Skip to main content

Sarbocha Khabar

Advertisement

Breaking news 3

हमास- इजरायल युद्ध बिरामको पक्षमा राष्ट्रसंघ: इजरायलकाे विरोध, हमासकाे स्वागत

हमास- इजरायल युद्ध बिरामको पक्षमा राष्ट्रसंघ: इजरायलकाे विरोध, हमासकाे स्वागत

न्युयोर्क, ११ कार्तिक  । आज हमास-इजरायल सङ्घर्षको २२ औँ दिन हो। यस युद्धमा अहिलेसम्म इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ७,३२६ पुगेको छ  ।  त्यसरी मृत्यु हुनेमा ४०% बालबालिका रहेको डब्लुएचवोले बताएको छ  । संयुक्त राष्ट्र सङ्घ, समस्याको समाधान खोजिरहेको छ तर सो प्रयास प्रति प्यालेस्टाइन र इजरायल विभाजित भएका छन्  । संयुक्त राष्ट्रसङ्घको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव हालै पारित गरिएको छ, जसमा शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्ध विरामको आह्वान गरिएको छ। यो प्रस्तावको पक्षमा नेपालको सहित १२० राष्ट्रले पक्षमा मतदान गरेका थिए भने विपक्षमा इजरायलसहित १४ देशले मतदान गरेका थिए । भारतसहित ४५ देशले भने मतदान प्रक्रियामा सहभागी नै…
Read More
गाजाँमा मारिने प्यालेस्टाइनीकाे सङ्ख्या ७ हजार नाघ्यो, हमास प्रतिनिधि पुगे मस्को

गाजाँमा मारिने प्यालेस्टाइनीकाे सङ्ख्या ७ हजार नाघ्यो, हमास प्रतिनिधि पुगे मस्को

गाजा, १० कार्तिक । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बुधवार मात्रै इजरायली हमलामा ५०० जनाको ज्यान गएको जनाएको थियो । जसअनुसार इजरायलले हवाई हमला सुरु गरेदेखि हालसम्मको मारिने प्यालेस्टाइनीको सङ्ख्या ७,००० नाघेको छ । इजरायली आक्रमणमा ज्यान गुमाउनेको कुल सङ्ख्या ७,०२८ रहेको जनाइएको छ । अल जजिराका अनुसार प्यालेस्टिनी अधिकारीहरूलाई उद्धृत गर्दै गाजामा ज्यान गुमाएकामध्ये करिब ३ हजार बालबालिका पनि रहेको बताएको छ । एकै समयमा इजरायलमा हमासको आक्रमणमा १४०० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए, जबकि गाजामा २२० भन्दा बढी मानिसहरू अझै पनि बन्धक रहेका छन्। उता, अल जजीराका अनुसार हमासको सैन्य शाखा कासिम ब्रिगेडले आफ्नो टेलिग्राम च्यानलमा एक…
Read More
पदार्थ के हो ?

पदार्थ के हो ?

*  रामराज रेग्मी यस जगत्मा हाम्रो वरिपरि ढुङ्गा, माटो, बालुवा, पानी, हावा, जङ्गल, पहाड, मैदान, रुख बिरुवा, पशुपन्छी आदि छन् । तिनका रूप रङ्ग र आकार प्रकारलाई हामी आँखाले देख्दछौँ, गन्ध नाकले थाहा पाउँछौ, हातले छामेर या छालाको स्पर्शले ती वस्तुहरू चिसो, तातो, खस्रो, नरम के–कस्ता छन् भनी पहिचान गर्न सक्छौँ । तीबाट उत्पन्न थरी थरीका आवाज कानले सुन्दछौँ र जिब्रोको सहायताबाट तीतो, पिरो, अमिलो, गुलियो वा टर्रो के कस्तो छ भनी स्वाद पत्ता लगाउँछौ । यस्ता सबै भौतिक वस्तुहरू पदार्थ (Matter) हुन् । पदार्थका रूपहरू अनेक हुन्छन् । ती आँखाले नदेखिने साना अणु परमाणुदेखि लिएर विशाल पर्वत, महासागर र…
Read More
साना कुरा फरक विचार

