१२ मंसिर २०८० १९:३९
१२ मंसिर २०८० १९:३९
१२ मङ्सिर, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकासका लागि तीन तहका सरकार एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। सुर्खेतको चिंगाड महोत्सव तथा खेलकुद कार्यक्रमको उद्घाटनका अवसरमा उपप्रधानमन्त्री खड्काले तीनवटै तहका सरकार मिलेर काम गर्न सके जनताले चाहेअनुसारको विकास सम्भव हुने धारणा राखे। 'विकास निर्माणका कुन काम कुन तहको सरकारले गर्ने भन्ने तय भएमा सोहीअनुसार काम गर्न सहज हुन्छ', उपप्रधानमन्त्री खड्काले भने, 'यसतर्फ बेलैमा सोच्ने र सोही अनुरुप नीति तय गरेर काम गर्नु जरूरी छ।' उपप्रधानमन्त्री खड्काले संघीयताको पूर्ण कार्यान्वयन र संविधान प्रदत्त अधिकार स्थापित गर्नका लागि संघीय कानुन कार्यान्वयन अन्तिम चरणमा पुगेको जानकारी पनि दिए। उनले…
