८ बैशाख २०८२ २३:००
८ बैशाख २०८२ २३:००
वीरगंज वीरगंज महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सुरक्षित वीरगंज’ अभियान अन्तर्गत सार्वजनिक सुरक्षा सुदृढ गर्न सिसि क्यामेरा संजाल विस्तारका लागि नगरभित्रका १६ वटा बैंकले संयुक्त रूपमा १७ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका छन् । यस अभियानमा प्रईम कमर्सियल बैंक लि. बिरगंज शाखाले ७५ हजार रुपैयाँको चेक मार्फत सहयोग गरेको छ । सहयोग संकलनको समन्वय नेपाल बैंकर्स एसोसिएसन पर्साका संयोजक तथा लक्ष्मी बैंक वीरगंज शाखाका प्रमुख रोहिणी आचार्यले गर्नु भएको थियो । महानगर प्रमुख राजेशमान सिंहको आह्वानमा ‘सुरक्षित वीरगंज’ अभियानमा सहयोग गर्न बैंकहरू एकजुट भएका हुन् । सुरक्षा प्रविधिको प्रयोगद्वारा वीरगंजलाई सुरक्षित र व्यवस्थित शहर बनाउने उद्देश्यले गरिएको यो पहलमा बैंकहरूको योगदान…
