Sarbocha Khabar

Advertisement

अन्तर्राष्ट्रिय

हमास- इजरायल युद्ध बिरामको पक्षमा राष्ट्रसंघ: इजरायलकाे विरोध, हमासकाे स्वागत

हमास- इजरायल युद्ध बिरामको पक्षमा राष्ट्रसंघ: इजरायलकाे विरोध, हमासकाे स्वागत

न्युयोर्क, ११ कार्तिक  । आज हमास-इजरायल सङ्घर्षको २२ औँ दिन हो। यस युद्धमा अहिलेसम्म इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ७,३२६ पुगेको छ  ।  त्यसरी मृत्यु हुनेमा ४०% बालबालिका रहेको डब्लुएचवोले बताएको छ  । संयुक्त राष्ट्र सङ्घ, समस्याको समाधान खोजिरहेको छ तर सो प्रयास प्रति प्यालेस्टाइन र इजरायल विभाजित भएका छन्  । संयुक्त राष्ट्रसङ्घको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव हालै पारित गरिएको छ, जसमा शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्ध विरामको आह्वान गरिएको छ। यो प्रस्तावको पक्षमा नेपालको सहित १२० राष्ट्रले पक्षमा मतदान गरेका थिए भने विपक्षमा इजरायलसहित १४ देशले मतदान गरेका थिए । भारतसहित ४५ देशले भने मतदान प्रक्रियामा सहभागी नै…
Read More
मृत अवस्थामा भेटिए अमेरिकी गोली काण्डका अभियुक्त

मृत अवस्थामा भेटिए अमेरिकी गोली काण्डका अभियुक्त

  लिस्वन, अमेरिका, ११ कार्तिक । अमेरिकामा १८ जनाको गोली हानि हत्या गर्ने कुख्यात अपराधी मृत अवस्थामा फेला परेका छन । लिस्वनको मेन सहरमा भएको गोली काण्डमा १८ जनाको हत्या र १३ जनालाई घाइते बनाउने अभियुक्त मृत अवस्थामा फेला परेका हुन । सिएनएनका अनुसार गत बुधवार भएको गोली काण्डपछि फरार रहेका उनी शुक्रवार मृत अवस्थामा फेला परेका छन । सिएनएनका अनुसार उनले आफैले गोली हानेको अवस्थामा भेटिएका थिए । समाचार अनुसार अभियुक्त रोबर्ट कार्डको शव लिस्बन नजिकैको जङ्गलमा फेला परेको थियो, जहाँबाट बुधवार साँझ लुइस्टनमा गोली हानाहान भएको थियो । उनको शव गोली हानाहान भएको क्षेत्र भन्दा करिब ८ माइल…
Read More
यस वर्ष मात्रै अमेरिकामा गोली हानी १८८ जनाको हत्या, यी हुन यस वर्षका कुख्यात गोली काण्ड

यस वर्ष मात्रै अमेरिकामा गोली हानी १८८ जनाको हत्या, यी हुन यस वर्षका कुख्यात गोली काण्ड

वासिंगटन डिसी, १० कार्तिक । अमेरिकामा गोली हानाहानका घटना अझै रोकिएका छैनन् । गत बुधवार अर्थात् अक्टोबर २५ मा पनि ​​माइन राज्यको लेविस्टन सहरमा भएको गोली काण्डमा कुल २२ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए । तीमध्ये केहीको अवस्था अझै चिन्ताजनक रहेको छ । घटना गराउने व्यक्ति फरार छन् । प्रहरीका अनुसार उनी मानसिक रोगी छन् । उनीसँग बन्दुक पनि छ, जसबाट उनले बुधवार अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । समाचार अनुसार बुधवार मानिसहरूमाथि अन्धाधुन्ध गोली चलाउने व्यक्तिको पहिचान रोबर्ट कार्डको रूपमा गरिएको छ। उनी अमेरिकी सेना रिजर्भमा बन्दुक प्रशिक्षक थिए। एसोसिएटेड प्रेसका अनुसार अमेरिकामा यसरी गोलाबारी…
Read More
गाजाँमा मारिने प्यालेस्टाइनीकाे सङ्ख्या ७ हजार नाघ्यो, हमास प्रतिनिधि पुगे मस्को

