Skip to main content

Sarbocha Khabar

Advertisement

Breaking news 3

कांग्रेस मधेस प्रदेश सम्मेलन आगामी पुस ५ र ६ मा हुने

कांग्रेस मधेस प्रदेश सम्मेलन आगामी पुस ५ र ६ मा हुने

१२ मङ्सिर, काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेशको सम्मेलन आगामी पुस ५ र ६ गते हुने भएको छ। जनकपुरमा आज बसेको कांग्रेस मधेस प्रदेश कार्यसमितिको बैठकले पुस ५ र ६ गते पार्टीको प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो। सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कांग्रेस मधेस प्रदेशले जनाएको छ। बैठकले सम्मेलनका लागि समितिहरू गठन गर्ने निर्णय गरेको छ। मधेस प्रदेश सम्मेलनमा राजनीतिक सांगठनिक/आर्थिक एवं महामन्त्रीको प्रतिवेदन तयार गर्न मस्यौदा तयारी उपसममितिहरू गठन गर्ने निर्णय भएको छ।
Read More
राजतन्त्रको पक्षमा आन्दोलन गर्नुको कुनै अर्थ छैनः शेरबहादुर देउवा

राजतन्त्रको पक्षमा आन्दोलन गर्नुको कुनै अर्थ छैनः शेरबहादुर देउवा

  मंसिर ११, चिततवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले देशलाई गणतन्त्रबाट पछाडि फर्काउन नसक्ने बताएका छन् । सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले गणतन्त्रको विकल्प नभएको भन्दै कसैले पनि देशलाई गणतन्त्रबाट पछाडि फर्काउन नसक्ने बताएका हुन् । गणतन्त्रको विरोध गर्नुको कुनै अर्थ नरहेको उनको भनाइ छ । गणतन्त्रविरोधी गतिविधिबाट आफूहरू नअत्तालिएएको भन्दै उनले राजतन्त्रको पक्षमा आन्दोलन गर्नुको कुनै अर्थ नरहेको बताए ।
Read More
युरोको भाउ १४६ रूपैयाँ पुग्यो

युरोको भाउ १४६ रूपैयाँ पुग्यो

मंसिर ११, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ १०  पैसा र बिक्री दर १४६ रुपैयाँ २८ पैसामा कारोबारको अनुमति दिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ…
Read More
आगामी वैशाखमा लगानी सम्मेलन हुने

आगामी वैशाखमा लगानी सम्मेलन हुने

मंसिर १०, काठमाडौं ।  सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्नेगरी तयारी थालेको छ । ९ र १० वैशाखमा हुने ‘तेस्रो लगानी सम्मेलन २०८१’ को तयारीका लागि अर्थमन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा समिति बनाइएको छ । अर्थमन्त्री महत अध्यक्ष रहेको तयारी समितिको बैठक पनि बसेको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा आइतबार समितिको बैठक बसेको हो ।
Read More
एमालेका ११ सय कार्यकर्ता जाजरकोटमा, भूकम्प पीडितलाई बनाइदिए ८० घर

एमालेका ११ सय कार्यकर्ता जाजरकोटमा, भूकम्प पीडितलाई बनाइदिए ८० घर

मंसिर ९, जाजरकोट ।  नेकपा एमालेले ८० वटा अस्थायी घर निमार्ण गरेर भुकम्प पीडितलाई हस्तान्तरण गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीका अनुसार अहिले जाजरकोट र रुकुम पश्चिममा १ हजार १ सय स्वयंसेवक खटिएका छन । ‘१ हजार १ सयको संख्यामा जाजरकोटमा १२ र रुकुम पश्चिममा १३ गरी हाम्रा २५  स्वयंसेवक समूह भूकम्पपछि उद्दार र पुनः स्थापन कार्यमा खटिएका छन्,’ अध्यक्ष ओलीले भनेका छन, ‘अहिलेसम्म जाजरकोटमा १३२ र रुकुममा ३५ वटा गरी १६७ वटा भत्किएका घर पन्छाइ सामान उद्दार गरेको छ । एक विद्यालय सहित जाजरकोटमा २९ वटा र रुकुममा ५१ वटा गरी ८० वटा अस्थायी घरटहरा बनाई हस्तान्तरण…
Read More
सर्वोच्चले माग्यो माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण

सर्वोच्चले माग्यो माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण

काठमाडौँ, ८ मङ्सिर । सर्वोच्च अदालतले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्णयमा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले सरकारका नाममा कारण देखाऊआदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत मंसिर ५ गते एक सूचना जारी गर्दै माइतीघर मण्डला लगायतका संवेदनशील क्षेत्रमा ३० दिनका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । सो आदेशविरुद्ध अधिवक्ता भद्रप्रसाद नेपाल लगायतले दायर गरेको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो । नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई विपक्षी बनाएका थिए । सो रिटमाथि शुक्रवार…
Read More
भारतमा एक युवकले आफ्नै घाटी काटेर मातालाई बलिदिए पछि…

