Skip to main content

Sarbocha Khabar

Advertisement

तपाईँको निधारमा पनि टीका र जमरा !

Advertisement
* रामबहादुर जि.सी.
‘जिसी सर, तपाईँको निधारमा पनि टीका र जमरा !’ टेलिफोन फेसबुक मेसेन्जरमामा प्राय: संस्कृति र सांस्कृतिक रूपान्तरण प्रति चिन्ता र सरोकार राख्ने थुप्रै शुभेच्छुक मित्रहरूले यक्ष प्रश्नहरू तेर्स्याउनु भएको छ।
पक्कै पनि नेपालमा मनाइने धेरै जसो चाडपर्वहरू जस्तै दसैँ, तिहार, तिज, माघे सङ्क्रान्ति ,चैते दसैँ ,कुल पूजा,देवाली अर्थात् गोतियार भेला इत्यादिमा आध्यात्मिक तथा धार्मिक मिथकहरू जोडिए पनि उपरोक्त चाडपर्वहरूमा प्रकृति तथा वातावरणीय प्रभावका भूमि ,जङ्गल ,आगो ,पानी ,हावाको सम्झना सम्मान तथा पूजा गरिन्छ। जसमा आफन्त ,मान्यजन , इष्टमित्र,भाइ भतिजा ,साथी सङ्गीहरू बिच विचार आदानप्रदान , सुख दुःख साटफेर ,पारिवारिक पुनर्मिलन हुने र गराउने अवसरको रूपमा यी चाडपर्वहरूको महत्त्व रहेको छ।
जहाँ हिजो ,अर्थात् बालापनका सुख दुःख,हुर्किखेलेका क्षणहरू देखि आज अर्थात् वर्तमानमा  भोगी आएका कथा, व्यथा, अनुभव किस्सा र भोलि कसरी जिउने सम्मका भलाकुसारीहरू हुने गर्दछन्।
यी चाडपर्वहरू हिन्दु धर्मावलम्बीहरूले मात्र नभै अन्य धर्ममा विश्वास राख्नेहरूले समेत मनाउन थालेका छन् । अर्थात् बाहुन, क्षत्री ,ठकुरीहरूले मात्र नभै मगर, गुरुङ ,राई ,लिम्बु ,भोटे , तामाङ ,यादव ,महतो, त्रिपाठी अन्य जाती तथा जनजातिहरूले पनि आत्मसात् गर्दै मनाउने गर्दछन्। त्यस्तै कुनै ईश्वरीय शक्ति , रहस्यवादमा विश्वास नराख्ने हामी जस्ता द्वन्द्वात्मक भौतिकवादीहरू समेत मनाउने गर्दछौँ  ।
उपरोक्त चाडपर्वहरू मनाउने गर्दा केही कट्टर धर्माधिकार , पण्डा पुरोहित र तिनका पक्षपोषक बाहेक आम सर्वसाधारणहरूले त्यसका ती दार्शनिक मूल्य मान्यता जस्तै राम , रावण, काली, सरस्वती ,महाकाली , शिव र पार्वतीका माहात्म्य र मिथकहरू खोतल्न आवश्यक ठान्दैनन्। उनीहरूले त केवल एकवारको जुनीमा आजको व्यस्त दैनिकीलाई चिर्दै वर्ष दिनमा एक पटक मात्र आउने र जुर्ने चाडपर्वलाई सहिरुपमा सदुपयोग गर्न र समय दिन/ निकाल्न चाहन्छन्। त्यो महत्त्वपूर्ण अवसरलाई खेर फाल्न नदिई उत्साहका साथ रमाइलो वातावरणमा भरपुर प्रयोग गर्न चाहन्छन्।
तसर्थ यी चाडपर्वहरू आम जनताको सामाजिक सद्भाव , भाइचारालाई एकरूपता ल्याउन, टुटे फुटेका मनहरूलाई जोड्न र मिलाउन ,उनीहरूका निजी जिन्दगीका रङ्ग रइससँग पनि नितान्त जोडिएका छन्। फेरि पनि भनूँ आफूलाई धर्मका कट्टर हिमायती ठान्ने आस्तिकहरूले बाहेक आम सर्वसाधारणहरूले धार्मिक भन्दा पनि आर्थिक, सामाजिक ,मनोवैज्ञानिक र सांस्कृतिक मूल्यमान्यतामा आधारित रही नितान्त आपसी भाइचारा, पारिवारिक सद्भाव , पुनर्मिलन र भेटघाट गर्ने मञ्च र एक अवसरको रूपमा यी चाडपर्वहरूलाई मनाउने गर्दछन्।