साना कुरा फरक विचार

* डा.कौशिला रिसाल हामीलाई कहिलेकाहीँ साना विषयले मुख्य भाव पहिल्याउन र खुसी हुन मद्दत गरेको हुन्छ । कतिपय सानै घटना वा प्रसङ्गले पनि समस्या निम्त्याइरहेका हुन्छन् । हामीलाई तनावमा पुर्‍याउने र खुसी हुन मद्दत गर्ने विषय वा प्रसङ्गहरू सानै हुन्छन् । जीवनमा आइपर्ने पारिवारिक, सामाजिक र व्यक्तिगत समस्याहरू ससाना हुन्छन् । धेरै दिनसम्म त्यसको सजिलै समाधान नहुँदा हाम्रो दैनिक कार्यमा अवरोध सृजना हुन्छ । यसको अर्थ समस्या वा घटना ठुला हुँदैनन् भन्ने चाहिँ होइन । जब कि म ससाना विषयमा लेख्दैछु । यथार्थमा हामीले समस्यालाई कुन रूपमा लिन्छौँ भन्ने कुरा महत्त्वपूर्ण  हुन्छ । हामीले कयौँ पटक ससाना कुरामा ध्यान नपुर्‍याउदा  जीवनमा अरूबाट मात्र नभएर आफ्नैबाट पनि…
Read More
ज्ञान प्राप्त गर्ने केही रणनीतिहरू

ज्ञान प्राप्त गर्ने केही रणनीतिहरू

हाम्रो सिकाई एकदम तीव्र गतिका साथ हुनुपर्दछ भन्ने होइन । मूल कुरा सिकाइको रणनीति सही हुनुपर्दछ । सिकाइबाट एकै पटक उपलब्धि प्राप्त गरिने होइन । विभिन्न प्रविधि तथा रणनीति प्रयोग गरेर सिकाइको क्षेत्रमा गुणात्मक परिवर्तन सम्भव हुन सक्छ । हामीले सिक्ने तरिका कस्तो हुनुपर्दछ ? त्यसको लागि निम्न रणनीतिहरू उपयोगी हुन सक्दछ । * आफ्नो स्मरण शक्ति बढाउने उपाय खोजौँ * सधैँ नयाँ कुराहरू सिक्न जारी राखौँ * सिक्ने  विभिन्न प्रविधिहरू प्रयोग गरौँ * अरू कसैलाई सिकाउने प्रयास गरौँ  * पहिले नै थाहा भएको कुराहरूसँग नयाँ जानकारी जडान गरौँ * नयाँ-नयाँ अनुभवहरू प्राप्त गर्ने अवसरहरू खोजौँ *  गल्तीहरू,  सिकाई प्रक्रियाको भाग हो भन्ने बुझौँ…
Read More
तौल बढेर हैरान हुनुहुन्छ, यी आठ वटा खाना खानुहोस्

तौल बढेर हैरान हुनुहुन्छ, यी आठ वटा खाना खानुहोस्

काठमाडौँ । तौल बढाउन जति सजिलो हुन्छ, त्यति नै कम गर्नका लागि हाम्रो पसिना बग्दछ । तौल घटाउन निकै गाह्रो हुन्छ किनभने डाइटमा धेरै खानपिनका सामग्रीहरू प्रतिबन्धहरू गरिएका हुन्छन्, जसका कारण मानिसले आफ्नो मन पर्ने चीजहरूबाट टाढा रहनुपर्छ। यदि तपाई अझै पनि तौल घटाउने सोचमा हुनुहुन्छ र तपाईँको स्वस्थ आहारको बारेमा अन्योलमा हुनुहुन्छ भने आज हामी तपाईँलाई यी टिप्सहरू दिएर सहयोग गर्नेछौँ । यो कुरा सत्य छ कि तौल घटाउन खोज्दा धेरै चीजहरू जस्तै जङ्क फुडलाई पुरै बेवास्ता गर्नुपर्छ र कडा आहारको पालना गर्नुपर्छ। तर हामी तपाईँलाई भनौँ कि तपाईँले आफ्नो आहारमा वजन घटाउने यी व्यञ्जनहरू समावेश गरेर छिटो तौल…
Read More
हराउँदै घर लिप्ने परम्परा