भारतमा एक युवकले आफ्नै घाटी काटेर मातालाई बलिदिए पछि…

नयाँ दिल्ली, ८ मङ्सिर । झाँसीको बरुसागरको प्रसिद्ध सिद्ध पीठ मानसिल माताको मन्दिरमा पूजा गर्न एक युवक पुगे अनि उनले पहिले पूजा गरे र त्यसपछि पूजा गरेपछि युवकले घाँटी अर्पण गरेर आफैलाई बलिदिने प्रयास गरे । युवकको घाँटी काटेको खबर प्राप्त हुनासाथ क्षेत्रमा सनसनी मच्चिएको छ । त्यसपछि युवकलाई हेर्न माता मन्दिरमा भीड जम्मा भएको थियो । घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै स्थानीय प्रहरी चौकी घटनास्थलमा पुगेको थियो ।   त्यसपछि प्रहरी चौकी इन्चार्ज प्रमेन्द्र कुमारले गम्भीर घाइते युवकलाई एम्बुलेन्सको सहयोगमा मेडिकल कलेज पठाएका थिए ।   वास्तवमा झाँसीको बरुसागरमा एक युवकले घाँटी काटेर देवी…
Read More
सडकले अशान्त बनाएको एउटा गाउँको कथा

सडकले अशान्त बनाएको एउटा गाउँको कथा

विशाल बस्नेत/न्युज कारखाना महोत्तरी, ५ मङ्सिर । गाउँको सुविधाका लागी  बनाइएको एउटा सडकले गाउँलेहरू बिचमा  नै कलह सिर्जना गर्‍यो भन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर महोत्तरीको बर्दिबासस्थित भित्री गाउँमा रहेको  सडक नै स्थानीयहरूको अशान्तको कारक वनेको छ  । बर्दिबास-६ स्थित कृष्णपुरमा २०५४ सालमा नै खोलिएको शाखा सडकलाई अहिले पुर्णरुपमा अतिक्रमण गरिएको छ भने सडकको बिच भागमा बिरुवाहरू समेत रोपिएको छ । २०५४ सालमा तत्कालीन गाविस अध्यक्ष विदुर कार्कीले खोलेको यो सडकले गाउँमा कसरी अशान्त मच्चायो भन्ने विषय थाहा पाउन ५ वर्ष अगाडि फर्कनुपर्छ । यो सडकको दायाँबायाँ विशेष गरी स्थानीय तेजिलाल महतो र मकसुदन महतोको जग्गा छ । दुवै सदियारहरुले आधा-आधा…
Read More
डा.जगमान गुरुङले झुट्टा र कपोकल्पित कुरा गरेको मसालको ठहर

डा.जगमान गुरुङले झुट्टा र कपोकल्पित कुरा गरेको मसालको ठहर

काठमाडौँ, मङ्सिर ६  । काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले डा. जगमान गुरुङले महामन्त्री मोहनविक्रम सिंहबारे भ्रामक अभिव्यक्ति दिएको बताएको छ । प्रवक्ता रामप्रकाश पुरीले बुधवार एक स्पष्टीकरण प्रेषित गर्दै महामन्त्री सिंहले डा. गुरुङले भने झैँ राजा चाहिन्छ भनेर कतै पनि अभिव्यक्ति नदिएको भन्दै एउटा स्पष्टीकरण जारी गरेका छन् । स्पष्टीकरणको सम्पूर्ण विवरण यस प्रकार छ - डा. जगमान गुरुङले मोहनविक्रम सिंह, मोहन वैद्य, नारायणमान बिजुक्छे(रोहित)ले नेपालमा राजा चाहिन्छ भनेर भनेको भनी एउटा कुनै कार्यक्रममा अभिव्यक्ति दिनुभएको छ । का. मोहन वैद्य र का. नारायणमान बिजुक्छेले उहाँहरू आफैले त्यसबारे आफ्नो स्थितिलाई स्पष्ट गर्नुहोला । यहाँ हामीले का. मोहनविक्रम सिंहबारे डा. गुरुङको…
Read More
प्रतिबन्धित टिकटक अझै चलाइँदै, भिपिएन र डिएनएसबाट टिकटक नचलाउन प्रहरीको आग्रह

प्रतिबन्धित टिकटक अझै चलाइँदै, भिपिएन र डिएनएसबाट टिकटक नचलाउन प्रहरीको आग्रह

मंसिर ६, काठमाडौं । नेपालमा सरकारले टिकटक बन्द गरेको भएपनि नेपालीहरुले टिकटक चलाइरहेका छन् । सामाजिक सञ्जाल टिकटकबाट सकारात्मक भन्दा नकारात्मक सुचना धेरै फैलिएको, सामाजिक सद्भाव बिथोलिएको, किशोरकिशोरीहरु अनावश्यक लतमा फसेको लगाएत कारण देखाउदै नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयले टिकटकलाइ पूर्णरूपमा बन्देज गरेको थियो । तर सरकारले प्रतिबन्ध लगाएपनि युवाहरुले भिपिएन, डिएनएस जस्ता एपबाट नेपालमा टिकटक चलिरहेको छ । चर्चित टिकटकरहरुले टिकटकमाथीको प्रतिवन्ध खुलाउन आन्दोलन मात्र गरिरहेका छैनन्, यस्ता माध्यमबाट टिकटक कसरी चलाउँने भन्दै सामाजिक सञ्जालमा नै पोष्ट समेत गरिरहेका छन् । तर सरकारले भने यसरी अबैध तरिकाबाट टिकटक नचलाउन बारम्बार आग्रह गरिरहेको छ । टिकटक चलाउनका…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search