Skip to main content

Sarbocha Khabar

Advertisement

एआईबाट नक्कली भिडियो बनाएपछि अभिनेत्री अदितिको गुनासो– मेरो चरित्र हत्या गर्ने प्रयास भइरहेको छ

Advertisement

काठमाडौँ, १३ मङ्सिर । अभिनेत्री अदिति बुढाथोकीले आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएकी छिन् । अदितिले सामाजिक सञ्जाल स्न्यापच्याटबाट आफ्ना नक्कली तस्बिर र भिडियो सेयर गरेर दुःख दिने काम भएपछि आपत्ति जनाएकी हुन् ।

अदितिले एआईको दुरुपयोग गरेर नक्कली भिडियो तयार पारिएको र त्यसलाई स्न्यापच्याटबाट सेयर गरेर आफूलाई दुःख दिने काम भइरहेको बताइन् ।

 

उनले सामाजिक सञ्जालमा एआईका तस्बिर व्यापक सेयर भएपछि फ्यानहरूलाई यसको जानकारी दिँदै आफ्नो आधिकारिक पेजलाई मात्र आधार मान्न समेत आग्रह गरेकी छिन् । अदितिले आफूलाई यस्तो गलत कार्यको विरुद्धमा साथ दिन आफ्नो २० लाख भन्दा बढी इन्स्टाग्रामका फलोअर्ससँग आग्रह पनि गरेकी छिन् ।

 

अदितिले लेखेकी छिन्, ‘अरू मानिसहरूलाई खसाल्न केही मान्छेहरूले गरेको प्रयास देख्दा मलाई निकै दुख लागेको छ । लामो समयदेखि मैले यस्तो हरकत र प्रयासको सामना गरिरहेको छु । मैले यसलाई रोक्ने प्रयास पनि गरिरहेकी छु । नक्कली स्न्यापच्याट आइडीबाट यस्तो काम भइरहेको छ । साथै, एआई र अरू गलत भिडियोको माध्यमबाट मेरो चरित्र हत्या गर्ने काम भइरहेको छ ।’

 

पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरेर बनाइएका भिडियो र तस्बिर सेयर गर्ने क्रम बढेको छ । यसको मारमा नाम चलेका बलिउड अभिनेत्रीहरू रश्मिका मन्दाना, आलिया भट्ट र काजोल एआईद्वारा निर्मित डीप–फेक भिडियोको सिकार बनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search