Skip to main content

Sarbocha Khabar

Advertisement

राष्ट्रपति-जेनजी संवादमा सेनाले गर्नेछ सहजीकरण

Advertisement

२४ भदौ, काठमाडौं । काठमाडौंमा मंगलबार उत्पन्न तनावपूर्ण परिस्थितिलाई संवादको माध्यमबाटै हल गर्न नेपाली सेनाले जोड दिएको छ ।

सेनाका एक उच्च अधिकारीले अनलाइनखबरसँग बताएअनुसार सबै सुरक्षा संयन्त्रका प्रमुखसहित भएको छलफलबाट वार्ताबाटै समाधान निकाल्नुपर्नेगरी सुझाव राष्ट्रपति रामचन्द्र पौडेललाई दिइएको छ ।

‘त्यहीअनुसार राष्ट्रपति कार्यालयले संवादका लागि आह्वान गरिसकेको छ, त्यो छलफलमा अब कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न मोडलका कुरा हुनेछन्,’ उनले भने, ‘परिस्थितिलाई साम्य पार्न लिनुपर्ने विकल्पहरुमा छलफल हुनेछन् र निर्णय हुन्छ ।’

राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रदर्शनकारीलाई वार्ताका लागि आह्वान गरिसकेका छन् । बैठकमा नयाँ सरकार गठनदेखि भावी प्रक्रियाका विषयमा छलफल हुनेछ । त्यहाँ हुने निर्णयलाई नेपाली सेनाले पनि मान्ने ती अधिकारले बताए ।

‘नेपाली सेना सदैव जनताको साथमा छ, अगाडि आउने जिम्मेवारी लिन पनि तयार छ,’ ती अधिकारीले भने, ‘तर, नागरिकको आवाज मुख्य कुरा हो ।’

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जेनजी युवालाई नेपाली सेनाका प्रमुखसँग वार्ता गर्न तयार रहनु भनेका थिए । ‘अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नुपर्नेछ, तयार रहनुहोला,’ उनले भनेका थिए, ‘तर याद रहोस्, वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्छ ।’

नेपाली सेनाले समेत विभिन्न पक्षसँग समेत छलफल गरेको छ । सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा कम्तिमा १९ जना मारिएका थिए, २०० भन्दा बढी घाइते भएका थिए ।

मंगलबार त्यसको विरुद्धमा भेला भएका प्रदर्शनकारीले सुरक्षा घेरा तोडेर बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेका थिए । त्यसपछि सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानमा आगजनी भएको थियो ।

तनावको स्थिति सिर्जना भएपछि अपराह्न सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो ।’

अहिलेको परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन समेत विज्ञप्तिमा आग्रह गरिएको छ । दिउँसो जेनजी युवा संसद् भवनभित्र प्रवेश गरेपछि स्थिति नियन्त्रणबाहिर गएको थियो । त्यसपछि नेपाली सेनाले जेनजी युवालाई पहरा दिएको थियो । सेना आफूहरुको पक्षमा उभिएर चुपचाप बसेको भन्दै युवाले खुशी व्यक्त गरेका थिए ।

उनीहरुले ‘नेपाली सेना जिन्दवाद, सेना हाम्रो साथी हो’ लगायतका नारा लगाएका थिए ।अनलाईन खबर

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search