Sarbocha Khabar

Advertisement

खेलकुद

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ, १४ कात्तिक । काठमाडौँमा जारी टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन जोड्दा  कुशल भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए । यो जितसँगै नेपाल समूह ए बाट सेमिफाइनल पुगेको छ । यसअघि मङ्गलवार बिहान सिंगापुरलाई हराउँदै सेमिफाइनल पुगेको ओमानसँग बुधवार नेपालले समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा गर्नेछ ।
Read More
आइसिसी टी–२०ः नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

आइसिसी टी–२०ः नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ, १४ कार्तिक । नेपाल र मलेसियाबिचमा आज प्रतिस्पर्धा हुँदै छ । आइसिसी टी-२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो । सो खेल दिउँसो १ः १५ बजेबाट सुरु हुनेछ । समूह एकका सबै खेल त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा हुनेछ । पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले ओमानसँग ३२ रनले पराजित भएर आएको मलेसियासँग यो चरणको पहिलो प्रतिस्पर्धामा उत्रन लागेको हो । नेपाल घरेलु मैदानमा दोस्रो जीतका लक्ष्यसहित मैदानमा उत्रन लागेको हो ।
Read More
नेपालको सिंगापुरमाथि ८ विकेटको जित

नेपालको सिंगापुरमाथि ८ विकेटको जित

काठमाडौँ, १३ कात्तिक । काठमाडौँमा जारी आइसिसी टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध आठ विकेटको जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले नेपालले १६.३ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा कुशल भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्काको मद्दतमा ७४ रन जोड्दा आसिफ शेखले २६ बलमा २ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नट आउट रहे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५…
Read More
आइसिसी क्रिकेट: नेपाल र सिंगापुरका बिचमा प्रतिस्पर्धा हुँदै

आइसिसी क्रिकेट: नेपाल र सिंगापुरका बिचमा प्रतिस्पर्धा हुँदै

काठमाडौँ, १३ कार्तिक । नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुदैँछ । आइसिसी टी– २० विश्वकप क्रिकेट छनौट प्रतियोगिताका लागि नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुन लागेको हो । सो खेल कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुदैँछ । उक्त खेल नेपाली समयअनुसार, बिहान ९ बजेबाट सुरु हुनेछ । आइसिसी टी–२० विश्वकप क्रिकेट छनौट प्रतियोगितामा एसियाली क्षेत्रका ८ राष्ट्रले आज सोमबारदेखि नेपालका दुई वटा रङ्गशालामा प्रतिस्पर्धा गर्दैछन । जसअनुसार आज नेपाल र सिंगापुर बिचमा पहिलो प्रतिस्पर्धा हुन लागेको हो । सोही समयमा मुलपानी क्रिकेट मैदानमा भने खाडी राष्ट्रका दुई मुलुक बहराइन र यूएईबिच दोस्रो अर्को खेल हुनेछ ।
Read More
अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप छनोट खेल कार्तिक १३ बाट काठमाडौँमा

अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप छनोट खेल कार्तिक १३ बाट काठमाडौँमा

काठमाडौँ, कार्तिक ११ । टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । घोषणा गरिएको टिममा पूर्व कप्तान सन्दीप लामिछानेलाई पनि समेटिएको छ । एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौँको कीर्तिपुर र मुलपानीमा हुनेछ  । नेपाल क्रिकेट सङ्घले रोहित पौडेलको नेतृत्वमा शनिवार नेपाली टोली घोषणा गरेको हो। टोलीमा कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन्। प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आठ टोलीलाई दुई समूहमा विभाजित गरिएको छ। नेपाल रहेको समूह ए मा मलेसिया, ओमन र सिंगापुर छन्। त्यस्तै, समूह…
Read More
नेपाल र युएईबिच आज फाइनल खेल  हुँदै

नेपाल र युएईबिच आज फाइनल खेल हुँदै

काठमाडौँ । नेपाल र  युनाइटेड अरब इमिरेट्स (युएई) बिच प्रतिस्पर्धा हुदैँछ । त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र युएईका बिचमा प्रतिस्पर्धा हुन लागेको हो । सो खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सो प्रतिस्पर्धाको क्रममा आज नेपाल र युएईबिच फाइनल खेल हुन लागेको हो।  नेपाल, युएई र हङकङबीच जारी सिरिजबाट हङकङ भने यसअघि नै बाहिरी सकेको छ। जारी सिरिजमा लगातार चार वटा खेल जितेको नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ भने हङकङसँग पनि दुई जित हासिल गरेको थियो ।
Read More
युएईलाई ५ विकेटले हराउँदै नेपालको सत प्रतिशत जित

