Skip to main content

Sarbocha Khabar

Advertisement

रमाना बुझन आनाकानी गर्दै नर्सिङ्ग प्रमुख साह

Advertisement

३२ जेष्ठ, वीरगन्ज
पर्सा जिल्ला स्थित वीरगञ्जको नारायणी अस्पतालकी बरिष्ठ नर्सिङ्ग प्रशासक प्रमुख श्रुति साहले आफु मनोमानी गरेर अहिले सम्म रमाना नबुझेको समाचार प्राप्त भएको छ ।
पर्सा जिल्लाबाट अन्य ठाउँमा सरुवा भएको हप्तौ बितिसक्दा पनि सरुवा भएको ठाउँमा जानको लागि आनाकानी गरिरहेको जनाईएको छ ।
स्वास्थ्य मन्त्रालयले निकालेको सरुवाको सूचना अनुसार एक हप्ता भन्दा बढी बितिसक्दा पनि ऐन कानून बिपरित तरिकाले साह यहि बसिरहेको स्रोतले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेष्ठ २३ गते प्रकाशित गरेको सूचना अनुसार साहलाई वीरगञ्जको नरायणी अस्पतालबाट कोशी अस्पताल बिराटनगरमा सरुवा गरेको हो । तर साहले बर्तमान मेडिकल सुपरिटेन्डन्ट डा. एनामुल हकलाई समेत प्रभावमा पारेर नियम विपरित रमाना नबुझेकी नाम न छाप्ने शर्तमा अस्पतालकै एक कर्मीचारीले यस अनलाईनलाई बताए ।
आर्थिक चलखेलमा स्वास्थ्य मन्त्रालयबाट सरुवा रोक्न साहले सम्बद्ध सबै शक्तिको प्रयोग गरि काठमाडौं सम्म पुगेको स्रोतले जनाएको छ । बर्तमान स्वास्थ्य मन्त्री प्रदीप यादवले सरुवा भएकालाई रमाना बुझेर आफ्नो सरुवा भएको ठाँउमा पुग्न निर्देशन दिएका थिए । यतिमात्र होईन, मन्त्री यादवले रमाना नबुझेर नियम विपरित बसिरहेकाहरुलाई कारवाही समेत गर्ने बताएका थिए तर अहिले उनकै गृह जिल्लामा कानुन मिचेर यस्ता गतिबिधी भईरहेको हुँदा मन्त्री यादवको भनाइ र गराइमा फरक देखिन थालिएको छ ।
स्टोरका कर्मचारी सुशील यादव पनि कम छैनन्
त्यस्तै नारायणी अस्पतालको स्टोरमा कार्यरत नायबसुब्बा सुशील प्रसाद यादवलाई मिति २०८०÷०६÷०९ को निर्णय अनुसार पदस्थापना गरी लोक सेवा आयोगबाट पदपूर्ति भई आएमा स्वतः काज फिर्ता हुने गरी नारायणी अस्पतालमा खटाइएको थियो । तर नासु सुशील यादवको ठाउँमा अर्को कर्मचारी २०८० चैत्र महिना देखि नै खटिरहेको समाचार स्रोतले जनाएको छ । अर्को कर्मचारी आएपछि यादव मन्त्रालयमा फिर्ता जानु पर्ने केही राजनीतिक दलका नेताको सोर्स र पावरको सदुपयोग गर्दै नारायणी मै कार्यरत्त रहदै आएका छन् ।
नासु यादवको बिगत समयमा पनि पटक पटक सरुवा भए पनि उनी मन्त्रालयलाई प्रभावमा पारी घुमिफिरी पुनः नारायणी अस्पतालमा नै आउनुको कारण र चैत्र महिना देखिनै आफनो काज फिर्तामा न जानुको कारणहरु के हुन भन्दै स्थानिय सचेत नागरिकहरु चसोको विषय बनाएका छन ।
यस सन्दर्भमा अस्पतालका निमित्त मेसु एनामुल सँग सम्पर्क गर्दा उनले यस बारेमा आफु खासै जानकार नभएको चाडै यस बारेमा बुझेर काम अगाडि बढाउने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search