चाडबाडको सामाजिक र सांस्कृतिक महत्वबारे प्रस्ट्याउँदै चिन्तक तथा गम्भीर अध्येयता आदरणीय मित्र रोहित दाहालजी भन्नुहुन्छ ‘द्वन्द्वात्मक भौतिकवादीहरूले चाड पर्व मनाउनै हुँदैन भन्ने हैन । चाडपर्वहरूले मानिसहरूबिच सामाजिक सम्बन्ध विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ । मार्क्सवाद आफैँमा एउटा वैज्ञानिक समाजशास्त्र पनि हो । सामान्यतः समाजशास्त्रले समाज कस्तो हुनुपर्छ वा समाजले अब कुन बाटो लिनुपर्छ भन्ने आशय थोपर्दैन । यसले त केवल समाजको व्याख्या मात्र गर्दछ भनी परिभाषित गरिएको छ । तर मार्क्सवाद यस्तो समाजशास्त्र हो जसले समाजलाई दिशा निर्दिष्ट समेत गर्दछ । यस अर्थमा मार्क्सवाद जड विज्ञान नभएर जनतासँग, समाजसँग घुलमिल हुँदै समाजलाई परिवर्तन गर्ने विज्ञान हो ।’
जनताको एउटा विशाल तप्काले अपनाएको पर्वलाई पूर्णतः इन्कार गर्नुपर्छ भन्ने चिन्तन राख्नु जनतासँग अलगअलग बसेर मनचिन्ते बन्नु हो। मार्क्सवादी सन्न्यासी र साधु हैनन् जसलाई दुनियाँको परवाह छैन र आफू निर्वाण प्राप्त गर्न भनी जङ्गलमा तपस्या गर्न जान्छन्। त्यस्तै मार्क्सवादीहरूले सामाजिक रीतिथितिको विरुद्धमा नै उभिनुपर्छ भन्ने चिन्तन राख्नु पनि गलत मान्यता हो । मार्क्सवादी हरूले त जनताले अपनाउँदै आएका चलनहरूलाई प्रगतिशील ढङ्गले नयाँ प्रचलनका साथ मनाउन प्रेरित गर्नुपर्छ। समाजमा चलिआएका चलनहरू प्रति मानिसको यति धेरै आस्था हुन्छ कि त्यसलाई पूर्णतः अस्वीकार गर्नेहरू त्यो समाजबाट बहिस्कृत हुन्छन्। मार्क्सवाद भनेको हिन्दु धर्मले क्रिश्चियन धर्म वा अरू धर्म परिवर्तन गरे जस्तो हैन।मार्क्सवादी हुनु भनेको भौतिकवादी हुनु हो। भौतिकवादसँगै द्वन्द्वात्मक पनि हुनु हो ।
मार्क्सवादलाई जडसुत्र मान्नेहरूले मात्र समाजसँग घुलमिल हुने कुरालाई अस्वीकार गर्छ । समाजमा केही चलन वा पर्वहरू यस्ता छन् जसले अन्य समुदायलाई नीच ठान्ने वा हेप्ने गरी स्थापित गरिएका छन् । त्यस्ता पर्वहरू विल्कूल हटाउनुपर्छ । जस्तै  व्रतबन्ध प्रथा, छोइछिटो प्रथा,महिनावारी बार्ने प्रथा, पुरुषका लागि व्रत लिने,गरुड पुराणबाट निर्देशित मृत्यु संस्कारका चलन इत्यादिलाई निर्ममतापूर्वक विरोध गर्नुपर्छ। तर दसैँ, तिहार जस्ता पर्वहरूलाई रूपान्तरण गरी मनाउन सकिन्छ।