Sarbocha Khabar

Advertisement

अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप छनोट खेल कार्तिक १३ बाट काठमाडौँमा

Advertisement
काठमाडौँ, कार्तिक ११ । टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । घोषणा गरिएको टिममा पूर्व कप्तान सन्दीप लामिछानेलाई पनि समेटिएको छ ।
एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौँको कीर्तिपुर र मुलपानीमा हुनेछ  ।
नेपाल क्रिकेट सङ्घले रोहित पौडेलको नेतृत्वमा शनिवार नेपाली टोली घोषणा गरेको हो। टोलीमा कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन्।
प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आठ टोलीलाई दुई समूहमा विभाजित गरिएको छ। नेपाल रहेको समूह ए मा मलेसिया, ओमन र सिंगापुर छन्। त्यस्तै, समूह बी मा बहराइन, हङकङ, कुवेत र युएई रहेका छन्।  फाइनलमा पुग्ने दुई टोली, आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउनेछन् ।
नेपालको पहिलो खेल कात्तिक १३ गते सिंगापुरसँग त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे हुनेछ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त

सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त

बिरगंज । सर्लाहीको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साहले पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ निवासी जेनजि अर्जुन शाहल...
वीरगञ्जका मसाज तथा स्पा सेन्टरको अनुगमन सुरु

वीरगञ्जका मसाज तथा स्पा सेन्टरको अनुगमन सुरु

वीरगञ्ज - वीरगञ्ज महानगरपालिका ले नगरभित्र सञ्चालनमा रहेका मसाज तथा स्पा सेन्टरहरूको अनुगमन सुरु गरेको छ। मसाज सेन्टरको नाममा अवा...
नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

वीरगंज १९ चैत्र । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ११  स्थित गोल्डेन फ्युचर स्कुल श्रीपुरमा नेको इन्सुरेन्स लिमिटेड वीर...
ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

१४ चैत, काठमाडौं ।  प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search