Skip to main content

Sarbocha Khabar

Advertisement

बिन्दबासिनीमा न्यायिक समिति कार्यालयको उदघाटन

Advertisement

वीरगंज ।
पर्साको बिन्दवासिनी गाउँपालिकाको न्यायिक समितिको कार्यालय सोमबार एक कार्यक्रमका बीच उदघाटन भएको छ । गाउँपालिका उपप्रमुख ज्योती देवी चौरसियाको पहलमा निर्मित सो कार्यालयको जिल्ला समन्वय समिति पर्साका उपसभापति पुरन पटेलले रिबन काटेर समुद्घाटन करेका थिए ।
उदाटन पश्चात उपप्रमुख चौरसियाले आर्थिक वर्ष २०८०÷८१ मा हालसम्म यस पालिकामा ८८ वटा मुद्दा परेकोमा त्यसमध्ये ४५ वटा मुद्दाहरू टुंग्गो लागि सकेको बताईन । खासगरी आपसी झै–झगडा, जग्गाको लेनदेन, महिला हिँसा, कुटपिट लगायतका मुद्दाहरू पर्ने गरेको उनको भनाई रहेको थियो ।
आफु निर्वाचित भएर आइसकेपछि गाउँपालिकामा परेका मुद्दाहरुको छलफल गर्न गाह्रो हुँदा नयायिक समितिको छुट्टै कार्यालय बनाउनका लागि पहल गरेको र आज यो कार्यालय हुँदा आफूलाई खुशी लागेको र अब काम गर्नमा पनि सजिलो हुने बताइन् ।
एक फरक प्रसङ्गमा उपप्रमुख चौरसियाले हामी कहाँ आएका अधिकांश उजुरीहरुलाई गाउँपालिकामै समाधान गर्ने गरेको बताइन् । उनले भनिन, यस गाउँपालिकामा श्रीमान श्रीमती बिचको झै झग्डा सम्बन्धी उजुरीहरु आउँछन् सकभर हामी वहाँहरुलाई सम्झाई बुझाई गरेर पठाउछौ, पैसा लेनदेनको पनि उजुरीीहरु आउँछन्, जग्गा जमीनको उजुरीहरु आउँछन्, महिला हिँसाका उजुरीहरु आउँछन् ई सबै समस्याहरूलाई हामी सकभर पालिका मै सम्बन्धित मानिसहरूलाई बसाएर समाधान गर्ने गरेको बताइन् ।
कहिले काँही हाम्रो अधिकारको बाहिरको विषय आउँदा हामी वहाँहरुलाई सम्बन्धित ठाउँमा गएर सम्पर्क गर्न सल्लाह पनि दिँदै आएको उनले बताइन् । उपप्रमुख चौरसियाको सभाअध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा, समितिका कर्मचारीहरु, गाउँपालिका कर्मचारीहरु, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । पर्सा जिल्लामा स्थानीय निकायमा इजलास गर्ने वीरगंज महानगरपालिका पछि यो दोस्रो न्यायिक समितिको कार्यालय हो जुन सञ्चालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पर्साका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ पुगे?

पर्साका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ पुगे?

वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवासँगै पर्साका विभिन्न स्थानीय तहको प...
क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search