Skip to main content

Sarbocha Khabar

Advertisement

अरुको खाताबाट करोडौं रुपैयाँ चोरी गर्ने राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका कर्मचारी ओझा पक्राउ

Advertisement

९ फागुन,वीरगञ्ज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अरुको खाताबाट पैसा चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको छ ।

राष्ट्रिय वाािण्ज्य बैंकमा रहेको अरुको खाताबाट अनाधिकृतरुपमा प्रवेश गरेर एक करोड भन्दा बढी पैसा निकालेको आरोप सिआइबीको टोलीले सोही बैंकको पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखाको खाताबाट १ करोड ३७ लाख ८६ हजार रुपैयाँ चोर्ने राष्ट्रिय वाणिज्य बैंक पर्सा पोखरिया शाखाका कर्मचारी रोहितकुमार ओझालाई सिआइबीले पक्राउ गरेको जनाएको छ ।

नक्कली ‘कनेक्ट आइपीएस’ बनाएर बानेश्वरमा रहेको अरुको खाताबाट पैसा चोर्ने राष्ट्रिय वाणिज्य बैंक पर्सा पोखरिया शाखाका कर्मचारी ओझालाई पक्राउ गरिएको सिआइबी प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले पुष्टि गरे ।

उनी पोखरिया शाखामा कनिस्ट सहायक कर्मचारी भएको अनुसन्धानमा पाइएको प्रहरीले जनायो । उनले भने,‘कोरियामा बस्ने एक नेपालीले राष्ट्रिय वाणिज्य बैंकमा पैसा जम्मा गर्दै आइरहेका थिए, बानेश्वर शाखामा उनको खाता छ । त्यही शाखाबाट नक्कली कनेक्ट आइपीएस बनाए ओझाले अनाधिकृतरुपमा प्रवशे गरे, अनि ती व्यक्तिको खाताबाट पैसा चोर्न थाले ।’

त्यसपछि खातावालाले बैंकमा उजुरी गरेपछि बैंकले गरेको छानविनमा ओझाले पैसा चोरी गरेको पाइएको बैंकले दिएको जाहेरीमा उल्लेख छ,’ उनले भने ।
सिआइबी प्रवक्ता बोगटीका अनुसार ओझाले २१ पटक गरेर बानेश्वर शाखाबाट पैसा झिकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका ओझालाई राष्ट्र बैंक कसुर ऐन अन्तर्गत म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सिआइबी प्रवक्ता बोगटीको भनाइ छ । साभार रेस खबर

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search