Sarbocha Khabar

Advertisement

  गुरुङलाई दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश

Advertisement

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसँग रु दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश गरेको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले आज उक्त धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।

अदालतका स्रेस्तादार कौशलेश्वर ज्ञवालीका अनुसार केशव तुलाधरलाई साधारण तारिखमा र अरू सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी रकम भने सबैको फरक फरक छ । धरौटी रकममा शिवजी भट्टसँग रु तीन लाख ३० हजार, रुद्रकुमार श्रेष्ठसँग रु सात लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग रु सात लाख ५० हजार, कलाधर देउजासँग रु १५ लाख रहेको छ ।

त्यस्तै, घमन कुमार कार्कीसँग रु सात लाख ५० हजार, गोपाल कार्कीसँग रु सात लाख ५० हजार, विनोद पौडेलसँग रु १५ लाख, योगराज पौडेलसँग रु सात लाख ५० हजार, नारायणराज मिश्रसँग रु सात लाख ५० हजार, अरुणकुमार श्रेष्ठसँग रु सात लाख ५० हजार धरौटी माग गरेको हो ।

साथै, ध्रुवप्रसाद अर्यालसँग रु तीन लाख ३० हजार, बाबु राजा महर्जनसँग रु एक लाख १० हजार, देवनारायण महर्जनसँग रु एक लाख १० हजार, सकलानन्द महर्जनसँग रु एक लाख १० हजार, सञ्जयकुमार महर्जनसँग रु एक लाख १० हजार र लोकरी घिमिरेसँग रु एक लाख ५० हजार रहेको छ ।रासस

प्रतिक्रिया दिनुहोस

राजनीति

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

वीरगंज १९ चैत्र । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ११  स्थित गोल्डेन फ्युचर स्कुल श्रीपुरमा नेको इन्सुरेन्स लिमिटेड वीर...
ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

१४ चैत, काठमाडौं ।  प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अ...
गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

बीरगंज – बिरगंजको साह दरबार होटलमा गोल्डेन फ्युचर स्कूलले बुधबार एक कार्यक्रमका बीच कक्षा १० का विद्यार्थीहरुलाई एसईई को शुभकामा स...
वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्ज,१८फागुनःफागुन २१ काे प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि भारतसंगकाे नेपाली सीमा आजराति देखि ७२ घण्टाका लागि बन्द हुने भएको...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search