Skip to main content

Sarbocha Khabar

Advertisement

दुईटा किस्ता वापतको रकम भुक्तानी नहुदा वीरगंजका संचारमाध्यहरु मर्कामा

Advertisement

वीरगंज, २३ असार ।
समाजवादी प्रेस संगठन नेपाल पर्साले वीरगंज महानगरपालिकाको लोककल्याणकारी विज्ञापनकाे भुक्तानी गर्न माग गरेको छ ।

संगठनले आईतवार नगर प्रमुख राजेशमान सिंहसंग भेट गरि असार मसान्त सक्न लागेको एक दिन बाकी रहदा पनि भुक्तानी नभएको जानकारी गराउदै भुक्तानी गर्न माग गरेको हो ।

आर्थिक बर्ष २०८०/०८१ को लोककल्याणकारीको तेस्रो र अन्तिम किस्ताको भुक्तानी अहिले सम्म भएको छैन । दुईटा किस्ता वापतको रकम भुक्तानी नहुदा वीरगंजका संचारमाध्यहरु मर्कामा परेका छ ।

नगर प्रमुख सिंहले भोलि सम्म बाकी रहेको सबै संचारमाध्यमको लोककल्याणकारीको भुक्तानी गर्न आश्वासन दिनु भयो । उहाँले भेटघाट कै क्रममा प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखा प्रमुखलाई संचारमाध्यमको भुक्तानी गर्न निर्देशन दिनुभयो ।

समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको नेतृत्वमा गएको डेलिगेशन टोलिमा संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, केन्द्रिय सदस्य मनोज पटेल, सल्लाहकार संजय साह, पर्सा जिल्ला उपाध्यक्ष हरिशंकर शर्मा, कोषाध्यक्ष संताेष साह, सहसचिव श्याम सर्राफ, सदस्य प्रदिप साह, संचारकर्मी रामेश्वर चौरसिया लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search