Skip to main content

Sarbocha Khabar

Advertisement

वीरगंजको संकल्प लाेक सेवा इन्सच्युटमाआगलागी हुदा ५० लाख भन्दा बढीकाे क्षति

Advertisement

६ असार,वीरगंज । 

वीरगंज महानगरपालिकाे वडा नं. ८ स्थित जिल्ला प्रहरी कार्यालय पर्सा नजिक रहेकाे संकल्प लाेक सेवा इन्सच्युटमा बुधबार राति आगलागी भएकाे छ । मध्य रातिमा भएकाे आगलागीमा इन्सच्युट भित्र रहेकाे फर्निचर, कम्प्युटर,कागजात लगायतका सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएका छन् ।

अन्दाजी १२ बजे राति भएकाे आगलागीमा इन्सच्युट भित्र रहेका स्मार्ट बाेर्ड ३ वटा, डेस्क बेन्च ७० सेट, ४३ इन्चकाे टिभि १ वटा, कम्प्युटर ६ वटा, ल्यापटप ३ वटा, प्रिन्टर ४ वटा, प्राेजेक्टर २ वटा, फ्रिज १ वटा, जरनेटर १ वटा, अफिस टेबल ३ वटा, पंखा ४५ वटा, दराज, कुर्सी लगायतका सामग्री जलेर नष्ट भएकाे इन्सच्युटका संचालक अशाेक साहले जानकारी दिए । आगलागीमा करिब रु ५० लाख भन्दा बढी क्षति भएकाे पिडित साहले वताएका थिए  ।

राति  करिब १२:३० मा स्थानियबाट आगलागी बारे आफु थाहा पाए लगतै इन्सच्युट पुगेकाे साहले वताए । उनले भने “आफु आगलागी स्थल पुग्दा इन्सच्युटमा पुरै आगाे बली रहेकाे अवस्थामा थियाे । जिल्ला प्रहरी कार्यालय र विपद व्यवस्थापन कार्यालय नजिक भएपनि प्रहरी वा दमकल पुगेकाे थिएन । त्यसपछि आफुले फाेन गर्दा आधा घण्टापछि मात्र वीरगंज महानगरपालिकाकाे दमकल पुग्याे र त्यसपछि मात्र प्रहरी र नजिकै रहेकाे विपद ब्यवस्थापन कार्यालयकाे दमकल पुग्याे ।”

आगलागीका कारण बिहिबार विहानकाे सम्पूर्ण कक्षाहरु स्थगित भएकाे थियाे । विहान पढन इन्सच्युट पुगेका सयाैं विद्यार्थीहरु कक्षा काेठा आगलागीले खरानी भएकाे देखेर दुखित भएर घर फर्केका थिए । अरु ठाउँमा कक्षा संचालनकाे लागि व्यस्था नहुन्जेलकाे लागि सम्पूर्ण कक्षा स्थगित गरिएकाे संचालक साहले वताए । तत्कालकाे लागि एक/दुई दिन भित्र नै अरु ठाउँमा कक्षा काेठाकाे व्यस्थापन गरि पुन: नियमित रुपमा कक्षा संचालन गरिने संचालक साहले जानकारी गराए ।

आगलागी बारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीसंग सम्पर्क गरेर बुझदा राति हावापानी आएको बेला विद्युत् शर्टले भएको होला तर यस घटना बारे अनुसन्धान तथा छानविन भईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search