Skip to main content

Sarbocha Khabar

Advertisement

श्रीनिधि साकोसको १३ औं वार्षिक साधारणसभा सम्पन्न, एक वर्ष भित्र आफ्नै भवन निर्माण हुन्छ ः प्रमुख कार्यकारी अधिकृत चौरसिया

Advertisement

२६ पुस,  वीरगंज  ।

श्रीनिधि वचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंज पर्साको १३ औं वार्षिक साधारणसभा शुक्रवार एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।

वीरगंजको होटेल भिस्वामा सम्पन्न साधारणसभाको उदघाटन गर्नु हुदै राष्ट्रिय सहकारी महासंघ नेपालका संचालक समिति सदस्य शम्भु गुप्ताले गुप्ताले अहिलेको सरकारले सहकारी विधेयक ल्याएको केही सकारात्मक पक्ष रहेको र केही असन्तुष्टिहरु पनि रहेको बताए । उनले यो सहकारी ऐन संशोधन नभए राम्रो सहकारी संस्थाका संचालकहरु पल्यान हुन सक्ने उच्च जोखिम रहेको बताएका छन् । १० लाख भन्दा बढी रकम जम्मा गर्न नपाउने र दोस्रो पटक देखि तेस्रो पटक संचालक बन्न नपाउने ब्यवस्थाले अवसरको नाममा पाखा लगाउन खोज्नुले सहकारी धरापमा पर्न सक्ने भएकोले सहकारीकर्मीहरुले आ–आफ्नो ठाउँबाट खबरदारी गर्नुको साथै संसद्हरुलाई सहकारी ऐन संशोधन गर्न आग्रह गरे । उनले भने अहिले केन्द्रमा राष्ट्रिय सहकारी महासंघ नेपालले सरकारलाई ध्यानाकर्षण गराउने काम समेत गरिरहेको बताएका हुन ।

प्रमुख अतिथि गुप्ताले यो सहकारीले सम्पूर्ण सञ्चालक सदस्य एवं शेयरधनीहरुको भावनालाई समेटर अगाडि बढेको उदाहरण दिदै सहकारीले देशलाई ठूलै आर्थिक सहयोग गरिरहेको दाबी गरे ।

संस्थाका अध्यक्ष प्रेम चुडामणी बज्राचार्यको सभापतित्वमा भएको कार्यक्रममा सहकारी डिभिजन कार्यालय पर्साका पुर्व प्रमुख एवम् नेपाल सरकारका उप–सचिव राजु साह, जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पडित, नेफस्कुनका संचालक सदस्य एवं लालीगुरास साकोसका अध्यक्ष हरेराम पटेल, जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका महासचिव जिष्णु बराल, को–अपरेटिभ म्यानेजर्स क्लब पर्साका संस्थापक अध्यक्ष रविभुषण श्रीवास्तव, राष्ट्रिय सहकारी बैंक वीरगंज शाखा प्रबन्धक संजय महतो लगायतकाले आ–आफ्ना शुभकामना मनतव्य व्यक्त गरेका थिए ।

सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्देशवर प्रसाद चौरसियाले संस्थाको वार्षिक प्रतिवेदन र वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै आ.व. २०८०÷०८१ मा कुल कारोबार ८२ करोड ६३ लाख ७ हजार ७ सय ८० रुपैया रहेकोमा संस्थाको शेयर पूँजी ३ करोड २९ लाख १४ हजार २०० रुपैया, बचत संकलन ६३ करोड ७८ लाख ४० हजार ५४ रुपैया, जगेडा तथा अन्य कोषहरुमा ४ करोड १६ लाख ८७ हजार ७ सय १७ रुपैया, ऋण लगानीमा ५६ करोड ५२ लाख ११ हजार १२ रुपैया ३८ पैसा रहेकोमा खुद नाफा १ करोड २८ लाख १९ हजार ९ सय ३६ रुपैया रहेको बताए ।

साथै संस्थको स्थिर सम्पत्ति वीरगंजको आदर्शनगर स्थित भाजुरत्न चौक निर १५.५ धुर जग्गा जोडन सफल भएको र सो जग्गाको नक्सा पास लगायतका कार्यहरु पुरा भएकोमा एक वर्ष भित्र भवन निर्माण गर्ने योजना रहेको बताए । संस्थालाई क्यासलेस, चेकलेस र पेपरलेस बनाउदै हालसम्म २२० जनाले एटिएम सेवा, १११३ जनाले मोबाईल बैंकिङ्ग, ४३३ जनाले एस.एम.एस. सेवा र २२५ जनाले क्यू आर कोड प्रविधिको प्रयोग गरिरहेको कार्यकारी अधिकृत चौरसियाले बताए ।

संस्थामा उत्कृष्ट काम गरेको भन्दै संस्थाले कार्यकारी अधिकृत चन्देश्वर चौरसिया, धिरज चौरसिया, शान्त श्रेष्ठ, कृष्ण यादव, तेतेरिया देवी, हिरालाल चौरसिया, बिमल चिमरिया, शोभा कुमारी, शारदा मानन्धर, मधु चौधरी, सिकेन्द्र यादव, अभिमनन्यु यादव, ममता भोलन, आनन्द कुमार गुप्ता, महेश सहनी, मेनका साह लगायत रहेका छन् भने बाल बचत तर्फ सिद्धि गुप्ता र उत्कृष्ट बचतकर्ता दिपक साह, उमेश साह, उत्कृष्ट ऋणी आलोक कुमार दास र उषा देवीलाई खादा ओढाई सम्मान पत्र सहित मायाको चिनोले सम्मानित गरिएको थियो ।

साधारणसभामा बिस्को अध्यक्ष डिल्ली बिक्रम कार्की, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) फिल्ड कार्यालय पर्साका प्रमुख गौतम साह, गृह लक्ष्मी साकोसका उमेश तुरहा, सनराईज नेपाल साकोसका दिपिका श्रेष्ठ, हिमाल साकोसका किरण झाँ, बीरगंज युवा समाजका पुर्व अध्यक्ष कमल चौगाई, नेपाल पत्रकार महासंघ पर्साका सह–सचिव अजय चौरसिया, पत्रकार जगत राई लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार डा. सुरेन्द्र चौरसियाले स्वागत मन्तब्य राखनुभएको सो कार्यक्रमको सहजिकरण पत्रकार उज्ज्वल घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search