Skip to main content

Sarbocha Khabar

Advertisement

Breaking news 3

राष्ट्रपतिबाट कैद मिनाहा पाएको २५ दिनमा होटेलमा लगेर महिलाको हत्या

राष्ट्रपतिबाट कैद मिनाहा पाएको २५ दिनमा होटेलमा लगेर महिलाको हत्या

हेमन्त केसी सुर्खेत, २ कार्तिक । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएका रुकुम पश्चिममा एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेको पाइएको छ । गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले होटेलमा लिएर एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । लोकबहादुरले मुसिकोट नगरपालिका –७ साँखकी २८ बर्सिया भावना विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिए । भावनाको हत्या गरेको आरोपी लोकबहादुरले स्वीकार गरेको, दशिप्रमाण र अनुसन्धानका क्रममा समेत खुल्न…
Read More
एमालेद्वारा गाजामा अस्पतालमाथि भएको आक्रमणको निन्दा र भर्त्सना

एमालेद्वारा गाजामा अस्पतालमाथि भएको आक्रमणको निन्दा र भर्त्सना

काठमाडौँ, १ कात्तिक । नेकपा एमालेले प्यालेस्टाइनको गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणको निन्दा र भर्त्सना गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा/आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले स्तब्ध भएको बताए । उनले उक्त आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गरेको बताउँदै एमाले शान्तिको पक्षमा रहेको बताए । ‘रकेट आक्रमणबाट ठुलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौँको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुन्छ । हामी…
Read More
गाँजास्थित अस्पतालमा आक्रमण, ५०० जनाको ज्यान गयो, फ्रान्स निन्दा गर्‍यो

गाँजास्थित अस्पतालमा आक्रमण, ५०० जनाको ज्यान गयो, फ्रान्स निन्दा गर्‍यो

काठमाडौँ, १ कार्तिक । इजरायल र हमास बिचको वर्तमान युद्धले दिन प्रतिदिन नयाँ आकार लिइरहेको छ। आज युद्ध १२ औँ दिनमा प्रवेश गरेको छ । यस युद्धका कारण दुवै देशले धेरै नोक्सानी बेहोरेका छन् । पछिल्लो जानकारी अनुसार युद्धमा हालसम्म १४०० इजरायलीको मृत्यु भएको छ भने ४ हजार ३९९ घाइते भएका छन् । गाजाको अस्पतालमा भएको बम विस्फोटका कारण प्यालेस्टाइनमा मृत्यु हुनेको सङ्ख्या चिन्ताजनक रूपमा बढेको छ । जसका कारण गाजा पट्टीमा कुल ३५०० जनाको मृत्यु भएको छ भने १२ हजार घाइते भएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले अल अहली ब्याप्टिस्ट अस्पतालमा कम्तीमा ५०० जनाको ज्यान गएको बताएको छ, जसमध्ये…
Read More
‘७८ प्रतिशत बालबालिकाको समाचार उनीहरूको दुर्व्यवहार सम्बन्धी हुन्छ’

‘७८ प्रतिशत बालबालिकाको समाचार उनीहरूको दुर्व्यवहार सम्बन्धी हुन्छ’

काठमाडौँ, ३० असोज । भोलिका कर्णधार आजका बालबालिकाको मुद्धाहरु मिडियामा आउन नसकेको भन्दै एक कार्यक्रमका सहभागीहरूले दुःख व्यक्त गरेका छन् । चाइल्ड नेपाल नामक गैरसरकारी संस्थाले राष्ट्रिय सञ्चारमाध्यम (डेस्क इडिटर, इडिटर)सँग गरेको अन्तरक्रियामा उनीहरूले कुल समाचारको झन्डै चारदेखि ६ प्रतिशत समाचार मात्रै बालबालिकाहरूको मुद्रामा रहेको बताए । यसमा पनि अधिकांश समाचार औपचारिक कार्यक्रमको मात्रै भएको भन्दै उनीहरूले बालबालिका सम्बन्धी खोज, अनुसन्धानमूलक समाचार प्रकाशित, प्रसारित गर्नुपर्नेमा जोड दिए । साथै उनीहरूले ससाना बालबालिकाहरूको मुद्रामा सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्दा विशेष संवेदनशीलता अपनाउनुपर्नेमा पनि जोड दिए । कार्यक्रममा डा. कुन्दन अर्यालले आएका चारदेखि ६ प्रतिशत बालबालिका सम्बन्धीको समाचारमा पनि ७८ प्रतिशत समाचार बालबालिकामाथिको दुर्व्यवहारका…
Read More
संसारभरिका नेपालीहरूको अभिभावक, सक्तमान भन्छन्, ‘विभिन्न प्रलोभनहरूबाट पनि मेरो आस्था झुकेन’