गाजाँमा मारिने प्यालेस्टाइनीकाे सङ्ख्या ७ हजार नाघ्यो, हमास प्रतिनिधि पुगे मस्को

गाजा, १० कार्तिक । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बुधवार मात्रै इजरायली हमलामा ५०० जनाको ज्यान गएको जनाएको थियो । जसअनुसार इजरायलले हवाई हमला सुरु गरेदेखि हालसम्मको मारिने प्यालेस्टाइनीको सङ्ख्या ७,००० नाघेको छ । इजरायली आक्रमणमा ज्यान गुमाउनेको कुल सङ्ख्या ७,०२८ रहेको जनाइएको छ । अल जजिराका अनुसार प्यालेस्टिनी अधिकारीहरूलाई उद्धृत गर्दै गाजामा ज्यान गुमाएकामध्ये करिब ३ हजार बालबालिका पनि रहेको बताएको छ । एकै समयमा इजरायलमा हमासको आक्रमणमा १४०० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए, जबकि गाजामा २२० भन्दा बढी मानिसहरू अझै पनि बन्धक रहेका छन्। उता, अल जजीराका अनुसार हमासको सैन्य शाखा कासिम ब्रिगेडले आफ्नो टेलिग्राम च्यानलमा एक…
Read More
सबैभन्दा ठुलो गोली काण्डबाट आतङ्कित अमेरिकी सहर, लेविस्टन

सबैभन्दा ठुलो गोली काण्डबाट आतङ्कित अमेरिकी सहर, लेविस्टन

  न्युयोर्क, १० कार्तिक । अमेरिकामा गोली काण्डका घटना अझै रोकिएका छैनन् । अमेरिकाको लेविस्टनमा बुधवार अबेर राति भएको गोली काण्डमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका थिए । जसमा धेरैको अवस्था निकै गम्भीर रहेको जनाइएको छ, उनीहरू अझै अस्पतालमा उपचाररत रहेका छन्, यस्तो अवस्थामा मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने जनाइएको छ । अमेरिकाको मानिएको यस घटनाको मुख्य दोषी रोबर्ट कार्ड रहेको जनाइएको छ । सीएनएनका अनुसार राज्य प्रहरीले आफ्नो बुलेटिनमा ४० वर्षीय रोबर्ट दर्तावाल बन्दुक प्रशिक्षक भएको बताएको छ। उनले मानिसहरूलाई बन्दुक कसरी प्रयोग गर्ने भनेर सिकाउने गर्दथे, जो उनी सेनाबाट अवकाश प्राप्त हुन…
Read More
इजरायलले युद्ध अपराध गरिरहेको एमनेस्टीको दाबी

इजरायलले युद्ध अपराध गरिरहेको एमनेस्टीको दाबी

काठमाडौँ, कार्तिक ८  । बेलायतमा रहेको मानवअधिकार सङ्गठन एमनेस्टी इन्टरनेशनलले इजरायली अधिकारीहरूले गाजामा जबरजस्ती 'निकासी' आदेशहरू खारेज गर्नुपर्ने तथा नागरिकहरूमा डर र त्रास सिर्जना गर्ने धम्कीहरूको अन्त्य गर्नुपर्ने बताएको छ । एमनेस्टी इन्टरनेशनलका वरिष्ठ सङ्कट प्रतिक्रिया सल्लाहकार डोनाटेला रोभेराले एक विज्ञप्तिमा भनेका छन्, 'पूरै सहर वा क्षेत्रलाई सैन्य क्षेत्र घोषणा गर्दा अन्तर्राष्ट्रिय मानवीय कानुनको विपरीत हुन्छ, आक्रमण गर्नेहरूले सधैँ नागरिक र लडाकुबिचको बिचको भिन्नता छुट्टाउनुपर्छ।' 'नागरिकहरूलाई निशाना बनाएर वा नागरिकहरूलाई मार्ने वा घाइते बनाउने अन्धाधुन्ध आक्रमणहरू गरेर मानवअधिकारको उल्लङ्घन गर्नु युद्ध अपराध हो,' उनले थपे। यसबाहेक, मानव अधिकार समूहले इजरायली सेनाले छोडेको पर्चाहरू, बासिन्दाहरूलाई खाली गर्न आदेश दिँदै, इजरायलले उत्तरी गाजाका…
Read More
इजरायल आक्रमणबाट थुप्रै बालबालिकाको मृत्यु

