Skip to main content

Sarbocha Khabar

Advertisement

काठ तस्करीविरुद्ध संयुक्त छापा : परसवाबाट सालका गोलिया र फर्निचर प्रयोजनका काठ बरामद

Advertisement

वीरगञ्ज । हिजोदेखि सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा काठ तस्करीसँग सम्बन्धित भिडियो सार्वजनिक भएपछि पर्साको सबैया क्षेत्रमा वन संरक्षण निकायहरू सक्रिय बनेका छन्। त्यसैक्रममा सबैया साझेदारी वन उपभोक्ता समूह, सब डिभिजन वन कार्यालय सबैया, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. ३२ परसवा क्षेत्रमा छापा मारेर अवैध रूपमा लुकाइछिपाइ राखिएको सालका गोलिया तथा फर्निचर प्रयोजनका काठ बरामद गरेको छ।
संयुक्त टोलीले त्रिपालले छोपेर राखिएको अवस्थामा ठूलो परिमाणमा सालको काठ फेला पारेको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उक्त काठ वन क्षेत्रबाट अवैध रूपमा कटानी गरी संकलन गरिएको आशंका गरिएको छ। बरामद काठ नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको वन कार्यालयले जनाएको छ।
छापामार कारबाहीका क्रममा सबैया साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष लखनलाल साह कानु, उपाध्यक्ष असलम आलम, सदस्य भइया रामप्रसाद पटेल, श्रवण साह लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले वन सम्पदा संरक्षणमा स्थानीय समुदाय, वन कार्यालय र सुरक्षा निकायबीचको सहकार्य अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
नेपालको वन ऐन, २०७६ अनुसार अनुमति बिना वन पैदावार कटानी, ओसारपसार, भण्डारण वा बिक्री वितरण गर्नु कानुनविपरीत मानिन्छ। अवैध रूपमा काठ तस्करी गरेको प्रमाणित भएमा संलग्न व्यक्तिलाई जरिवाना, कैद तथा वन पैदावार जफतसम्मको व्यवस्था रहेको छ। वन क्षेत्रको दोहनले वातावरणीय सन्तुलनमा प्रत्यक्ष असर पार्ने भएकाले यस्ता गतिविधिविरुद्ध कडा निगरानी आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
स्थानीयवासीले पछिल्लो समय वन क्षेत्रबाट चोरी कटानी र तस्करीका घटनामा वृद्धि भइरहेको भन्दै सम्बन्धित निकायलाई नियमित अनुगमन तथा कडाभन्दा कडा कारबाही गर्न आग्रह गरेका छन्। संयुक्त टोलीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउने तयारी भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search