Skip to main content

Sarbocha Khabar

Advertisement

Day: ६ फाल्गुन २०८१ २३:१३

पटेर्वा सुगौलीमा आधुनिक कृषि बजार तथा चिस्यान केन्द्र निर्माण

पटेर्वा सुगौलीमा आधुनिक कृषि बजार तथा चिस्यान केन्द्र निर्माण

वीरगन्ज : पर्साको पटेर्वा सुगौली गाउँपालिका-२ गादीको रंगपुरटाँडीमा नवनिर्मित आधुनिक कृषि बजार तथा चिस्यान केन्द्र भवनको मंगलबार उद्घाटन गरिएको छ। किसानले उत्पादन गरेका सामग्रीको संकलन र बिक्री वितरण तथा भण्डारणका लागि १ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको भवनको मधेस प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले चिस्यान केन्द्रको उद्घाटन गरेका हुन्। मन्त्री सिंहले यो वर्ष कार्यसम्पादन मूल्यांकनमा मधेस प्रदेशमै दोस्रो स्थान हासिल गर्न सफल पटेर्वा सुगौली गाउँपालिकालाई आगामी वर्षमा पहिलो बन्ने गरी काम गर्न सुझाव दिए। पटेर्वा सुगौली गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार विकास लगायतमा उदाहरणीय काम गरिरहेको उनले बताए। मधेस प्रदेशलाई कृषि बिउ बिजनको उत्पादनमा…
Read More

नेपाली विद्यार्थीको समस्या समाधान नगरिए ओडीसा राज्यमा एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी

काठमाडौं : सरकारले ओडीसा राज्य सरकारलाई नेपाली विद्यार्थीहरूको समस्या समाधान गर्न आग्रह गरेको छ। कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा विकसित घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले न्यायपूर्ण ढंगले समस्या समाधान गर्न आग्रह गरेको छ। नेपाली विद्यार्थीहरूको समस्या समाधान नगरे ओडीसा राज्यका विश्वविद्यालयमा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) स्थगित गर्ने मन्त्रालयले चेतावनी दिएको हो। 'केआइआइटी घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिकरूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय/शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रदान गर्ने कार्य स्थगित गर्न सकिने,' विज्ञप्तिमा भनिएको छ। विद्यार्थीहरूले निर्वाधरूपमा अध्ययन गर्न पाउने अवस्थाको सुनिश्चितताको लागि कूटनीतिक तवरबाट…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search