संसारभरिका नेपालीहरूको अभिभावक, सक्तमान भन्छन्, ‘विभिन्न प्रलोभनहरूबाट पनि मेरो आस्था झुकेन’

बुवा जसबहादुर र आमा पबिसराको कान्छो छोराको रूपमा जन्मिए, सक्तमान बुढाथोकी । वि.सं.२०३०साल वैशाखमा खुँगाको तोस्वाङमा एकदमै गरिब परिवारमा जन्मिएका हुन उनी । एकदम दुर्गम गाऊ थियो तोस्वाङ । स्कुल जानको लागि पनि घरबाट लगभग डेढ घण्टा स्कुल हिँडेर जानुपर्दथ्यो । बुवा जसबहादुर अलि शिक्षित भएकाले पनि आफ्ना सबै छोराछोरीलाई पढाउन चाहन्थे । सक्तमान पनि  ११ वर्षको उमेमा स्कुले जीवन सुरु गरे । चप्पल लगाउने चलन थिएन । पाटीमा कालो कोइलाले लेख्ने गरिन्थ्यो । त्यस प्रकारको परिस्थितिमा पनि सक्तमान स्कुले जीवनलाई निरन्तरता दिइरहे । दाइ गिरी बुढा पढाइमा अल्छी भएकाले बुवाको धेरै पिटाई खाए पनि आफू पढाइमा मेहनती भएको बताउँछन्…
Read More
दसैँको नशालु प्रभाव र त्यसको अर्थशास्त्र

दसैँको नशालु प्रभाव र त्यसको अर्थशास्त्र

ईश्वरचन्द्र ज्ञवाली यतिखेर दसैँ–पर्व नजिकिदैं गएको छ । पर्व मनाउने परम्परा मान्छेले विकास गरेको हो । यस्ता पर्व, उत्सव, मेलाहरूका पछाडि विभिन्न वर्गीय अवधारणा, सामाजिक सँस्कार र भौतिक परिस्थितिहरूको भूमिका रहेको छ । श्रम कार्यपछि मानवीय मनोरञ्जनको प्रवृत्ति, धार्मिक–आस्था, खुसी, मिलन भेटघाटका समारोह, आर्थिक प्रभाव, भोगी–विलासी मनोवृत्ति, सामाजिक परम्परा र चालचलन, ऋतूत्सव र प्राकृतिक सौन्दर्यको अवगाहन गर्ने मानव स्वभाव जस्ता मानवीय प्रवृत्तिबाट बनेका धारणाले पर्व–उत्सवहरू विकसित भएका हुन् । यसका पछाडि आध्यात्मिक र भौतिक दुवै परिवेशले काम गरेका छन् । एकातिर चाड, पर्व, मेला, उत्सवहरू कहीँ न कहीँ धार्मिक–आध्यात्मिक आस्थासँग जोडिएका छन् भने अर्कातिर भौतिक परिवेश र आवश्यकतासँग पनि जोडिएका…
Read More
इजरायल माथि आक्रमण गर्न सक्षम छौँ, थप हमला हुनेछ: हमास

इजरायल माथि आक्रमण गर्न सक्षम छौँ, थप हमला हुनेछ: हमास

गाजा, २६ असोज । प्यालेस्टाइनी हमास र इजरायल बिचको जारी युद्धका कारण लाखौँ मानिस घरबारविहीन भएका छन् । गत शनिवार बिहानै अप्रत्याशित र आश्चर्यजनक रूपमा हमासले इजरायलमाथि आक्रमण गरे पछि उत्पन्न विषम परिस्थितिका कारण लाखौँ मानिस घरबार विहीन भएका छन् । इजरायलले गाजा सहरका विभिन्न भागमा आक्रमण जारी राखेको छ । इजरायलका अनुसार तत्काल सो आक्रमण रोकिने वाला छैन । यसैबिच, हमासकाको सैन्य शाखाले गाजामा इजरायली जमिन आक्रमणसँग लड्न सक्षम रहेको बताएको छ । हमासको सैन्य शाखा कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले भनेका छन्, 'हामी हाम्रो भूमि रक्षाका पक्षहरूमा छौँ, हामी पुनः इजरायल माथिको हमलालाई दोहोर्याउँछौं।' ‘शत्रुको कारबाहीले हामीलाई नयाँ…
Read More
हमास आक्रमण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल

