Skip to main content

Sarbocha Khabar

Advertisement

नोयडा ईन्टरनेश्नल युनिभर्सिटीले नेपालका विद्यार्थीहरुलाई विशेष छात्रवृति दिने ः म्यानेजर मुकुल

Advertisement

वीरगंज । भारतको उत्तर प्रदेश ग्रेटर नोयडा गौतमबुद्ध नगर स्थित नोयडा ईन्टरनेश्नल युनिभर्सिटीका अन्तर्राष्ट्रिय भर्ना म्यानेजर मुकेश कुमार मुकुलले नेपालका विद्यार्थीहरुको लागि विशेष छात्रवृतिको व्यवस्था गरिएको बताए ।
बुधवार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा मुकुलले भारतको डिल्ली एनसिआरबाट एनएएसि ए प्लसको मान्यता प्राप्त यो युनिभर्सिटीमा नेपालबाट पढन जाने विद्यार्थीहरुलाई बिना कुनै शर्त राखी कोर्षमै ५० प्रतिशत छात्रवृति दिने बताए । ७५ ऐकडमा रहेको सो युनिभर्सिटीमा विद्यार्थीहरुलाई कुनै स्वास्थ्यमा समस्या भएमा ७५० बेडको सुविधा सम्पन्न अस्पताल समेत रहेको बताउदै म्यानेजर मुकुलले सो युनिभर्सिटीमा ६० भन्दा बढी देशका विद्यार्थीहरुले विभिन्न कोर्षहरु पढदै आएको बताए ।
नेपालबाट प्रत्येक वर्ष ४० देखि ५० विद्यार्थीहरु सो युनिभर्सिटीमा भर्ना भई पढदै आएकोमा अब जाने विद्यार्थीहरुलाई राम्रो सुविधा सहितको छात्रावास, पढाईको स्तर देखि लिएर सम्पूूर्ण सुविधाहरु स्तरिय रहेको दाबी गरे ।
सो युनिभर्सिटीमा बिटेक, एमटेक, डिप्लोमा, बिफार्मेसी, बिएसी एमएलटी, शिक्षा शास्त्र, व्यवस्थापन संकाय, नसिङ्ग, कम्प्यूटर साईन्स लगायतका कोषहरु पढाई हुने गरेको बताए । सोयुनिभर्सिटीले नेपालमा रहेको त्रिभुवन युनिभर्सिटी लगायतका युनिभर्सिटीहरु सँग समन्वयमा पढाउने भएकोले त्यहाँको सर्टिफिकेटहरु नेपालमा मान्य रहेको समेत मुकुलले बताए ।
सो युनिभर्सिटीमा पढेर पास हुने विद्यार्थीहरुलाई भारतको उत्कृष्ट अस्पताल, कम्पनिहरुमा जागिरको लागि सिफारिस गर्ने गरेको समेत मुकुलले बताए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search