Skip to main content

Sarbocha Khabar

Advertisement

प्राइम बैंकको २०औँ वार्षिकोत्सवमा ४ महिलासहित ७५ जनाले गरे रक्तदान

वीरगञ्ज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको मधेस प्रदेश कार्यालयले वीरगञ्ज शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा ४ जना महिलासहित ७५ जनाले रक्तदान गरेका छन्।

बैंकका मधेस प्रदेश प्रमुख बुद्धिराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज शाखा प्रमुख ऋषिराम भट्टराई बैंकका कर्मचारी रोनेश कार्की, मनमोहन शर्मा, नितेश कुमार , रुची साह, रिता देवी, सन्तोषी राणा लगायत  विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।

रक्तदान गर्नेहरूमा मधेस प्रदेश प्रमुख बुद्धिराज बराल, वीरगञ्ज शाखा प्रमुख ऋषिराम भट्टराई, रिता साह, शालु सिंह, रणजीत अर्याल, दिलीप कुमार शाह, राजु कलवार, मनमोहन शर्मा, नितेश कुमार, विपिन आचार्य, अजय श्रेष्ठ, सन्दीप सर्राफ, दीपक सहानी, राहुल यादव, अंकित उप्रेती, रामबाबु प्रसाद कुर्मी, चन्दन कुमार पण्डितलगायत रहेका थिए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका सह–कोषाध्यक्ष अभिलाष गुप्ता, लालबाबु सिंह, समाजसेवी राजेन्द्र भट्टराई, तेरापन्थ युवक परिषद् वीरगञ्जका अध्यक्ष सुनिल दुगडलगायतको उपस्थिति रहेको थियो।

रक्तदान कार्यक्रमका लागि रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेको नेतृत्वमा आएको टोलीले प्राविधिक सहयोग गरेको थियो। टोलीले रक्त सङ्कलनसँगै आवश्यक स्वास्थ्यसम्बन्धी व्यवस्थापनमा सहयोग गरेको थियो।

कार्यक्रमको व्यवस्थापन तथा समन्वयमा बैंकको मधेस प्रदेश कार्यालयका कर्मचारीहरू भास्कर मल्ल, मर्यादा थापा र ईश्वर श्रेष्ठ त्यस्तै वीरगञ्ज शाखा कर्मचारी लगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनीहरूले रक्तदान कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक समन्वय तथा व्यवस्थापन गरेका थिए।

बैंकको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रमले रक्त अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीलाई सहयोग पुग्ने आयोजकले विश्वास व्यक्त गरेको छ। बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Home
ताजा अपडेट
ट्रेन्डिङ
Search