Skip to main content

Sarbocha Khabar

Advertisement

एमसिसी विरुद्ध मुलुक आन्दोलनमा 

Advertisement

काठमाडौँ । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना कार्यान्वयन (इन्ट्री इन्टु फोर्स –ईआईएफ) मा प्रवेश गरेसँगै देश आन्दोलित भएको छ । 

अर्थमन्त्री प्रकाश शरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डले ईआईएफ आदानप्रदान गरेपश्चात् परियोजना कार्यान्वयन सुरु भएको हो ।

कार्यान्वयन सम्झौताका लागि एमसीसीको सम्झौता कार्य सञ्चालन हेर्ने उपाध्यक्ष क्यामरुन एलफोर्ड मङ्गलवार नेपाल आइपुगेका छन् । कार्यान्वयनमा प्रवेश गरेको पाँच वर्षभित्र परियोजना सक्नुपर्ने हुन्छ । यस हिसाबमा यो परियोजना ०८५ सालको भदौ १२ (२९ अगस्ट ०२८) भित्र सम्पन्न गरिसक्नुपर्ने छ ।एमसिसी सम्झौता गलत भएको भन्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एम.सी.सी. जस्तो सम्झौतालाई ध्वनि मतले पारित गर्नु गलत भएको बताउनुभएको छ ।

एम.सी.सी. कार्यान्वयनको विरुद्धमा २०८० भदौ १३ गते बुधवार काठमाडौँको शान्ति वाटिकामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उहाँले यस्तो विश्लेषण गर्नुभएको हो ।

राजमो काठमाडौँको आयोजनमा सम्पन्न विरोध सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष केसीले एम.सी.सी. पारित गर्दाको समय २०७८ फागुन १५ गतेको संसद् सम्झनुभयो ।

‘मलाई अहिले पनि झलझली त्यति बेलाको याद आइरहेको छ’ उहाँले भन्नुभयो– ‘ल हेर्नुस् त, एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पारित गर्ने ध्वनि मतबाट । त्यसका लागि हस्ताक्षर गर्नु नपर्ने, सांसदहरूको रेकर्ड राख्नु नपर्ने ।’

अध्यक्ष केसीले एम.सी.सी. अत्यन्तै हचुवाको भरमा पारित गरिएको दाबी गर्नुभयो ।

‘यता नयाँबानेश्वरमा पुलिस र देशभक्त जनताको माझमा भिडन्त भइरहेको थियो’ उहाँले भन्नुभयो– ‘उता, अमेरिकी साम्राज्यवादका मतियारहरू एमसीसी पारित गर्दै थिए, त्यो पनि ध्वनि मतबाट ।’

सम्बोधनको क्रममा जनप्रिय नेता केसीले अमेरिकी साम्राज्यवादलाई खुसी पार्न मुट्ठीभर सांसदहरूले एम.सी.सी. पारित गरेको भए पनि नेपाली जनताले पारित नगरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो– ‘नेपाली जनताले एम.सी.सी. पारित गरेका छैनन् । त्यसैले यसलाई नेपाली जनताले कार्यान्वयन पनि गर्न दिने छैनन् भन्नेमा राष्ट्रिय जनमोर्चा ढुक्क छ ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी सहयोग परियोजना (एमसिसी) कार्यान्वयन गर्दा देशको नेतृत्व प्रचण्डभन्दा बाहेकले गरेको खण्डमा देश युक्रेन बन्ने दाबी गरेका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै बिहीबार सो दाबी गरेका हुन्। 

‘एमसिसीले जस्ता खालका प्रावधानहरू लाद्न खोजेको छ, कमरेड प्रचण्ड हुँदासम्म लड्नुहुन्छ हामीलाई त्यो विश्वास छ। तर अर्को खराब व्यक्ति कोही आउने बित्तिकै नेपाल युक्रेन बन्छ। हेरिराख्नुस्, यो षडयन्त्र हो,’ विप्लवले भने। 

सहयोग र अनुदान नेपालले पाउने कुरा स्वाभाविक भए पनि हस्तक्षेप स्वीकार नहुने पनि उनले बताए। 

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search