Skip to main content

Sarbocha Khabar

Advertisement

परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

Advertisement

८असार बारा । बाराको परवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ३६ करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ ।सोमबार आयोजित परवानीपुर गाउँपालिकाको १८औँ गाउँसभाको अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष सुगान्धी देवी कनुइनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी हुन् ।

त्यसअघि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तूत गरेका थिए । जसमा शिक्षा, पूर्वाधार विकास,सरसफाइ, आर्थिक विकास तथा प्रभावकारी सेवा प्रवाहलाई प्रमुख प्राथमिकतामा राखिएको छ।

नीति तथा कार्यक्रममा गाउँपालिकाभित्र अधुरा रहेका विद्यालय भवन निर्माण कार्य सम्पन्न गरिने,कर सेवा गाउँपालिकाबाटै उपलब्ध गराउने, भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाट प्रवाह गर्ने तथा वडा नम्बर १ मा नदी नियन्त्रणको काम सम्पन्न गर्ने उल्लेख छ ।

गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीबीच आपसी सहकार्य अपरिहार्य रहेको बताए। उनले गाउँपालिकाको समग्र विकास, सुशासन तथा नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम ल्याइएको उल्लेख गरे।

कुर्मीकै अध्यक्षतामा सम्पन्न गाउँसभामा वडाध्यक्षहरु, कार्यपामलिका सदस्यहरु, वडा सदस्यहरु , कर्मचारी, नेकपा एमालेका नेता उमेश गुप्ता लगायतकाकोपनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search