Skip to main content

Sarbocha Khabar

Advertisement

पत्रकारिताको जग बलियो बनाउनमा महानगर सहयोग गर्न तयार छ ः प्रमुख सिंह

Advertisement

६ असार,वीरगंज
वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले पर्सेली पत्रकारिताको जग बलियो बनाउन महानगर जहिल्यै पनि सहयोग गर्न तयार रहेको बताएका  छन् ।

आजदेखि सुरु भएको तीन दिने आम संचारकर्मीलाई क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै उनले पत्रकारको क्षमताबृद्धिका लागि सहयोग गर्न आफूहरु जहिल्यै तयार रहेको बताए ।
मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको भन्दै उनले वीरगंजको पहिचान बृद्धि गर्ने गरि समाचार सामग्री प्रकासित गर्ने पनि  आग्रह गरेका थिए । कसैको व्यक्तिगत जीवनमा पसेर उसको चियो चर्चो गर्नुभन्दा समाज र सामाजिक समस्यालाई उठान गर्न पत्रकारहरु लागि पर्नु पर्नेमा पनि उनले जोड दिए ।

काम गर्दा त्रुटी भए सुधार गर्न आफू जहिल्यै पनि तयार रहेको भन्दै उनले गरेका काममा खोँचे थाप्नु भन्दा त्रुटी औंल्याएर सच्चिने बनाउन पत्रकारहरुले कलम चलाउनु उचित हुने बताए । कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्र किशोर झाले अहिले राम्रा र मेहनती पत्रकारको खाँचो रहेको बताए । संचारकर्मीको काम सही बाटो देखाउने रहेको भन्दै उनले कहिल्यै पनि बिरोधी जसरी प्रस्तुत हुन नहुने बताएका थए । उनले भने  ‘संचारकर्मीको काम बाटो देखाउने हो, बिरोधीको रुपमा प्रस्तुत हुने होइन, बरु समालोचक बन्ने हो ।’

कार्यक्रममा पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारीले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि महानगरले गरेको सहयोगको प्रशंसा गरे । कार्यक्रममा महानगरपालिकाको आमसंचार प्रवद्र्धन समितिका संयोजक ध्रुब अधिकारीले पर्सेली पत्रकारितालाई मजबुत बनाउन महानगरपालिकाले ठूलो लगानी गरिरहेको बताए  । पत्रकारको क्षमता अभिबृद्धि, ज्येष्ठ पत्रकार पेन्सन योजना, पत्रकार विपत्त कोष, लोककल्याणकारी विज्ञापन वितरण तथा अन्य विभिन्न कार्यक्रम संचालन गरेर यहाँका पत्रकारहरुलाई मजबुत बनाउने काम महानगरले गरिरहेको बताए ।

मधेस खबरका संचालक क्रान्ति साहको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन श्याम सर्राफले गरेका थिए  भने स्वागत संचारकर्मी माधुरी महतोले गरेकी थिइन । मधेस खबर मल्टिमिडिया प्रा.लि.को आयोजनामा सुरु भएको प्रशिक्षण कार्यक्रममा यहाँका विभिन्न संचारमाध्यममा कार्यरत २५ जना संचारकर्मीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सरकारलाई सर्वोच्चको झट्का: निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर

सरकारलाई सर्वोच्चको झट्का: निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर

३० असार, काठमाडौं । सरकारी विज्ञापन निजी मिडियालाई निषेध गरेको सरकारी निर्णय सर्वोच्च अदालत द्वारा खारेज भएको छ । सर्वोच्च अदाल...
पत्रकारमाथि अश्लील टिप्पणी गर्ने मिश्रामाथि निवेदन दर्ता कारबाहीको माग

पत्रकारमाथि अश्लील टिप्पणी गर्ने मिश्रामाथि निवेदन दर्ता कारबाहीको माग

वीरगंज । सामाजिक सञ्जालमार्फत पत्रकारहरूप्रति अश्लील तथा अपमानजनक अभिव्यक्ति दिएको आरोपमा नेपाल पत्रकार महासंघ पर्साले हास्य कलाका...
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो ः यातायात कार्यालय कलैया

४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो ः यातायात कार्यालय कलैया

वीरगंज २२ असार । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरुमा निमित्त प्रमुख चिन्तन आचार्य सँग सम्बन्धित एउटा पुरानो भिडियो सार्...
परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

८असार बारा । बाराको परवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ३६ करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search