोबल बढाउन तथा खेल कूटनीतिमा नेपालको भूमिका स्थापित गर्न चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिन सिरियालगायत कयौँ मुलुकका राष्ट्रपति र सरकार प्रमुख र नेताहरू हाङ्चाओ सहर…
Read More
अन्तिम बलमा रन हान्दै श्रीलङ्का एसिया कपको फाइनलमा

अन्तिम बलमा रन हान्दै श्रीलङ्का एसिया कपको फाइनलमा

काठमाडौँ । साबिकको विजेता श्रीलङ्का  एसिया कप-2023 को फाइनलमा प्रवेश गरेको छ ।  शुक्रवार बिहान सम्पन्न खेलमा रोमाञ्चक सुपर ४ खेलमा पाकिस्तानलाई  हराउँदै श्रीलङ्का फाइनलमा पुगेको हो ।  श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा श्रीलङ्का डकवर्थ लुइस पद्धति अनुसार २ विकेटले विजयी भएको हो ।  अन्तिम २ बलमा टिमलाई ६ रनको आवश्यकता थियो । चरिथ असालंकाले अन्तिम दुई बलको पहिलो बलमा चौका र दोस्रो बलमा दुई रन हान्दै आफ्नो टिमलाई एसिया कपको फाइनलमा पुर्‍याएका हुन । । श्रीलङ्का ११ औँ पटक वन डे एसिया कपको फाइनलमा पुगेको हो ।  पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलङ्काले निर्धारित ४२ ओभरको अन्तिम बलमा पुरा गर्‍यो…
Read More
आश्विन १०बाट नेपाल क्रिकेट १९औँ एसियाली खेलकुदमा

आश्विन १०बाट नेपाल क्रिकेट १९औँ एसियाली खेलकुदमा

काठमाडौँ  ।   नेपाली क्रिकेट टोली आश्विन १० बाट  १९ औँ एसियाली खेलकुदमा व्यस्त हुने भएको छ । नेपालले समूह चरणमा मङ्गोलिया र मालदिभ्ससँग खेल्ने भएको छ । यसअघि नेपालले जापान र कम्बोडियासँग खेल्ने तालिका थियो ।  क्वाटर फाइनलमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश छन् । अफगानिस्तानले प्रतिस्पर्धाबाट आफ्नो नाम फिर्ता लिइसकेको छ ।  नेपालले पहिलो खेल आश्विन १० गते मङ्गोलियासँग खेल्नेछ । त्यस्तै   आश्विन १४ गते मालदिभ्ससँग खेल्नेछ । क्वाटर फाइनल आश्विन १६ र १७ गते  तथा सेमिफाइनल १९ गते हुनेछ । फाइनल र तेस्रो स्थानको लागि  आश्विन २० गते खेल हुनेछ । सबै खेल टी२० शैलीमा हुनेछ । नेपाल टी२० आई वरियतामा १७ औँ स्थानमा छ । मालदिभ्स ८० औँ स्थानमा…
Read More
एसिया कप : भारतविरुद्ध उत्कृष्ट प्रदर्शन

एसिया कप : भारतविरुद्ध उत्कृष्ट प्रदर्शन

काठमाडौं । एसिया कपमा नेपाल विश्व क्रिकेटको महारथी भारतविरुद्ध शानदार प्रदर्शन गरेको छ । भारतसँग हार भए पनि नेपाली टोलीले राम्रो प्रदर्शन गरेको भन्दै प्रशंसा पाएको छ ।  श्रीलंकाको पल्लेकेले स्टेडियममा भएको खेलका क्रममा नेपाली ब्याटरहरुले भारतविरुद्ध गरेको प्रदर्शन सम्झनलायक रह्यो।  भारतसँग डिएलएस मेथडमा १० विकेटको अन्तरले पराजित भएसँगै नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। एसिया कपमा समूह ए बाट पाकिस्तान र भारत सुपर फोरमा पुगेका छन्। नेपालले क्रिकेट इतिहासमा पहिलो पटक ओडिआइ वरियताका शीर्ष तथा विश्व क्रिकेटका शक्तीशाली टोली भारत र पाकिस्तानसँग खेल्ने मौका पाएको हो। पहिलो खेलमा पाकिस्तानसँग १०४ रनमा अलआउट भएको नेपालले भारतसँगको खेलमा प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेको थियो। भारतसँग हार…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search