२३ आश्विन २०८१ २३:३०
२३ आश्विन २०८१ २३:३०
२३ असोज,वीरगंज । हन्ट नेपाल मिडिया प्रा.लि.द्धारा सञ्चालित हाम्रो नेपाल दैनिक डट कम अनलाईनले बुधवार आफ्नो चौथौ वार्षिकोत्सव एक कार्यक्रमका बिच सम्पन्न गरेको छ । अनलाईन पत्रिकाले आफ्नो वार्षिकोत्सवको अवसरमा वीरगंज आदर्शनगर स्थित आमाको माया छात्रावासमा आश्रित बालबालिकाहरुको लागि स्कूल ब्याग तथा शैक्षिक सामग्रीहरु वितरण गरेको छ । छात्रावास परिसरमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि पर्साको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख यसवन्त यादवले अनर्लाइनको उत्तरोतर प्रगतिको कामना गर्दै यो छात्रावास सँग आफ्नो पुरानो सम्बन्ध रहेको बताए । उनले करिब एक दशक भन्दा अगाडि देखि म यो छात्रावासमा आश्रित बालबालिकाहरुको लागि सहयोग गर्दै आएको र आउने दिनमा पनि आवश्यक पर्ने सहयोगहरु गर्न…
