८ असार २०८३ १७:१५
८ असार २०८३ १७:१५
८असार बारा । बाराको परवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ३६ करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ ।सोमबार आयोजित परवानीपुर गाउँपालिकाको १८औँ गाउँसभाको अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष सुगान्धी देवी कनुइनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी हुन् । त्यसअघि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तूत गरेका थिए । जसमा शिक्षा, पूर्वाधार विकास,सरसफाइ, आर्थिक विकास तथा प्रभावकारी सेवा प्रवाहलाई प्रमुख प्राथमिकतामा राखिएको छ। नीति तथा कार्यक्रममा गाउँपालिकाभित्र अधुरा रहेका विद्यालय भवन निर्माण कार्य सम्पन्न गरिने,कर सेवा गाउँपालिकाबाटै उपलब्ध गराउने, भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाट प्रवाह गर्ने तथा…