हराउँदै घर लिप्ने परम्परा

हेमन्त केसी सुर्खेत, ४ कार्तिक । बडादसैँ प्रत्येकको घरघरमा प्रवेश गरिसकेको छ। बडादसैँलाई नेपालीले विशेष महत्त्व दिएर मनाउँछौँ। परदेसिएका आफन्तहरू पनि दसैँको मौका पारेर घर फर्किने गर्दछन्। दसैँमा घर लिपपोत गरी चिटिक्क पार्नु महत्त्वपूर्ण मानिन्छ। रातो माटो र कमेरोले घर लिप्दा घर पनि कम्ता आकर्षक देखिँदैनन्। रातो माटो र कमेरोले लिपेपछि मात्र गाउँघरमा दसैँ आएको अनुभूति हुन्थ्यो। पछिल्लो समय भने रातो माटो र कमेरोले घर लिप्ने चलन बिस्तारै लोप हुँदै जान थालेको छ। आधुनिकताले परम्परागत घर विस्थापित हुँदै जाँदा रातो माटो र कमेरोले घर पोतिन छाडेका छन्। गाउँमा खर र ढुङ्गे घर हराउँदै जाँदा घर पोत्ने परम्परा पनि हराउँदै जान थालेको…
Read More
जीवनको पाठशालाबाट सिकौँ

जीवनको पाठशालाबाट सिकौँ

स्वेट मार्डन  प्रकृतिको काममा न त कहीँ दुर्बलता छन् अव्यवस्था नै । प्रकृतिको सारा काम एक नियम अनुसार चल्दछ । अतः नियमपूर्वक काम गर्ने व्यक्तिले नै सफलता प्राप्त गर्न सक्दछ । जो व्यक्ति यस बाटोको अनुसरण गर्दैन, उसको पतन ऊ आफैले गर्दछ । मानी लिनुहोस् एक भीड भएको बसमा यात्रा गर्दा तपाईँको ज्याकेटको फास्नर काटेर तपाईँको गोजीमा भएको सम्पूर्ण पैसा सखाप पारियो, के अब तपाईँ दोस्रो पटक पनि खल्तीमा पैसा राखेर त्यसरी नै यात्रा गर्नुहुन्छ ? गर्नु हुन्न । तपाईँ यस घटनाबाट एक पाठ सिक्नुहुन्छ । ठिक यसै प्रकार जब तपाईँको जीवनमा कुनै गल्तीको कारण कुनै हानी हुन जान्छ, त्यसपछि…
Read More
जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्बको निर्यात

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्बको निर्यात

काठमाडौँ, २ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब  ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१को  साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ  । गत जेठ महिनाका पाँच…
Read More
राष्ट्रपतिबाट कैद मिनाहा पाएको २५ दिनमा होटेलमा लगेर महिलाको हत्या

राष्ट्रपतिबाट कैद मिनाहा पाएको २५ दिनमा होटेलमा लगेर महिलाको हत्या

हेमन्त केसी सुर्खेत, २ कार्तिक । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएका रुकुम पश्चिममा एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेको पाइएको छ । गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले होटेलमा लिएर एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । लोकबहादुरले मुसिकोट नगरपालिका –७ साँखकी २८ बर्सिया भावना विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिए । भावनाको हत्या गरेको आरोपी लोकबहादुरले स्वीकार गरेको, दशिप्रमाण र अनुसन्धानका क्रममा समेत खुल्न…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search