Sarbocha Khabar

Advertisement

प्रधानमन्त्री राहत कोषमा काँग्रेसको ५० लाख सहयोग

Advertisement

कात्तिक २१, काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाली काँग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहितको पदाधिकारीहरुको एक प्रतिनिधि मण्डलले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी चेक हस्तान्तरण गरेको हो । काँग्रेसले भूकम्प पछिको उद्दार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि ९ बुँदे सुझाव पेश गर्दै सरकारको ध्यानाकर्षण पनि गराइएको छ ।

काँग्रेसले भूकम्प पछिको खोज र उद्दारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा गरेको छ । यस्तै राहत र पुनर्निर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्दार र पुनस्र्थापनामा एकद्वार प्रणाली अनुसरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिई संघीय सरकारको अनुगमन र सहजिकरण गर्नुपर्ने सुझाब दिएको छ ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विगतका राम्रा अनुभवहरुको अनुसरण गर्ने बताए । खोज र उद्दारको पहिलो चरणको कार्य सफलतापूर्वक सम्पन्न भएको बताउँदै अब राहत र पुनर्निर्माणको दोस्रो चरणको कार्यमा द्रुतगतिमा लाग्नुपर्ने धारणा राखे ।

प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा भूकम्प लगायतका अन्य प्राकृतिक प्रकोपका लागि स्थानीय तहमा स्टोरको व्यवस्था गर्ने, भूगोलको अध्ययन गरेर एकीकृत बस्तीको मापदण्ड तोक्ने लगायतका कार्यका बारेमा छलफल भएको बताए ।

नेकपा एकीकृत समाजवादीले पनि २५ लाख रुपैयाँ सहयोग गरेको छ । पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु सहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गरी २५ लाखको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको लागि हस्तान्तर गरेको थिए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

वीरगंज १९ चैत्र । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ११  स्थित गोल्डेन फ्युचर स्कुल श्रीपुरमा नेको इन्सुरेन्स लिमिटेड वीर...
ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

१४ चैत, काठमाडौं ।  प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अ...
गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

बीरगंज – बिरगंजको साह दरबार होटलमा गोल्डेन फ्युचर स्कूलले बुधबार एक कार्यक्रमका बीच कक्षा १० का विद्यार्थीहरुलाई एसईई को शुभकामा स...
वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्ज,१८फागुनःफागुन २१ काे प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि भारतसंगकाे नेपाली सीमा आजराति देखि ७२ घण्टाका लागि बन्द हुने भएको...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search