१५ फाल्गुन २०८२ १८:५४
१५ फाल्गुन २०८२ १८:५४
वीरगंज । पर्सा क्षेत्र नं. ४ मा ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू पार्टी परिवर्तन गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित एक वडाध्यक्षसहित सयौं नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर बिर्ताका वडाध्यक्ष सन्जय कुमार पटेलको नेतृत्वमा ४५१ जना तथा जसपा नेपाल पोखरिया नगरपालिकाका नगर अध्यक्ष एवं मेयर प्रत्याशी राजु साह र वडा नं. ३ बसन्तपुरका वडा अध्यक्ष प्रत्याशी रबिभूषण तिवारीको नेतृत्वमा थप २०० जना नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेस पर्सा ४ का क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए। यसैगरी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी लगायत…
