Skip to main content

Sarbocha Khabar

Advertisement

दुई समुदाय बीचको बिवाद उग्ररुप लिएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी, मंगलबार बिहान ६ देखि १० बजे सम्म बजार खुल्ने

Advertisement

वीरगंज ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयलाई लिएर दुई पक्ष बीच बिगत पाँच दिन देखि जारी विवादलाई लिएर वीरगंजमा पनि सोमबार दुई समुदाय बीच ठाउँ–ठाउँमा झडप भई स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालले सार्वजनिक सूचना जारी गर्दै वीरगंज महानगरपालिका क्षेत्रमा सोमबार साँझ ५ बजे देखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।
सोमबार बेलुका जिल्ला प्रशासन कार्यालय पर्साले अर्को सूचना जारी गर्दै सर्वसाधारणको सुविधालाई दृष्टिगत गरी फागुन ८ गते मंगरबार बिहान ६ बजे देखि १० बजे सम्मको लागि खुल्ला गरिएको जनाईएको छ ।
स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेशको सूचनामा वीरगंजको सीमा क्षेत्र पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिण भन्सारको मितेरी पुल भित्र महानगरको क्षेत्रमा कर्फ्यु लगाइएको उल्लेख छ ।
हिन्दुवादीहरूले जुलुस निकालेर बजार बन्द गराउँदै हिँडेपछि समूह बनाएर मुख्य सडकमा आएका मुस्लिम समुदायको एक समूहले आदर्शनगर र महावीरस्थानमा हिन्दु धर्मको झण्डा च्यात्न थालेपछि स्थिति तनावपूर्ण बनेको भएपनि प्रहरीले हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।
त्यसपछि वीरगंजकै इदगाह चोकमा मुस्लिम समुदायका केही युवाहरूले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका बेला प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेपछि स्थिति फेरि बिग्रिएको थियो । त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेको र प्रहरीले भीड तितरबितर पार्न १० राउन्ड भन्दा बढी अश्रुग्यास प्रहार गरेको जनाईएको छ ।
यसअघि हिन्दु समाज नामक समूहको अगुवाइमा हिन्दुवादीहरूले रौतहट, महोत्तरी लगायतका जिल्लामा हिन्दुमाथि अत्याचार भएको भन्दै त्यसमा संलग्नहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका थिए ।
हिन्दू र मुस्लिम समुदाय बीच ठाउँ–ठाउँमा झडप हुँदा विवाद साम्य पार्न पुगेका प्रहरीलाई नै ताकेर ढुङ्गा मुढाको प्रहारले गर्दा ११ जना प्रहरी घाइते भएका छन् ।
जसमा नेपाल प्रहरीको ९ जना र सशस्त्र प्रहरीको २ जना गरी ११ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पर्साका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ पुगे?

पर्साका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ पुगे?

वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवासँगै पर्साका विभिन्न स्थानीय तहको प...
क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search