Skip to main content

Sarbocha Khabar

Advertisement

श्री नेपाल स्काउट निमावीको अन्तिम परिक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण सम्पन्न

Advertisement

२८ चैत बिरगंज  ।
बिन्दवासिनी गाउँपालिका वडा नं. ३ मा रहेको श्री नेपाल स्काउट निम्न माध्यमिक विद्यालय ठूलो इटियाहीमा शैक्षिक सत्र २०८० को अन्तिम परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष मुकेश कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न अन्तिम परिक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा बाल विकास देखि कक्षा ८ सम्म प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका विद्यार्थीहरुलाई अबिरको टिका लगाई पुरस्कार वितरण गरिएको थियो ।
सो कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये नियमित उपस्थिति, अनुशासन (बानी ब्यहोरा रहन सहन) दक्षता तथा अन्य क्रियाकलापहरुको मूल्याकंंन गरि हरेक कक्षाबाट एक जना छात्र र एक जना छात्रा गरि जम्मा १६ जना विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । विद्यालयमै सर्वोत्कृष्ट स्थान हासिल गरेका छात्र सिद्धार्थ कुमार चौरसिया र छात्रा राजनन्दनी कुमारी चौरसियालाई समेत पुरस्कृत गरिएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि बिन्दवासिनी गा.पा की उपाध्यक्ष ज्योति चौरसियाले विद्यार्थीहरुलाई लगनशील भई पढने प्रेरणा दिदै उनीहरुको उतरोत्तर प्रगतिको शुभकामना दिएकी थिइन् ।
कार्यक्रमको अध्यक्षता गर्दै व्यवस्थापन समितिका अध्यक्ष चौरसियाले पुरस्कृत हुने सम्पूर्ण विद्यार्थीहरुलाई बधाई दिदै नयाँ शैक्षिक सत्र २०८१ देखि संस्कार सहितको शिक्षा अभियान चलाउने बताए । स्कूलले हरेक महिनाको अन्तिम साता परीक्षा लिने, कम्प्यूटर कक्षा सञ्चालन गर्ने, खेलकुद प्रतियोगिता गराउने र सुरक्षाको दृष्टिकोणले सिसिटिभी क्यामरा जडान गर्ने तयारी भईरहेको समेत अध्यक्ष चौरसियाले बताए ।
विद्यार्थीहरुको विद्यालय प्रतिको आकर्षण बढाउने उदेश्यले यो कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक प्रमोद प्रसाद चौरसियाले बताए ।
सो कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, शिक्षिका, कर्मचारी, शिक्षा प्रेमी, अभिभावक, हाम्रो नेपाल दैनिकका संचालक रामेश्वर चौरसिया तथा विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । विद्यालयले पहिलो पटक प्रथम, द्वितिय, तृतिय र स्कूल मै सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको जनाईएको छ ।
सो कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक राकेश चौरसियाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सरकारलाई सर्वोच्चको झट्का: निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर

सरकारलाई सर्वोच्चको झट्का: निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर

३० असार, काठमाडौं । सरकारी विज्ञापन निजी मिडियालाई निषेध गरेको सरकारी निर्णय सर्वोच्च अदालत द्वारा खारेज भएको छ । सर्वोच्च अदाल...
पत्रकारमाथि अश्लील टिप्पणी गर्ने मिश्रामाथि निवेदन दर्ता कारबाहीको माग

पत्रकारमाथि अश्लील टिप्पणी गर्ने मिश्रामाथि निवेदन दर्ता कारबाहीको माग

वीरगंज । सामाजिक सञ्जालमार्फत पत्रकारहरूप्रति अश्लील तथा अपमानजनक अभिव्यक्ति दिएको आरोपमा नेपाल पत्रकार महासंघ पर्साले हास्य कलाका...
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो ः यातायात कार्यालय कलैया

४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो ः यातायात कार्यालय कलैया

वीरगंज २२ असार । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरुमा निमित्त प्रमुख चिन्तन आचार्य सँग सम्बन्धित एउटा पुरानो भिडियो सार्...
परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

८असार बारा । बाराको परवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ३६ करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search