५ कार्तिक २०८० १८:२६
५ कार्तिक २०८० १८:२६
हाम्रो सिकाई एकदम तीव्र गतिका साथ हुनुपर्दछ भन्ने होइन । मूल कुरा सिकाइको रणनीति सही हुनुपर्दछ । सिकाइबाट एकै पटक उपलब्धि प्राप्त गरिने होइन । विभिन्न प्रविधि तथा रणनीति प्रयोग गरेर सिकाइको क्षेत्रमा गुणात्मक परिवर्तन सम्भव हुन सक्छ । हामीले सिक्ने तरिका कस्तो हुनुपर्दछ ? त्यसको लागि निम्न रणनीतिहरू उपयोगी हुन सक्दछ । * आफ्नो स्मरण शक्ति बढाउने उपाय खोजौँ * सधैँ नयाँ कुराहरू सिक्न जारी राखौँ * सिक्ने विभिन्न प्रविधिहरू प्रयोग गरौँ * अरू कसैलाई सिकाउने प्रयास गरौँ * पहिले नै थाहा भएको कुराहरूसँग नयाँ जानकारी जडान गरौँ * नयाँ-नयाँ अनुभवहरू प्राप्त गर्ने अवसरहरू खोजौँ * गल्तीहरू, सिकाई प्रक्रियाको भाग हो भन्ने बुझौँ…