इजरायल आक्रमणबाट थुप्रै बालबालिकाको मृत्यु

काठमाडौँ,कार्तिक ६ गते  । गाजाको स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा इजरायली हवाई आक्रमणबाट ११७ बालबालिकासहित २६६ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ।  हवाई आक्रमणमा मारिएका अधिकांश गाजाको दक्षिणी भागमा रहेको जनाइएको छ । इजरायलले दैनिक बम विस्फोटहरू जारी राखेको छ जसले  सहरीकृत गाजाको ठुलो भागलाई ध्वस्त पारेको छ  । जबलिया शरणार्थी शिविर र गाजाको अल-शिफा र अल-कुड्स अस्पतालहरू नजिकै हवाई आक्रमण साथ, इजरायलले गाजा पट्टीमा रातभर बमवारिलाई तीव्र पारेको छ। इजरायली सेनाले गाजा पट्टीमा इजरायली सेनाले गरेको आक्रमणको क्रममा प्यालेस्टिनी सशस्त्र समूह हमासले प्रहार गरेको एन्टि-ट्याङ्क मिसाइलले आफ्ना एक सैनिकको मृत्यु भएको जनाएको छ। यसैबिच क्यानडा, फ्रान्स, जर्मनी, इटाली, युनाइटेड किंगडम र…
Read More
इजरायली आक्रमणबाट  प्यालेस्टिनी पत्रकारको मृत्यु

इजरायली आक्रमणबाट प्यालेस्टिनी पत्रकारको मृत्यु

काठमाडौँ । गाजामा इजरायली आक्रमणबाट  प्यालेस्टिनी पत्रकारको मृत्यु भएको छ  । प्यालेस्टिनी पत्रकार रुस्दी सरराजको गाजामा रहेको उनको घरमा इजरायली हमलामा मृत्यु भएको स्थानीय पत्रकार र सहकर्मीहरूले बताएका छन्। ' मेरो नजिकको साथी, रुस्दी सरराज, उनको घरमा इजरायली बम बारीमा मारिए। उहाँ एक प्रतिभाशाली फोटो पत्रकार र निर्देशक हुनुहुन्थ्यो  ।' अन्तर्राष्ट्रिय फोटो पत्रकार विसाम नस्सरले इन्स्टाग्राममा भनेका छन् । आइतबार सरराजको मृत्यु भएको खबर अन्य धेरै स्थानीय पत्रकारहरूले सामाजिक सञ्जालमा दिएका छन्।
Read More
राहुल गान्धीको कुकुर विरुद्ध अदालतमा मुद्दा, कुकुरको नाम फेर्नु पर्ने माग

राहुल गान्धीको कुकुर विरुद्ध अदालतमा मुद्दा, कुकुरको नाम फेर्नु पर्ने माग

न याँ दिल्ली, २ कार्तिक । काँग्रेस नेता राहुल गान्धीले हालै आफ्नी आमा सोनिया गान्धीलाई एउटा कुकुर उपहार दिएका थिए, जसको नाम नूरी थियो। कुकुरको यो नामलाई लिएर अहिले विवाद सुरु भएको छ । काँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीविरुद्ध  उत्तर प्रदेशको प्रयागराजका एक व्यक्ति अदालतमा पुगेका छन् । अदालतमा उजुरी दर्ता गर्ने व्यक्ति अल इन्डिया मजलिस ए इत्तेहादुल मुस्लिमीन (एआईएमआईएम)का राज्य प्रवक्ता मोहम्मद फरहान हुन्। उनका अनुसार कुकुरको 'नूरी' नाम राखेर उजुरीकर्ताले मुस्लिमहरूको धार्मिक भावनामा चोट पुगेको बताएका छन् । 'नूरी' शब्द विशेष गरी मुस्लिम धर्मसँग जोडिएको र इस्लाम धर्ममा पैगम्बर मोहम्मदसँग सम्बन्धित रहेको उनको भनाइ छ । उनका वकिलका अनुसार कुरान…
Read More
इजरायलद्वारा लेबनानस्थित हिजबुल्लाहका क्याम्पहरू आक्रमण

इजरायलद्वारा लेबनानस्थित हिजबुल्लाहका क्याम्पहरू आक्रमण

तेलअहिव, २ कार्तिक । इजरायली सेनाले गोलाबारी आक्रमणको जवाफमा लेबनान सीमाको लेबनानी छेउमा हिजबुल्लाहसँग सम्बन्धित लक्ष्यहरू प्रहार गरेको बताएको छ। इजरायली सेनाले भनेको छ कि लक्ष्यहरूमा समुद्रबाट हुन सक्ने एक अवलोकन बिन्दुमा सो आक्रमण गरिएको हो, जहाँबाट उत्तर पश्चिम इजरायलको रोश हानिक्रामा एन्टी–ट्याङ्क मिसाइलहरू प्रहार गरिएको थियो। लेबनानको अल–मायादीन टिभीले  रिपोर्ट अनुसार इजरायली हवाई आक्रमणले लेबनानका दुई स्थानहरूमा साँझ आक्रमण गरेको हो । आक्रमणमा परी दुई जना घाइते भएको अल जजिराले जनाएको छ ।  
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search