विद्यालयका प्रिनसिपल उमेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य इसलाम हवारी त्यसैगरी बिशिस्टअतिथि तथा विद्यालयका फाउन्डर डा. उमेश चौरसियाको उपस्थित रहेका थिए ।
कार्यक्रममा विभिन्न क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष तथा कार्यकारी सदस्यहरूलाई आ–आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहँदै विद्यालय र विद्यार्थीहरूको हितमा काम गर्ने शपथ ग्रहण गराइएको थियो।
शिक्षिकाहरुले नवनिर्वाचित पदाधिकारीहरूलाई टीका लगाई सम्मान गर्नुभएको थियो भने शिक्षक रवि लगायत क्लब मेन्टर तथा एडभाइजरहरूले विद्यार्थीहरूलाई आवश्यक मार्गदर्शन प्रदान गरेका थिए।
विद्यालयमा गठन गरिएकको बिज्ञान तथा नविनता क्लब भावी नेतृत्व क्लब तथा खेलकुद क्लब मार्फत विद्यार्थीहरूको नेतृत्व क्षमता, वैज्ञानिक सोच, सिर्जनशीलता, अनुशासन र खेलकुद प्रतिभाको विकास हुने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रममा क्लबका सम्पूर्ण सदस्य, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भने कार्यक्रमको सहजीकरण अरुण यादवले गरेका थिए ।




