Skip to main content

Sarbocha Khabar

Advertisement

स्ववियु निर्वाचन : ठाकुरराममा शान्तिपूर्ण तरिकाले सम्पन्न, खस्यो ४० प्रतिशत मत

Advertisement

६ चैत,वीरगन्ज

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा १६ बर्षपछि भएको स्ववियु निर्वाचनमा ४० प्रतिशत मात्रै मत खसेको  छ।

ठाकुरराम क्याम्पसमा यसअघि २०६३ सालमा स्ववियु निर्वाचन भएको थियो। उक्त निर्वाचनबाट निर्वाचित स्ववियु पदाधिकारी र सदस्यको कार्यकाल २०६५ सालमा सकिएको थियो । त्यस पछी  यता ठाकुरराम क्याम्पसमाभने स्ववियु निर्वाचन नै हुन सकेको थिएन।
मंगलबार बिहान १० देखि साँझ ५:३० बजेसम्म भएको मतदानमा कुल १० हजार ७२९ मतमध्ये ४० प्रतिशत अर्थात ४ हजार २९९ मत खसेको प्रमुख निर्वाचन अधिकृत दिलिप सिंहले जानकारी दिए।

मंगलबार बिहान ८ बजेदेखि नै मतदान सुरु हुने भनिएतापनि तयारी पूरा नभएका कारण बिहान १० बजेदेखि मात्रै मतदान सुरु भएको थियो।
ठाकुरराम क्याम्पसमा स्ववियु सभापति पदका लागि विभिन्न दल निकट र स्वतन्त्र समूहबाट गरि १४ जना चुनावी प्रतिस्पर्धामा छन्।प्रत्यक्षतर्फ सभापति,सचिव र कोषाध्यक्ष र ११ सदस्य तथा समानुपातिकतर्फ १० सदस्य गरि कूल २१ पदका लागि २४७ जनाको उम्मेदवारी परेको थियो।

निर्वाचनको अवलोकन र सुरक्षाका लागि पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रसहित प्रशासन र सुरक्षा निकायका अधिकारीहरू क्याम्पसमा उपस्थित थिए ।

निर्वाचनमा सञ्चारकर्मीहरूमाथि भने पटक-पटक दुर्व्यवहार भएको गुनासो सुनियो । सुरुमा सञ्चारकर्मीहरूलाई प्रवेशमा रोक लगाइएको थियो । पछि प्रवेश गर्न दिइए पनि प्रहरीले केही समयमै उनीहरूलाई बाहिर निकालेको थियो । घटनाले सञ्चार क्षेत्रमा असन्तुष्टि पैदा गरेको छ ।

निर्वाचनले लामो समयदेखि रोकिएको ठाकुरराम क्याम्पसको विद्यार्थी नेतृत्व चयन प्रक्रियालाई पुनर्जनन दिएको छ । मतगणनाको नतिजाले नयाँ नेतृत्वलाई स्वागत गर्ने बाटो खोल्नेछ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search