पुष्पलालले कम्युनिस्ट पार्टी गठन गरेपछि तीजलाई प्रगतिशील ढङ्ग मनाउन थालियो । त्यस्तै तिहारमा देउसी, भैलो सबैभन्दा बढी कम्युनिस्टहरूले नै खेल्छन्। किन ? किनकि मार्क्सवादी हरूले समाजसँग एकता सङ्घर्ष र एकताको नियमबाट चल्नुपर्छ भन्ने सोचाइका आधारमा सामाजिक चलन र पर्वलाई रूपान्तरण गरेर मनाइएको हो । ः व्रतबन्ध प्रथा, छोइछिटो प्रथा,महिनावारी बार्ने प्रथा, पुरुषका लागि व्रत लिने,गरुड पुराणबाट निर्देशित मृत्यु संस्कारका चलन इत्यादिलाई निर्ममतापूर्वक विरोध गर्नुपर्छ। तर दसैँ, तिहार जस्ता पर्वहरूलाई रूपान्तरण गरी मनाउन सकिन्छ। पुष्पलालले कम्युनिस्ट पार्टी गठन गरेपछि तीजलाई प्रगतिशील ढङ्गले मनाउन थालियो । त्यस्तै तिहारमा देउसी, भैलो सबैभन्दा बढी कम्युनिस्टहरूले नै खेल्छन्। किन ?किनकि मार्क्सवादी हरूले समाजसँग एकता सङ्घर्ष र एकताको नियमबाट चल्नुपर्छ भन्ने सोचाइका आधारमा सामाजिक चलन र पर्वलाई रूपान्तरण गरेर मनाइएको हो ।
यसरी जनताको जीवन सस्कृतीसँग प्रत्यक्ष जोडिएका, भिजेका र गाँसिएका यी चाडपर्वहरूको महत्वलाई कम आकि , नजाँची ,नबुझी कथित बहिस्कार ,निन्दा र आलोचना गर्नुको कुनै तुक छैन ।साहित्यकार तथा राजनीतिज्ञ प्रदीप ज्ञवालीजी द्वारा ‘सांस्कृतिक रूपान्तरण एक विमर्श’ नामक पुस्तकमा उल्लेख गरेझैँ चाडपर्वहरूको सामाजिक रूपान्तरण जरुरी छ तर यस्तो रूपान्तरण न ध्वंसात्मक विधिबाट न यिनीहरूको अन्तर्विरोध गरेर र जनताबाट टाढा रहेर हुन्छ न संस्कृतिलाई पालना गर्ने नाममा यथास्थितिलाई जस्ताको तस्तै ग्रहण गरेर गर्न सकिन्छ। यी चाडपर्व ,यिनका सामाजिक आयाम र जनताको सम्बन्धबाट कटेर तपाईँले यिनलाई रूपान्तरण गर्न सक्नुहुन्न । कुनै दिवङ्गत नेता विशेषको देवत्वकरण गर्ने तर जनताको जीवनसँग भिजेका चाडबाडबाट भने टाढा रहने कुरा पाखण्ड मात्रै हुन्छ । कुनै पदमा चुनिदा अबिर टीकामा डुब्ने या माला भित्र पुरिने कुरालाई सहज ठान्ने तर बा आमा, मान्यजन या दिदीबहिनीले शुभकामना सहित लगाइदिने टिकालाई चाहिँ रुढी ,सामन्ती संस्कृतिको प्रतीक भन्दै बहिष्कार गर्ने कुरा द्वैध चरित्र हो। द्वैध चरित्रले समाजमा नयाँ मूल्यहरूको विकास गर्न सकिँदैन । हो यी चाडपर्वहरू मनाउँदा त्यसमा रहेका रुढी,अन्धविश्वास ,जडता, बोझिलो र अवैज्ञानिक पक्षहरूलाई हटाउने पहल गर्नुपर्छ। त्यसमा रहेका सामाजिकता, व्यवहारिक ,सकारात्मक र वैज्ञानिक पक्षहरूलाई आत्मसात् र अवलम्बन गर्न कुनै हिचकिचाहट मान्न जरुरी छैन।जनताबाट अलगअलग रही गरिने निन्दा,आलोचना ,भर्त्सना र बहिष्कारको नाराको खासै अर्थ छैन .. आगे सहमत / असहमत यहाँहरूकै मर्जी ..
०८० कार्तिक ०९ गते तुल्सिपुर दाङ ,

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search