वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरस्थित एक उद्योगमा अवैध रूपमा औषधि उत्पादन, लेबलिङ तथा प्याकेजिङ गरी बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको छ। जिल्ला प्रहरी कार्यालय पर्सा र औषधि व्यवस्था विभाग, शाखा कार्यालय वीरगञ्ज पर्साको संयुक्त टोलीले छापा मारेर विभिन्न सामग्री बरामद गर्नुका साथै एक जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार आर.पी. फार्मास्युटिकल प्रा.लि. उद्योगमा बिना इजाजत औषधि उत्पादन तथा बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा २०८३ साल साउन २९ गते दिउँसो ३ः३० बजे चेकजाँच गरिएको थियो।
चेकजाँचका क्रममा उद्योगबाट Rectified Spirit, Hand Sanitizer, Clove Oil, लेबलिङ गर्ने मेसिन तथा लेबल छाप्ने मेसिन लगायतका सामग्री फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–२२ निवासी ३४ वर्षीय राहुल कुमार चौहानलाई बरामद सामग्रीसहित नियन्त्रणमा लिएको जनाएको छ। थप अनुसन्धानका लागि उनलाई औषधि व्यवस्था विभाग, शाखा कार्यालय वीरगञ्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
बरामद सामग्री
प्रहरीका अनुसार छापा क्रममा निम्न सामग्री बरामद भएका छन् :
Rectified Spirit 100 ml — ४० बोतल
Rectified Spirit 400 ml — ३,००० बोतल
Safer Plan Hand Rub Sanitizer — १,५०० बोतल
Clove Oil IP 5 ml — २५,००० भायल
GV Paint 10 ml — २५ भायल
Rectified Spirit ५ लिटर — २८ जार
Vial Sealing Machine — १ थान
Printing Machine — १ थान
Hand Rub Sanitizer — १२२ पिस
Packaging तथा Labels — विभिन्न
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
