Sarbocha Khabar

Advertisement

वीरगंज महानगरपालिकाको १६ औं अधिवेशन सम्पन्न

Advertisement

वीरगंज २६ पुष ।
वीरगंज महानगरपालिकाको १६ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
नगरसभाको १६ औं अबिधेशनको शुक्रबार (आज) एक समारोहका बिच महानगर प्रमुखले उद्घाटन गर्नुहुदै नगरबासीको चाहनालाई सम्बोधन गर्न सकिने गरि नगरसभाको १५ औं अधिवेशनले लिएको लक्ष्यलाई साकार पार्न चालु आर्थिक बर्षको संशोधित कार्यक्रम तयार पारिएको बताए।

उनले चालु आर्थिक बर्षकालागि नगरसभाले स्विकृत गरेको नीति तथा कार्यक्रमबाट प्राप्त मार्गनिर्देशन र बजेटको कार्यान्वयनको सम्बन्धमा अर्धबार्षिक समिक्षा गर्दै स्विकृत आयोजना तथा कार्यक्रम मध्ये केही आयोजना तथा कार्यक्रम सम्पन्न गर्न बजेट नपुग भई थप बजेट आवस्यकता परेकोले बजेट रकमान्तरण, स्रोतान्तरण तथा शंसोधन गर्न नगरसभामा प्रस्ताव पेश गरिएको बताए ।

उहनले बजेट कार्यान्वयनकालागि आर्थिक ऐन २०८१ मा शंसोधन गर्न बनेको आर्थिक विधेयक विनियोजन ऐन २०८१ मा समावेश भएका आर्थिक बर्ष ०८१÷०८२ को बार्षीक बजेट तथा कार्यक्रम रकमान्तरण, स्रोतान्तरण, बजेट थपघट एवं योजना तथा कार्यक्रम परिमार्जन गरी संशोधन गर्न बनेको विनियोजन विधेयक २०८१, विज्ञापन कर सम्बन्धि विधेयक २०८१, वीरगंज महानगरपालिकाको संगठन संरचना तथा दरबन्दी परिमार्जन सम्बन्धि प्रस्ताब र सहकारी ऐन २०७४ मा संशोधन गर्न बनेको सहकारी विधेयक २०८१ नगरसभा समक्ष पेश गरेका थिए ।

नगरसभाको १६ औ अधिवेशनले नगरप्रमुखले पेश गरेका विधेयक तथा प्रस्ताबहरु सर्वसम्मतले पारित गरेको छ ।
नक्सा पास नगरी निर्माण भएका पुराना घरको अभिलेखिकरण यही चैत मसान्तसम्म गराउँदा ५० प्रतिशत जरिबाना छुट दिने प्रस्ताव पनि नगरसभाबाट पारित भएको छ ।

जरिबाना छुटको लाभ उठाउँदै निर्माण भएका संरचनाको अभिलेखिकरणका लागि आउँदो चैत महिनाभित्र निवेदन दिइसक्न सम्पूर्ण नगरवासीलाई महानगर प्रमुख सिंहले आग्रह समेत गरेका थिए।
नगरसभा सम्पन्न पछि सञ्चारकर्मीहरुसंग संक्षिप्त कुरागर्दै नगर प्रमुख सिंहले बैभव वीरगंज बनाउने अभियानमा वीरगंजका जनप्रतिनिधीहरु एकजुट भएको र आगामी दिनमा अझ जनताका समस्या समाधान गर्न आफूलाई थप उर्जा प्राप्त भएको बताए ।
उनले सुन्दर, समुन्नत, समृद्ध र वैभवशाली वीरगंज निर्माण गर्ने लक्ष्यका साथ महानगरको टिम अगाडी बढेको पनि बताए ।

नगरसभाको १६ औं अधिवेशनमा उप प्रमु्ख ईम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वीरगंज महानगरपालिकाका ३२ वडाका वडाअध्यक्षहरु, वडा सदस्यहरु, महानगरपालिकाका कार्यपालिका सदस्यहरु, महानगरका कर्मचारीहरु, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

वीरगंज १९ चैत्र । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ११  स्थित गोल्डेन फ्युचर स्कुल श्रीपुरमा नेको इन्सुरेन्स लिमिटेड वीर...
ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

१४ चैत, काठमाडौं ।  प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अ...
गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

बीरगंज – बिरगंजको साह दरबार होटलमा गोल्डेन फ्युचर स्कूलले बुधबार एक कार्यक्रमका बीच कक्षा १० का विद्यार्थीहरुलाई एसईई को शुभकामा स...
वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्ज,१८फागुनःफागुन २१ काे प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि भारतसंगकाे नेपाली सीमा आजराति देखि ७२ घण्टाका लागि बन्द हुने भएको...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search