Skip to main content

Sarbocha Khabar

Advertisement

हाम्रो फुटसलको आयोजनामा ईन्टर कलेज मेरिगोल्ड फुटसल टुर्नामेन्ट–२०८० सुरु

Advertisement

वीरगंज । हाम्रो फुटसल र मेरिगोल्ड (+२) कलेजको संयुक्त आयोजनामा मंगलबार एक कार्यक्रमका बिच ईन्टर कलेज मेरिगोल्ड फुटसल टुर्नामेन्ट–२०८० सुरु भएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १६ नगवा श्रीराम चौक स्थित हाम्रो फुटसल खेल मैदानमा आयोजित फुटबल टुर्नामेन्टको उदघटान शत्रको प्रमुख अतिथि नेशनल मेडिकल कलेजका प्रबन्ध÷निर्देशक सहनवाज अंसारी र मेरिगोल्ड कलेजका प्रिन्सिपल रबी कोईरालाले संयुक्त रुपमा पानसमा बत्ति बाल्दै र खेलाडीहरुलाई बल पास गर्दै खेलको उदघाटन गरेका थिए ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेशनल मेडिकल कलेजका प्रबन्ध÷निर्देशक अंसारीले खेलकुदले शारीरिक व्याम देखि अनुशासीत हुने शैली सिकाउने भएकोले खेलाडीहरुलाई प्रोत्सान गर्न आफुले सक्दो सहयोग गर्ने बताए ।
“राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल” भन्ने नाराका साथ आयोजित प्रतियोगितामा अंसारीले खेलाडीहरुले देशको नाम उच्च पार्न संघर्ष गर्नुपर्नेमा जोड दिदै खेलकुद प्रतियोगिता नियमित रुपमा हुँदा खेलाडीहरुको मनोबल उच्च हुनुको साथै खेलाडीहरुको खेलकुद प्रति ईच्छा बृद्धि हुनेमा विश्वास व्यक्त गरे ।
आयोजक हाम्रो फुटसलका गौरव चौरसियाको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उदघाटन सत्रमा वडा नं. १६ का वडाध्यक्ष प्रशुराम चौरसिया, पर्सा फुटबल एसोसिएसनका अध्यक्ष हेमन्त चौरसिया, नेशनल मेडिकल कलेजका डाक्टर रुबी श्रेष्ठ, वीरगंज पब्लिक कलेजका हरि तुलाधर, ठाकुरराम बहमुखि क्याम्पसका संजय श्रेष्ठ, ग्लोबल कलेजका श्रीराम दास, पर्सा अटोमोबाईल संघका अध्यक्ष मधुसुदन गौतम, सिप्रदी ट्रेडिङ्गका ब्रान्च म्यानेजर संदिप गुप्ता लगायतको उल्लेखनिय सहभागिता रहेको थियो । उदघाटन सत्रको सहजिकरण सुलभ चौरसियाले गरेका थिए ।
८ वटा कलेजको सहभागिता रहेको प्रतियोगितामा मंगरबारको पहिलो खेल नेशनल मेडिकल कलेज र वीरगंज पब्लिक कजेज बिच सम्पन्न भएको छ । खेलमा नेशनल मेडिकल कलेजले ७–५ को अन्तरले विजयी भएको छ । त्यसैगरी ठाकुरराम बहुमुखि क्याम्पस र ग्लोबल बिजनेश कलेज बिच भएको दोस्रो खेलमा १८–१ को अन्तरले ठाकुरराम कलेज विजयी भएको छ । त्यसैगरी मेरिगोल्ड कलेज र पिस जोन एकेडमी बिच भएको तेस्रो खेलमा ४–४ गोल गरी बराबरीमा पुगेको थियो भने चौथो खेल बिपिसि कलेज र ग्लोबल कलेज बिच भएको खेलमा ३१–१ को अन्तरले बिपिसि कलेज विजयी भएको हो ।
त्यसैगरी ठाकुरराम बहुमुखि क्याम्पस र नेशनल मेडिकल कलेज बिच भएको पाँचौं खेलमा ५–४ को अन्तरले ठाकुरराम बहुमुखि क्याम्पस विजयी भएको छ भने छैठौ खेल बिपिसि कलेज र नेशनल मेडिकल कलेज बिच भएको खेलमा ३–२ को अन्तरले बिपिसि कलेज विजयी भएको आयोजक संस्था हाम्रो फुटसलका गौरव चौरसियाले बताए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search