Skip to main content

Sarbocha Khabar

Advertisement

३५ वर्ष देखी शव उठाउँदै आएका योसीले इजरायल युद्धमा जे देखे….

Advertisement

सेडरोट, २६ असोज । योसी लान्डाउले इजरायलमा लासहरू सङ्कलन गर्न दसकौँ बिताएका छन् ।

तर गाजामा प्यालेस्टाइनी  समूहले देशमा सबैभन्दा घातक आक्रमणमा मारिएका मानिसहरूको शव सङ्कलन गर्दा उनी आफ्नो ‘ब्रेकिंग प्वाइन्ट’मा पुगेका छन्। पहिला झैँ लान्डौ शनिवार साइरनको आवाजसँगै ब्युँझिए, यस्तो पलको उनलाई बानी नै परिसकेको छ ।

उनले पछि थाहा पाए कि यो साइरन पहिला झैँ थिएन, यो निकै फरक र डरलाग्दो थियो, जुन उनले आफ्नो जीवनकालमा कहिल्यै देखेका थिएनन्, । उनी भन्छन्, ‘केवल प्रतिक्रिया मात्र थिएनन्, यो त सहरको मुख्य भागमा हमासले गरेको आक्रमण’ थियो । जसले गाजा सीमा पार गरेर अनुमानित १२ सय व्यक्तिको हत्या गरेका थिए ।

गाजाको उत्तरमा रहेको तटीय सहर अशदोडमा रहेको आफ्नो घरबाट उनले घटनास्थलमा पुग्दा आफूले देखेको ‘डरलाग्दो अवस्था’ सम्झे।

‘मैले कारहरू पल्टिएको देखेँ, सडकमा मानिसहरू मरेको देखेँ,’ लान्डौले भने। उनका अनुसार दुई देशको सीमा नजिकैको एउटा सहर, जहाँ धेरै बासिन्दा मारिएको पनि उनले देखे ।

उनी अप्राकृतिक मृत्यु भएका व्यक्तिको शव निकाल्ने संस्था जाकाका लागि ३३ वर्षदेखि काम गर्दै आएका छन्। तर, जब प्यालेस्टिनी लडाकु र इजरायली सेनाहरू बिच गोली चल्यो, ल्यान्डोले आफूले पहिले कहिल्यै नदेखेको हिंसा देखेको बताए।

उनले जीवनमा यस्तो भयावह दृश्य कहिल्यै नदेखेको बताए । ‘१५ मिनेट लाग्ने सडक पार गर्न हामीलाई ११ घण्टा लाग्यो किनभने हामीले गएर सबै शव उठायौँ, झोलामा राख्यौँ,’ उनले भने । दर्जनौँ शवलाई फ्रिज राखिएको ट्रकमा लोड गरेर लान्डौ र सह स्वयंसेवकहरू बिरीसम्म लगेको थिए ।

घरभित्र पसेपछि पहिलो पटक मृत महिलालाई देखेपछि उनले सम्झिए ।  ‘म मात्र होइन, मेरो सम्पूर्ण दल नै खसेको महसुस भयो । उनको पेट च्यातिएको थियो, त्यहाँ एउटा बच्चा थियो, अझै पनि नाभीसँग जोडिएको थियो, जसलाई छुरा प्रहार गरिएको थियो,’ ल्यान्डोले भने।

जानका स्वयंसेवकले भने कि उनले लगभग २०  बालबालिकासहित धेरै नागरिकहरू देखेका थिए, जसका हातहरू गोली हान्नु अघि पीठ पछाडि बाँधिएको थियो। उनका अनुसार सबैलाई बाँधेर पछि गोली हानेर मारिएको थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search