हमास आक्रमण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल

तेलहविव, २६ असोज । हमासले दक्षिणी इजरायलको ‘ट्रिब अफ नोभा’ म्युजिक फेस्टिभलमा आक्रमण गरेको थियो । यस हमलामा २६० जनाको मृत्यु भएको दाबी गरिएको छ । आक्रमणमा बाँचेकाहरूले त्यो डरलाग्दो दृश्यलाई आफ्नै शब्दमा वर्णन गरेका छन् । अमित बार र उनका साथी नीर पनि यस हमलामा बाँचेका छन्। सामाजिक सञ्जालमा दुवैको एउटा तस्बिर भाइरल भइरहेको छ, जसमा दुवैलाई चुम्बन गरिरहेको देख्न सकिन्छ । यस दम्पतीले आक्रमण पछिको अवस्था वर्णन गरेका छन्। अमित र नीर दुवै जना बाँच्नका लागि भागेको बताउँछन् । तर यस्तो हुन्छ भन्ने सोचेका थिएनन्, त्यसैले उनीहरूले एक अर्कालाई चुम्बन गरे र अहिले बाँचेर आफ्नो तस्बिर पोस्ट गरेका…
Read More
स्टालिन र माओको बिचमा के विवाद थियो ?

स्टालिन र माओको बिचमा के विवाद थियो ?

* माेहनविक्रम सिंह स्टालिन जीवित हुँदा पनि स्टालिन र माओका बिचमा कैयौँ प्रश्नहरूमा मतभेदहरू थिए । तर त्यस प्रकारका मतभेदहरू मुख्यतः तात्कालिक राजनीतिक र व्यावहारिक पक्षहरूसित सम्बन्धित थिए र त्यस्ता कतिपय प्रश्नहरूमा माओका विचारहरू सही थिए भनेर स्टालिनले पनि स्वीकार गरेका छन् तर माओद्वारा स्टालिनका बारेमा सैद्धान्तिक आलोचना १९५६ मा देखा पर्‍यो । त्यस बेला उनले आफ्नो एउटा रचनामा “स्टालिनमा अभिभूतवादको पर्याप्त अंश थियो” भनेर आलोचना गरे । त्यो आलोचनाबारे माओले त्यो बेला र पछि कुनै विश्लेषण र व्याख्या प्रस्तुत छैनन् र यसबारे अत्यन्त सङ्क्षिप्तमा नै आफ्नो विचार प्रकट गरेको पाइन्छ । यसबारे उनले लेख्दछन् ः “स्टालिनमा अभिभूतवादको केही अंश…
Read More
‘मेरो परिवारले भोगेको पीडालाई शब्दले व्यक्त गर्न सक्दिन’

‘मेरो परिवारले भोगेको पीडालाई शब्दले व्यक्त गर्न सक्दिन’

  मुम्बई, २४ असोज । गत हप्ता प्यालेस्टिनी  हमासले गरेको अचानक आक्रमणपछि गाजा पट्टीमा हमासविरुद्ध इजरायलको आक्रमण तीव्र भएको छ। युद्धको चौथो दिनसम्ममा तीन हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।   सो युद्धका कारण दुई देशीय सीमामा बसोबास गर्ने दुवै देशका जनता सो आक्रमणबाट आफ्ना प्रियजन गुमाए पछि शोकमा छन्। हमासको निरन्तर आक्रमण र गाजाको ‘पूर्ण नियन्त्रण’ लिनको लागि इजरायलको बलियो अभियानको बिचमा निर्दोष मानिसहरू विरुद्ध बर्बरताका कथाहरू देखा परिरहेका छन्।   यसै सन्दर्भमा, भारतीय टिभी अभिनेत्री मधुरा नाइकले आफ्ना काका र उनका छोराछोरीको ‘क्रूरतापूर्वक हत्या’ भएको बताएकी छन्। इन्स्टाग्राममा सेयर गरेको भिडियो सन्देशमा भारतीय मूलकी यहुदी नागिन अभिनेत्रीले भनिन्, ‘मेरो…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search