Sarbocha Khabar

Advertisement

पुतली बाजेलाई सम्झँदै बाबुरामले भने, ‘कक्षा छाडेर पनि पुतली समाउन जानु हुन्थ्यो’

Advertisement

काठमाडौँ, १८ कार्तिक । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘पुतली बाजे’को निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।

नेपालका पुतलीहरूको बारेमा लामो अनुसन्धान गरेका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतली विज्ञ कोलन स्मिथको निधनमा गहिरो दुःख व्यक्त गरेको हुन ।

‘पुतली बाजे’ले चर्चित अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतली विज्ञ कोलन स्मिथको आज बिहान पोखरामा निधन भएको थियो ।

उनले यसरी सम्झिए:

मेरा आदरणीय गुरु तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतली विज्ञ कोलन स्मिथ, जसलाई स्नेह भावका साथ ‘पुतली बाजे’ भनिन्थ्यो,  को आज  कार्तिक १८का दिन  पोखरामा भएको आकस्मिक निधनबाट निःशब्द छु।

केही वर्ष पहिले पोखरामा वहॉसंग भेट हुँदा  मैले सोधेको थिएँ- ‘तपाईँलाई के इच्छा छ, सर,मैले के गर्न सक्छु ?’

वहाँले शान्त भावमा भन्नुभएको थियो- ‘ म नेपालमै मर्न चाहन्छु। तर नेपाली नागरिक भएर मर्न चाहन्छु।’

५० बर्षभन्दा बढी नेपालमै बसेर त्यत्रो अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक खोज अनुसन्धान गर्ने व्यक्तित्वलाई पनि नागरिकता दिन हिचकिचाउने  हाम्रो सोच र विधि विधानप्रति मलाई निकै लज्जावोध भयो। मैले समेत उच्च तहमा रोई कराइ गरेर वहाँले मानार्थ नेपाली नागरिकता पाउनुभएको थियो।

मलाई बाल्यकालको सम्झना छ। हामी गोरखाको अमर ज्योति हाइस्कूलमा शायद पाँच कक्षामा पड्थ्यौँ। वहाँ हामीलाई विज्ञान पढाउनुहुन्थ्यो। समय मिल्यो कि पुतली समाउने जाली बोकेर छेउको जङ्गल चाहर्नुहुन्थ्यो। कहिलेकाहीँ त कक्षाकोठाको झ्यालबाट बाहिर पुतली देख्यो कि “ ऊ।।ऊ। पत्ताली “ भन्दै कक्षा छोडेर कुद्नुहुन्थ्यो। हामी केटाकेटी मज्जाले हॉस्थ्यौं ।’

वहॉप्रति हार्दिक श्रद्धा सुमन !

प्रतिक्रिया दिनुहोस

राजनीति

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

वीरगंज १९ चैत्र । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ११  स्थित गोल्डेन फ्युचर स्कुल श्रीपुरमा नेको इन्सुरेन्स लिमिटेड वीर...
ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

१४ चैत, काठमाडौं ।  प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अ...
गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

बीरगंज – बिरगंजको साह दरबार होटलमा गोल्डेन फ्युचर स्कूलले बुधबार एक कार्यक्रमका बीच कक्षा १० का विद्यार्थीहरुलाई एसईई को शुभकामा स...
वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्ज,१८फागुनःफागुन २१ काे प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि भारतसंगकाे नेपाली सीमा आजराति देखि ७२ घण्टाका लागि बन्द हुने भएको...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search