Sarbocha Khabar

Advertisement

पुराना कम्युनिस्ट नेता आचार्य अस्वस्थ

Advertisement

काठमाडौँ । वि.सं.२०१४ सालमा मोहनविक्रम सिंहबाट सदस्यता प्राप्त गर्नु भएका पुराना कम्युनिस्ट नेता मेघराज आचार्य अस्वस्थ हुनु भएको छ । लामो समयदेखि मुटु , पायल्स र प्रोस्टेट रोगबाट पिडित वहाँ विगत १६ दिनदेखि टीचिगमा भर्ना भएर उपचार गराई रहनुभएको छ । नेता आचार्यको स्वास्थ्य सुधारोन्मुख छ ।

वि.सं.१९९६ सालमा प्युठानको तिघ्रामा जन्मीनु भएका नेता आचार्य कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशन कालदेखि नै कम्युनिस्ट आन्दोलनमा भूमिका निर्वाह गर्दै आउनु भयो । बनारसमा भएको चौथो महाधिवेशनमा नेता आचार्य, आमन्त्रित केन्द्रीय सदस्यमा समेत निर्वाचित  हुनु भएको थियो । भूमिगत कालमा वहाँ, कैलाली जिल्लामा सङ्गठन बिस्तार तथा आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । कम्युनिस्ट नेताहरू मोहन वैद्य, चित्रबहादुर के.सी., लीलामणि पोख्रेल लगायतका नेताहरूको वहाँको कैलालीको पुछरीमा रहेको घरमा वासस्थान हुने गर्दथ्यो । वहाँ दुखेसो गर्नुहुन्छ, ‘परिवर्तनको लागि नेपालमा धेरै आन्दोलन र युद्धहरू भए तर कम्युनिस्ट नेताहरू सत्तामा पुगेपछि भ्रष्ट राजनीतिमा लिप्त भए । केही ठुला नेतालाई त परिवर्तन आयो होला तर आम जनतालाई आएन ।’ 

प्रतिक्रिया दिनुहोस

राजनीति

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

वीरगंज १९ चैत्र । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ११  स्थित गोल्डेन फ्युचर स्कुल श्रीपुरमा नेको इन्सुरेन्स लिमिटेड वीर...
ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

१४ चैत, काठमाडौं ।  प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अ...
गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

बीरगंज – बिरगंजको साह दरबार होटलमा गोल्डेन फ्युचर स्कूलले बुधबार एक कार्यक्रमका बीच कक्षा १० का विद्यार्थीहरुलाई एसईई को शुभकामा स...
वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्ज,१८फागुनःफागुन २१ काे प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि भारतसंगकाे नेपाली सीमा आजराति देखि ७२ घण्टाका लागि बन्द हुने भएको...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search