Skip to main content

Sarbocha Khabar

Advertisement

‘सुरक्षित वीरगंज’ अभियानमा प्रईम बैंकद्वारा चेक हस्तान्तरण

Advertisement

वीरगंज
वीरगंज महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सुरक्षित वीरगंज’ अभियान अन्तर्गत सार्वजनिक सुरक्षा सुदृढ गर्न सिसि क्यामेरा संजाल विस्तारका लागि नगरभित्रका १६ वटा बैंकले संयुक्त रूपमा १७ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

यस अभियानमा प्रईम कमर्सियल बैंक लि. बिरगंज शाखाले  ७५ हजार  रुपैयाँको  चेक मार्फत सहयोग गरेको छ । सहयोग संकलनको समन्वय नेपाल बैंकर्स एसोसिएसन पर्साका संयोजक तथा लक्ष्मी बैंक वीरगंज शाखाका प्रमुख रोहिणी आचार्यले गर्नु भएको थियो ।

महानगर प्रमुख राजेशमान सिंहको आह्वानमा ‘सुरक्षित वीरगंज’ अभियानमा सहयोग गर्न बैंकहरू एकजुट भएका हुन् । सुरक्षा प्रविधिको प्रयोगद्वारा वीरगंजलाई सुरक्षित र व्यवस्थित शहर बनाउने उद्देश्यले गरिएको यो पहलमा बैंकहरूको योगदान प्रेरणादायक भएको नगर प्रमुख सिंहले बताउनुभयो ।

महानगरपालिकाको पहल एवं सेफर वीरगंज र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा संकलित रकमबाट वीरगंजका विभिन्न स्थानमा थप नयाँ क्यामेरा जडान गरिने महानगर प्रमुख सिंहले जानकारी दिनुभयो ।

सिसि क्यामेराले शहरी सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले उक्त अभियानको प्रशंसा गर्नुभयो । सोमबार एक कार्यक्रमकाबीच बैंकहरुले उपलब्ध गराएको सहयोग महानगर प्रमुखको रोहबरमा सेफर वीरगंजलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search