७ फाल्गुन २०८० २३:३३
७ फाल्गुन २०८० २३:३३
वीरगंज । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयलाई लिएर दुई पक्ष बीच बिगत पाँच दिन देखि जारी विवादलाई लिएर वीरगंजमा पनि सोमबार दुई समुदाय बीच ठाउँ–ठाउँमा झडप भई स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालले सार्वजनिक सूचना जारी गर्दै वीरगंज महानगरपालिका क्षेत्रमा सोमबार साँझ ५ बजे देखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ । सोमबार बेलुका जिल्ला प्रशासन कार्यालय पर्साले अर्को सूचना जारी गर्दै सर्वसाधारणको सुविधालाई दृष्टिगत गरी फागुन ८ गते मंगरबार बिहान ६ बजे देखि १० बजे सम्मको लागि खुल्ला गरिएको जनाईएको छ…
