२४ भाद्र २०८२ २०:२७
२४ भाद्र २०८२ २०:२७
२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू कानुन बमोजिमका सबै प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको दाबी गरेका छन् । नख्खु कारागारमा रहेका लामिछाने मंगलबार दिउँसो कारागारबाट निस्किएका थिए । सोमबारबाट उग्र भएको जेनजी प्रदर्शन मंगलबार झनै आक्रोशित बनेको थियो । सोही क्रममा लामिछाने पनि कारागारबाट बाहिरिएका थिए । कारागारबाट निस्किएपछि पत्नी निकिता पौडेलमार्फत सन्देश जारी गर्दै उनले भविष्यमा आइपर्ने सबै कानुनी प्रक्रियाका लागि आफू तयार रहेको पनि बताएका छन् । ‘आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाइको लागि कानुनबमोजिमको प्रकिया पूरा गरि पत्र थमाएपछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिक…