युएईलाई ५ विकेटले हराउँदै नेपालको सत प्रतिशत जित

काठमाडौँ,  कार्तिक ६ गते । । काठमाडौँमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो भेटमा समेत नेपालले युएईलाई ५ विकेटले हराएको छ । युएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो । नेपालको जितमा आसिफ शेखले शानदार  ६२ रन बनाए । रोहितले ४७ रनको योगदान गरे । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १५ बलमा अविजित ४० रनको योगदान गरे । यसअघि, मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको युएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो । नेपालका सोमपाल कामी र अविनाश बोहराले समान २ तथा करन केसी र गुल्सन झाले समान १…
Read More
जापानलाई हराउँदै नेपाल एसिया कपमा छनोट

जापानलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ, कार्तिक ४ । मलेसियामा जारी अन्डर १९ एसिया प्रियियर कपमा नेपालले जापानलाई डगलस लुइस प्रविधिको आधारमा १४३ रनले पराजित गर्दै एसिया कपमा छनोट भएको छ । नेपालले सुरुमा वेटिंग गर्दै २ विकेटको क्षतिमा १४० रन बनाएको थियो । नेपाल र जापानबिचको सेमिफाइनल खेल वर्षाले बाधित भएपछि जापानलाई २२ ओभरमा १८७ रनको लक्ष्य दिइएको थियो । नेपालको घातक बलिङका सामु जापान टिक्न सकेन र ४३ रनमा अलआउट भयो । नेपालका लागि दीपक बोहराले ७९ र  आकाश त्रिपाठीले ३५ रन बनाएका थिए  । त्यस्तै जापानलाई सस्तोमा समेट्न हेमन्त धामी र दिपेस कँडेल ३/ ३ र सुभाष भण्डारीले दुई विकेट लिए । नेपालले…
Read More
नेपालद्वारा  हंगकग  ७९ रनले पराजित 

नेपालद्वारा  हंगकग  ७९ रनले पराजित 

काठमाडौँ, कार्तिक ४ । घरेलु मैदानमा जारी युएई सम्मिलित त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले  हंगकगलाई  ७९ रनले पराजित गरेको छ । यसअघि कुशल मल्लको विस्फोटक ब्याटिङले नेपालले हङकङ समक्ष २ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालका लागि कुशल मल्लले ९२ रनको योगदान गरे । उनले ४१ बलमा ३ चौका र ९ छक्काको मदतले ९२ रन बनाए । दीपेन्द्र सिंह ऐरीले ५७ रनको महत्त्वपूर्ण  इनिङ्स खेले । नेपालका लागि करन के.सी., ललित राजवंशी र सोमपाल कामीले २ / २ विकेट लिएका थिए । आइतबार हङकङ र युएईबिच प्रतिस्पर्धा हुँदै छ भने सोमवार नेपाल र युएई तथा बुधवार हङकङ र युएई भिड्दै छन्। अङ्क…
Read More
शनिवार जापानलाई हराए नेपाल एसिया कपमा छनोट हुने

शनिवार जापानलाई हराए नेपाल एसिया कपमा छनोट हुने

काठमाडौँ, कार्तिक ३ गते । । एसीसी यु—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले जापानलाई हराउन सके यसै वर्ष पाकिस्तानमा हुने एसिया कपमा प्रवेश गर्नेछ । मलेसियामा जारी  प्रतियोगिताको सेमिफाइनलमा शनिवार नेपालले जापानसँग प्रतिस्पर्धा गर्नेछ । प्रिमियर कपमा १६ वटा राष्ट्र सहभागी छन् । यो प्रतियोगिताबाट तीन वटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यु—१९ एसिया कपमा छनोट हुने प्रावधान छ । शनिवारको खेलमा जापानलाई हराउन सके नेपाल फाइनलमा प्रवेश गर्नुका साथै एसिया कपको  समूह ‘ए’ मा रहेको भारत र पाकिस्तान सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको अर्को सेमिफाइनल खेल पनि शनिवार नै संयुक्त अरब इमिरेट्स (युएई) र सिंगापुरबिच खेलिने छ । छनोट…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search