Skip to main content

Sarbocha Khabar

Advertisement

प्रहरीकाे कुटपिटबाट एक ई रिक्सा चालक घाइते भिडियो सहित

Advertisement

२४ चैत्र,वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १९ तिलावेपुल नजिक शनिबार विहान प्रहरीकाे कुटपिटबाट एक ई रिक्सा चालक घाइते भएका छन् ।

बिन्दवासिनी प्रहरी चाैकीका प्रहरी जवान काैशल चाैधरीकाे कुटपिटबाट पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीका २८ बर्षिय ई रिक्सा चालक रंजन साह घाइते भएका हुन् । तिलावे पुल नजिक उनले चलाएकाे ई रिक्सा राेकेर प्रहरी जवान चाैधरीले ई रिक्सा चालक साहलाई कुटपिट गरेकाे भिडियाे अहिले समाजिक संजाल फेसबुकमा भाइरल भइरहेकाे छ ।

साे भिडियाेमा ई रिक्सा चालककाे टाउकाेबाट रगत खसी रहँदा पनि प्रहरी जवान चाैधरीले ठूलाे अपराधि सरह उनकाे कलर समातेर लगेकाे देखिन्छ । याे प्रहरीकाे ददागिरी भएकाे भन्दै समाजिक संजालमा प्रहरीकाे आलाेचना समेत भइरहेकाे छ ।

घटना बारे पता लगाउँदा पाेखरियाबाट वीरगंज तर्फ आइरहेकाे मधेश प्रदेश ०३-००२ ख १८२२ नम्बरकाे ई रिक्सा लाेडर तिलावे पुल नजिक डियुटीमा खटेकाे प्रहरी जवान चाैधरीले राेक्नकाे लागि सिटी बजाएका थिए । प्रहरीकाे सिटी सुनेर पछाडी हेर्दा प्रहरी जवान चाैधरी अर्कै तर्फ फर्केकाे हेरर ई रिक्सा अगाडी बढाउँदै हिडेका थिए ।

त्यसपछि डियुटीमा खटेकाे प्रहरी जवान चाैधरी पछाडीबाट आएकाे बसमा चढेर तिलावे पुल पारि कोनिहा तेल टंयाकी नजिक पुगेकाे साे ई रिक्सालाई राेकी तिमी किन ई रिक्सा नराेकेकाे भन्दै अपशब्द प्रयाेग गर्नुकाे साथै कुटपिट गरेका हुन् ।

दुइटै पक्ष बीच मिलापत्र भईसकेको वताउँदै सम्बन्धित प्रहरीसंग स्पष्टिकरण साेधिने इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केशीले वताए ।

भिडियो सहित

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search